• २५ असार २०८२, बुधबार

ज्येष्ठ नागरिकलाई बाद्यबादन सामग्री

blog

ज्येष्ठनागरिक तथा विद्यालयलाई बाद्यवादन सामग्री हस्तान्तरण गर्दै गाउँपालिका अध्यक्ष युवराज अधिकारी । तस्बिरः नवीनराज कुइँकेल

नवीनराज कुइँकेल

लमजुङ, असार २५ गते । लमजुङको दोर्दी गाउँपालिकाले सांस्कृतिक तथा शैक्षिक सम्बर्धन कार्यक्रम अन्तर्गत वडा १ र २ का ज्येष्ठ नागरिक र केही विद्यालयलाई बाद्यवादन सामग्री वितरण गरिएको छ । 

ज्येष्ठ नागरिक समाजलाई धार्मिक तथा सांस्कृतिक क्रियाकलापमा सहयोग गर्ने  उद्देश्यले भजन सेट (हार्मोनियम, मादल, खैंजडी, मुजुरा र डफली) प्रदान गरिएको गाउँपालिका अध्यक्ष युवराज अधिकारीले बताउनुभयो । 

उहाँका अनुसार दोर्दी गाउँपालिका –४, नौथर शेरास्थित चैतन्योदय सत्य माध्यमिक विद्यालयलाई पञ्चेबाजा सेट (नरसिंहा–२, सनही–२, दमाहा–२, ट्याम्को–१, झ्याली जोडी–१) प्रदान गरिएको छ ।

दोर्दी गाउँपालिका –८, हिलेबेंसीस्थित फलेनी माध्यमिक विद्यालयलाई वाद्यवादन सामग्री सेट (किवोर्ड–१, गितार–१, सारङ्गी–१, मादल–१, खैंजडी–१, मुजुरा–१, घुघुरु–३, डफली–१, वाँसुरी–२) र अन्य विद्यालयहरुलाई १–१ थान मादल वितरण गरिएको छ । 

यस्तो कार्यक्रमबाट विद्यालय तहमा संगित सिकाइ र अभ्यासमा प्रोत्साहन मिल्ने, बालबालिका र युवाहरुमा नेपाली परम्परागत संगितप्रतिको रुचि बढ्ने र ज्येष्ठ नागरिकमा धार्मिक तथा सामाजिक सहभागिता अझ सशक्त हुने अपेक्षा गरिएको अध्यक्ष अधिकारीले बताउनुभयो ।

स्थानीय कला, संस्कृति र पहिचानको संरक्षण र सम्वर्धन गर्दै समाजमा सकारात्मक ऊर्जा विस्तार गर्ने उद्देश्यले गाउँपालिकाले यो कार्यक्रम सञ्चालन गरेको जनाएको छ ।