• १२ मंसिर २०८१, बुधबार

प्रथम अन्तर विद्यालय कराँते सम्पन्न

blog

प्रतियोगितामा प्रतिस्पर्धा गर्दै खेलाडी । तस्बिर : गोरखापत्र

रुपन्देही, पुस ३ गते । कपिलवस्तुको बाणगङ्गा नगरपालिका वडा नम्बर ८ मा अवस्थित भूपू सैनिक स्कुलको आयोजनामा प्रथम अन्तर विद्यालय जिल्लास्तरीय कराँते प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटामा अवस्थित राष्ट्रिय मावि चन्द्राैटाले ६ स्वर्ण पदक, दुई रजत र चार कांस्य पदक जित्दै पहिलो भयो ।

तीन स्वर्ण, तीन रजत र चार कांस्य पदकसहित बाणगङ्गा नगरपालिकाको हिलवर्ट इङ्लिस बोर्डिङ स्कुल दोस्रो भयो । तेस्रो भएको बाणगङ्गा नगरपालिकाकै सनफ्लावर सनफ्लावर इङ्लिस बोर्डिङ स्कुल तेस्रो भयो । 

जिल्लामै पहिलो पटक आयोजना गरिएको प्रतियोगितामा जिल्लाका २७ निजी एवं सामुदायिक विद्यालयका दुई सय ८० खेलाडीको सहभागिता रहेको प्राचार्य डम्बरबहादुर सोमैले बताउनुभयो। 

जिल्ला खेलकुद विकास समिति कपिलवस्तुका अध्यक्ष राजेशकुमार उपाध्यायको प्रमुख आतिथ्यमा सम्पन्न भएको कराँते प्रतियोगितामा २० केजी तौल समूहदेखि ६० केजी सम्मका १४ वर्षमुनिका खेलाडीहरुलाई विभिन्न तौल समूहमा प्रतिस्पर्धा गराइएको स्कुल व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्रविक्रम शाहले बताउनुभयो।