सुख्खा पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध
सिद्धार्थ राजमार्ग अवरुद्ध बनेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत तिनाउ–५, चर्चरे नजिकै सुख्खा पहिरो गएपछि सडक अवरुद्ध बनेको हो । शुक्रवार बिहान ५ बजेतिर सडकमा सुख्खा पहिरो खसेपछि सडक अवरुद्ध बनेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
मोतीपूर औद्योगिक क्षेत्रमा प्रहरी पोष्ट स्थापनाको पहल
रुपन्देहीको मोतीपूर औद्योगिक क्षेत्रमा प्रहरी पोष्ट स्थापनाको पहल थालिएको छ । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय र प्रहरी महानीरिक्षक वसन्तबहादुर कुँवरबीचमा भएको भेटवार्तामा यो बिषयले प्रवेश पाएको हो ।
नेपालगञ्जमा एकीकृत जाँच चौकीको निर्माण हुँदै
नेपालगञ्जको जमूनाह नाकामा निर्माणाधिन एकीकृत जाँच चौकीको काम तिव्ररुपमा अघि बढेको छ । सङ्घीय आयोजना कार्यान्वयन एकाई नेपालगञ्जका निमित्त प्रमुख विजयकेशर खनालले एकीकृत जाँचचौकीको करिब ८९ प्रतिशत निर्माण कार्य पूरा भएको जानकारी प्राप्त भएको जानकारी दिनुभयो ।
समाजमा अपराधको मोडल फेरिँदै गएको छ : प्रहरी महानिरीक्षक कुँवर
नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) वसन्त कुँवरले समाज विकाससँगै अपराधको मोडल पनि फेरिँदै गएको बताउनुभएको छ । उहाँले प्रविधिको प्रयोगबाट गरिने अपराध आजको मुख्य चुनौती रहेको बताउनुभयो ।
पोल गाडेको बाह्र वर्षपछि बत्ती
दाङको दङ्गीशरण गाउँपालिकाको मायाखोला गाउँमा पोल गाडेको १२ वर्षपछि बत्ती पुगेको छ। स्थानीयवासी र गाउँपालिकाको प्रयासपछि विकट बस्ती मायाखोलामा विद्युत् पुगेको हो। २०६८ सालमा विद्युत् विस्तारका लागि गाउँमा पोल गाडिए पनि भौगोलिक विकटता र सानो बस्ती भएकाले मायाखोलामा विद्युतीकरण हुन सकेको थिएन।
अखाद्य चामल भन्सारमा अलपत्र
विश्व खाद्य कार्यक्रमको गुणस्तरहीन चामल बोकेका तीनवटा कन्टेनर विगत तीन महिनादेखि नेपालगञ्ज भन्सार कार्यालयमै रोकिएका छन्। कर्णाली र सुदूरपश्चिम प्रदेशअन्तर्गत विभिन्न विद्यालयका बालबालिकालाई दिवा खाजा खुवाउनका लागि विश्व खाद्य कार्यक्रमले ल्याएको सो चामल अखाद्य भएको पुष्टि भएपछि भन्सार कार्यालयले रोकेको हो।
ढुङ्गा लागेर एक महिलाको मृत्यु
ढुङ्गाले लागेर अर्घाखाँचीमा एक महिलाको मृत्यु भएको छ । सन्धिखर्क नगरपालिका – ७ बागमारा बस्ने कल्पना थापाको मृत्यु भएको हो ।
बुद्धजयन्ती तथा लुम्बिनी दिवसको तयारी पूरा
२५६७ औँ बुद्ध जयन्ती एवं लुम्बिनी दिवस २०८० को तयारी पूरा भएको छ । मूल समारोहको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वैशाख २२ गते उद्घाटन गर्ने कार्यक्रम तय भएको आयोजकले जनाएको छ ।
करोडौँ रुपियाँ खर्चेर बनाएका रङ्गशाला प्रयोगविहीन
नेपालगञ्ज रङ्गशालामा आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालनका लागि करोडौँ रुपियाँ खर्च गरेर खेलकुदका संरचना निर्माण गरिए पनि संरचना प्रयोगविहीन भएको छ ।
जमुनाहा नाका ४८ घण्टाका लागि बन्द
यहाँस्थित नेपाल–भारत जमुनाहा नाका ४८ घण्टाका लागि बन्द गरिएको छ । बाँके जिल्लासँग सिमाना जोडिएको भारतको उत्तर प्रदेशको बहराईच र श्रवास्ती जिल्लामा बिहीबार हुने नगर पञ्चायतको निर्वाचनका लागि जमुनाहा नाकालाई मंगलबार बेलुकी ६ बजेदेखि पूर्ण रूपमा बन्द गरिएको छ ।
बुटवल बजार चलायमान बनाउन पहल
कुनै बेला बुटवल लुम्बिनी प्रदेशका अधिकांश पहाडी जिल्लाको आर्थिक केन्द्र थियो। पाल्पा, अर्घाखाँची, गुल्मी, प्युठानलगायतका पहाडी जिल्लाका मानिसका लागि बुटवल बजार नुनदेखि सुनसम्मको किनमेलको ठाउँ थियो तर पछिल्लो समय बुटवलको ऐतिहासिक पहिचान गुम्दै गएको छ। बुटवल उद्योग वाणिज्य सङ्घले बुटवलबाट विगत छ महिनाको बीचमा २५ हजार मानिस विस्थापित भएको र एक हजार व्यवसायीले व्यवसाय छाडेर पलायन भएको जनाएको छ।
