• १२ मंसिर २०८१, बुधबार

आइतबारसम्म गठबन्धनमा नेतृत्वको सहमति हुन्छ : महरा

blog

नेपालगनजमा आयोजित पत्रकार भेटघाटमा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा । तस्बिर : गोरखापत्र

गोविन्द शर्मा 

बाँके, पुस ९ गते । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता कृष्णबहादुर महराले सरकार गठनका लागि राष्ट्रपतिले दिएको समयअगावै सत्ता गठबन्धनमा आगामी सरकारको नेतृत्वका विषयमा टुङ्गो लाग्ने बताउनुभएको छ ।

प्रेस सेन्टर बाँकेले शनिबार नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाटमा उपाध्यक्ष महराले भन्नुभयो, “सरकार गठनका लागि सत्ता गठबन्धन बाहेक नेकपा एमालेसँग समेत छलफल भइरहेको छ , तर अहिलेसम्म गठबन्धनको सरकार बन्ने देखिन्छ ।” 

उहाँले राष्ट्रपतिले दिएको समयसीमा आइतबारसम्म सरकार गठनका लागि गठबन्धनमा सहमति जुट्ने विश्वास व्यक्त गर्दै अहिलेसम्म नेतृत्वको विषयमा कुनैपनि सहमति नभएको बताउनुभयो । नेपालको राजनीतिमा धेरै कुरा सम्भव हुने भन्दै उहाँले एमालेसँग सरकार गठनका लागि सहमति हुन सक्ने सम्भावना पनि रहेको बताउनुभयो ।

एमाले महासचिव शङ्कर पोखरेलसँग सरकार गठनका विषयमा आफूले छलफल गरेको जानकारी दिँदै उहाँले पहिले गठबन्धन तोडेर आउन प्रस्ताव गरेको तत्काल गठबन्धन तोड्न माओवादी तयार नभएको उहाँको भनाई छ । उपाध्यक्ष महराले समाजवादी विचारधारा राख्ने बाम र गैरबाम पार्टीको संयुक्त मोर्चा बनाउन ५/६ वटा राजनीतिक पार्टीसँग सकारात्मक छलफल अघि बढेको जानकारी दिनुभयो ।