मापदण्ड पूरा भएकाको घरजग्गा नक्सापास दिने
गुल्मीको सदरमुकाम तम्घास बजारमा मापदण्ड पूरा भएका घरजग्गाको रेसुङ्गा नगरपालिकाले नक्सापास दिने भएको छ ।
‘निजी क्षेत्रसँग सहकार्य गरेरै आर्थिक समृद्धि कायम हुन्छ’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निजी क्षेत्रसँग अर्थपूर्ण सहकार्य नगरेसम्म देशले आर्थिक रूपले गति लिन नसक्ने बताउनुभएको छ ।
डण्डा नदी किनारमा हरियाली पर्यटकीय पार्क निर्माण
रुपन्देहीको डण्डा नदी किनारमा रहेको खाडललाई पुरेर पर्यटकीय पार्क बनाउन लागिएको छ । सिद्धार्थनगर नगरपालिकाले यो क्षेत्रमा पर्यटकीय सम्भावना औँल्याउँदै पार्क निर्माण अघि बढाइएको हो ।
बाँकेमा एक महिलाको रहस्यमय मृत्यु, तीन जना पक्राउ
बाँकेको कोहलपुर नगरपालिका –२ बर्दहवामा एक महिला सोमबार मृत अवस्थामा फेला परेकी छन्। स्थानीय २० वर्षीया प्रीति थारु घरमै मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
पाँच सय ३० रोपनीमा लगाइएको अफिम नष्ट
रुकुमपूर्व र रोल्पाका विभिन्न क्षेत्रमा गरी पाँच सय तीस रोपनी क्षेत्रफलमा लगाइएको अवैध लागु औषध अफिम प्रहरीले नष्ट गरेको छ ।
जमुनाहा नाका दुई दिन बन्द हुने
नेपाल–भारत जमुनाहा सिमानाका दुई दिन बन्द हुने भएको छ । बाँके जिल्लासँग सिमाना जोडिएको भारतको उत्तर प्रदेशको बहराइच जिल्लामा यही वैशाख २१ गते हुने नगरपञ्चायतको निर्वाचनका लागि नाका बन्द गर्न लागिएको हो ।
राष्ट्रिय जनगणनामा लुम्बिनी प्रदेश : पहाडमा घट्दै, तराईमा बढ्दै
बढ्दो बसाइँसराइका कारण लुम्बिनी प्रदेशका पहाडी जिल्लामा बसोबास गर्ने जनसङ्ख्या घट्दै गएको छ ।
दङ्गीशरण गाउँपालिकाको छोरी सम्मान कार्यक्रम
दाङको दङ्गीशरण गाउँपालिकाले छोरी सम्मान कार्यक्रम सुरु गरेको छ । सो कार्यक्रमअन्तर्गत गाउँपालिकाले प्रत्येक महिना छोरीको खातामा तीन सय रुपियाँ जम्मा गर्ने गरेको छ । गत वर्षको साउनदेखि सुरु भएको कार्यक्रमअनुसार गाउँपालिकाभित्र जन्मिएका छोरीको खातामा प्रत्येक महिना छोरीहरूको खातामा तीन सय रुपियाँ जम्मा गर्ने गरेको छ ।
मानव बेचबिखनमा आफन्तै संलग्न
मानव बेचबिखन तथा ओसारपसारमा आफन्तहरू नै संलग्न हुने गरेको पाइएको छ । आफन्तले विभिन्न प्रलोभनमा पारी विदेश पठाउने र उतै अलपत्र पार्ने घटना बढिरहेको प्रहरी अनुसन्धानले देखाएको छ । पछिल्लो पाँच वर्षयता लुम्बिनी प्रदेशमा ११५ वटा बेचबिखनका मुद्दा दर्ता भएका छन् । आफन्तकै संलग्नताका कारण बेचबिखन तथा ओसारपसारजस्तो जघन्य अपराध रोक्न समस्या भएको प्रहरी अधिकृतहरूको भनाइ रहेको छ ।
आगो लगाएर सम्पदा क्षेत्रको सफाइ
राजा शुद्धोधनको राजदरबार एवं बुद्धले आफ्नो जीवनको २९ वर्ष बिताएको ठाउँ तिलौराकोटभित्रको झाडी सरसफाइ गर्ने बहानामा सम्पदा नै नष्ट हुने गरी आगो लगाएर सफाइ गरिएको छ। तिलौराकोट दरबारभित्र झाडी सरसफाइ गर्ने भन्दै आगो लगाउँदा संरक्षणकर्मीद्वारा सम्पदा नष्ट हुने चिन्ता व्यक्त गरिएको हो।
तिलोत्तमामा एन्टिरेबिज भ्याक्सिन सेवा शुभारम्भ
