• १२ मंसिर २०८१, बुधबार

कपिलवस्तुमा सातौं चन्द्रौटा महोत्सव सञ्चालन

blog

कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटामा भएको सातौं महोत्सव उद्घाटन समाराेह ।

जानु पाण्डे

कपिलवस्तु, पुस ७ गते । कपिलवस्तुको शिवराज नगरपालिकाको चन्द्रौटामा चन्द्रौटा महोत्सवको सातौं संस्करण सञ्चालनमा आएको छ । 

व्यापार सङ्घ कपिलवस्तुको आयोजनामा बिहीबारदेखि “कृषि पर्यटन, उद्योग र व्यापार व्यवसायी दिगोपना हाम्रो मुख्य आधार” भन्ने मूल नाराका साथ महोत्सव सञ्चालनमा आएको हो ।

महोत्सवको उद्घाटन गर्दै राष्ट्रिय सभा सदस्य विमला घिमिरेले चन्द्रौटा कृष्णनगर क्षेत्र कपिलवस्तुको औद्योगिक विकासको मेरुदण्ड भएको बताउनु भयो । 

महोत्सवले कृषि तथा पर्यटन र स्थानीय उत्पादनको प्रचारप्रसार गर्नमा जोड दिनु पर्ने बताउनुभयो । 

कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य अर्जुनकुमार केसीले अहिले मुलुकमा आर्थिक सङ्कटको अवस्था सिर्जना भएको बताउनुभयो । मेला महोत्सवले स्थानीलाई समेट्न नसकेको गुनासो विभिन्न समयमा आउने गरे पनि आयोजकले स्थानीयलाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै आएका छन् । 

महोत्सवमा घरेलु तथा साना उद्योगका स्थानीय उत्पादन, हस्तकलाका सामाग्री, अटो, कृषि, स्थानीय होटेललाई प्राथमिकता दिइएको मेला संयोजक महादेव पोख्रेलले बताउनुभयो ।  

महोत्सवमा स्थानीय स्तरमा उत्पादित कृषि जन्य बस्तु, तथा जातजातिको संरक्षण र पहिचान झल्काउने बस्तुहरूका लागि निःशुल्क रूपमा स्टल उपलब्ध गराइने आयोजकले जनाएको हो । १ सय ५० बढी स्टल रहने महोत्सव पुस २१ गतेसम्म सञ्चालन हुनेछ ।