तीनपटक म्याद थप्दा पनि बनेन सडक
बाँकेको खजुरामा निर्माणाधीन चारलेन सडक तीनपटक म्याद थप्दा पनि सम्पन्न हुनसकेको छैन ।
लुम्बिनी प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य
लुम्बिनी प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम वैशाख १९ गते मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य गर्नुभएको हो ।
निर्माण कार्य सम्पन्न नभएपछि सम्झौता तोड्ने तयारी
दैनिक हर्जाना लगाएर समेत काम सुरु गराउँदा पनि सन्तोषजनक निर्माण कार्य अघि नबढेपछि बाँकेको खजुरामा निर्माणाधीन चार लेन सडकको ठेक्का सम्झौता तोड्ने प्रक्रिया अघि बढेको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरीले पाउनुभयो विश्वासको मत
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत लिनुभएको छ। मुख्यमन्त्री नियुक्त भएको ६ दिनमा चौधरीको पक्षमा प्रदेश सभाका बहुमत ५३ प्रदेश सभाका सदस्यहरूले विश्वासको मत दिनुभएको हो ।
बेलहिया नाका मङ्गलबारदेखि ४८ घण्टा बन्द हुने
भारतको उत्तर प्रदेशमा हुन लागेको निर्वाचनलाई लक्षित गरेर आज मंगलबार साँझदेखि रुपन्देहीको बेलहिया नाका बन्द गरिँदैछ ।
कतै विस्थापित, कतै जीवन गुजारा
बजारमा प्लास्टिकका भाँडा आएपछि माटाका भाँडा बनाउने कुमाल समुदाय आफ्नो परम्परात पेसाबाट विस्थापित बनेका छन्। परम्परादेखि नै माटाका भाँडा बनाउँदै आएका बगनासकाली चिर्तुङ्धाराका ५० घरका कुमाल समुदायले माटाका भाँडा बनाउन छाडेर अन्य पेसामा लागेका छन्।
स्वास्थ्य बिमा प्रभावकारी बन्दै
बर्दियामा स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी बन्दै गएको छ। स्वास्थ्य संस्थाबाट उपलब्ध हुने सेवा सहज र प्रभावकारी भएपछि बिमा गर्नेको सङ्ख्या बढेको छ। स्वास्थ्य बिमा बोर्ड बर्दियाका अनुसार जिल्लामा हालसम्म एक लाख २२ हजार २५८ जना स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध भएका छन्। २०७४ असोज ६ गतेबाट बर्दियामा स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको हो।
एक वर्ष नपुग्दै कालोपत्रे सडक भत्कियो
कालोपत्रे भएको बाटोमा हिँड्ने सपना बुनेर रुपन्देहीको कञ्चन गाउँपालिका–५ का बासिन्दा लाखाैँ रकम उठाएर निर्माण गरेको सडक एक वर्ष नपुग्दै भत्केको छ। कञ्चन गाउँपालिका–५ को शिव मन्दिरदेखि शान्तिबजार जाने सडक कालोपत्रे गरिएको एक वर्ष नपुग्दै भत्किएपछि ऋण काढेर रकम सङ्कलन गरेका यहाँका बासिन्दाले बनाएको बाटोको सपना चकनाचुर भएको छ।
दूध बिक्रीबाट मनग्गे आम्दानी
बाँकेको कोहलपुर–१३, खड्कवारका ५५ वर्षीय गोपाल ओलीले दूध बेचेर मात्रै मासिक ७५ हजार रुपियाँ आम्दानी गरिरहनुभएको छ । विगत दुई वर्षदेखि व्यावसायिक गाईपालनमा सक्रिय रहनुभएका ओलीले सबै खर्च कटाएर दूध बेचेर मासिक ७५ हजार आम्दानी गरिरहनुभएको उहाँले जनाउनुभएको छ ।
लुम्बिनीका मुख्यमन्त्री चौधरीले आज विश्वासको मत लिँदै
लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिँदै हुनुहुन्छ । प्रदेश सभाको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ ।
प्रदेशको आर्थिक समृद्धि नै पहिलो प्राथमिकता : मुख्यमन्त्री चौधरी
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आफ्नो पहिलो प्राथमिकता प्रदेशको आर्थिक समृद्धि रहेको बताउनुभएको छ । नेपाली कांग्रेस दाङले सोमवार घोराहीमा आयोजना गरेको शुभकामना तथा बधाई ज्ञापन कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
मापदण्ड पूरा भएकाको घरजग्गा नक्सापास दिने
गुल्मीको सदरमुकाम तम्घास बजारमा मापदण्ड पूरा भएका घरजग्गाको रेसुङ्गा नगरपालिकाले नक्सापास दिने भएको छ ।
‘निजी क्षेत्रसँग सहकार्य गरेरै आर्थिक समृद्धि कायम हुन्छ’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निजी क्षेत्रसँग अर्थपूर्ण सहकार्य नगरेसम्म देशले आर्थिक रूपले गति लिन नसक्ने बताउनुभएको छ ।