• १२ मंसिर २०८१, बुधबार

भूमिहीन सुकुमवासीलाई लालपुर्जा वितरण

blog

पविता पौडेल 

सैनामैना, पुस  ५ गते । सैनामैना नगरपालिकाले  भूमिहीन जनतालाई लालपुर्जा वितरण गरेको छ  । सदियौँदेखि जोतभोग गर्दै आएका स्थानीयले गाउँ ब्लकको जग्गाधनी प्रमाणपत्र पाएका छन् ।

आज एक कार्यक्रमको आयोजना गर्दै साबिक दुधराक्ष र गजेडी गाविसका ६२५ जनालाई गाउँ ब्लक जग्गाको लालपुर्जा वितरण गरिएको हो । उक्त गाउँ ब्लक जग्गाधनी दर्ता प्रमाणपत्र सैनामैना नगरपालिकाका  प्रमुख फणेन्द्रप्रसाद शर्मासहितको टोलीले प्रमाणपत्र प्रदान गरेका हुन्  । 

गाउँ ब्लक जग्गाको लालपुर्जाका लागी गत मङ्सिर महिनादेखि गृहकार्य सुरु गरिएको थियो । लालपुर्जा पाएसँगै स्थानीयले खुसी व्यक्त गरेका छन् । भूमिहीन दलित, अव्यवस्थित बसोबासीहरुको समस्या समाधान गर्न सैनामैना वडा न १, ७ र ८ मा नापी जारी रहेको र अन्य वडामा पनि नापजाँच गरी तत्काल पुर्जा दिने प्रमुख शर्माले जानकारी दिनुभयो ।