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा एन्टिरेबिज भ्याक्सिन (एआरभी) सेवा सुरु गरिएको छ । तिलोत्तमाको वडा ६ मा रहेको आनन्द वन स्वास्थ्यचौकीमा आइतबार एक कार्यक्रमबीच नगरप्रमुख रामकृष्ण खाणले त्यसको शुभारम्भ गर्नुभएको हो ।
नेपाल–भारत जमुनाहा नाका दुई दिन सिल गरिने
बाँके जिल्लासँग सिमाना जोडिएको भारतको उत्तर प्रदेशको बहराईच जिल्लामा वैशाख २१ गते हुने नगरपञ्चायतको निर्वाचनका लागि यहाँस्थित नेपाल–भारत जमुनाहा सिमानाका दुई दिन बन्द गरिने भएको छ ।
नेपालगञ्जमा पहाडी जिल्लाका काफलको माग अत्यधिक
पश्चिम नेपालका पहाडी जिल्लाको लोकप्रिय फल ‘काफल’को माग नेपालगञ्जमा अत्यधिक छ । पहाडी जिल्लाबाट काफल ल्याएर यहाँ विक्री गर्दै आएकाहरूले माग अत्यधिक रहेको जनाएका छन् ।
हिलाम्य सडक
कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर लाटीकोइली जाने सडकको दुरवस्था ।
क्यान्सर अस्पतालमा लिन्याक मेसिन जडान
बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा क्यान्सरको उपचारका लागि सबैभन्दा महìवपूर्ण मानिने लिन्याक मेसिन जडानको कार्य सुरु गरिएको छ। लिन्याक मेसिन विकिरणका माध्यमबाट सेकाइ गरेर उपचार गर्ने मेसिन हो। सो मेसिन जडान भएर सञ्चालनमा आएपछि लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमै रेडियसनका माध्यमबाट क्यान्सरको उपचार गर्ने यो अस्पताल एक मात्र र पहिलो अस्पताल बन्ने अस्पतालका कार्यकारी निर्देशक डा. नीरज भट्टराईले दाबी गर्नुभयो।
नरैनापुरमा डिजिटल बोर्डबाट पढाइ सुरु
केही वर्ष पहिलेसम्म पुराना र जीर्ण विद्यालयमा थोरै विद्यार्थी र केही मात्र शिक्षकको उपस्थितिमा जेनतेन पठनपाठन हुने गरेको बाँकेको दुर्गम मानिने नरैनापुर गाउँपालिकामा अहिले डिजिटल बोर्डबाट पठनपाठन सुरु गरिएको छ। शिक्षाको क्षेत्रमा जिल्लामै सर्वाधिक पछाडि परेको नरैनापुर गाउँपालिकाका सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउन डिजिटल बोर्ड (स्मार्ट बोर्ड) जडान गरेर पढाइ सुरु गरिएको गाउँपालिकाले जनाएको छ।
बन्यो बुटवलमा आधुनिक वधशाला
रुपन्देहीको बुटवलमा पशु वधशाला निर्माण कार्य सम्पन्न भएको छ। करिब २५ वर्षदेखि वधशालाको निर्माणको प्रयास भइरहेको थियो। वधशाला नहुँदा यहाँका उपभोक्ताले सडकपेटी, मुख्य बजार स्थानमा खुला र सामान्य मापदण्ड मात्र पूरा गरेका पसलबाट मासु उपभोग गरिरहेका थिए। अब वधशाला सञ्चालनको तयारी भएसँगै उपभोक्ताले स्वच्छ मासु खान पाउने भएका छन्।
पशुमा फैलिँदै लम्पीस्किन सङ्क्रमण
दाङमा पशुमा लाग्ने लम्पीस्किन रोगको सङ्क्रमण बढ्दै गएको छ । पछिल्लो समय जिल्लाको बङ्गलाचुली, राप्ती, लमही, गढवा, राजपुर, घोराहीका लगायत क्षेत्रका रोगको सङ्क्रमण बढेको जनाइएको छ ।
प्रतिबद्धता विपरित काम गरेकाले सरकारबाट बहिरिएको हो : अध्यक्ष लिङदेन
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले सरकारको नेतृत्व गर्नेले नै प्रतिबद्धता विपरितको काम गरेकोपछि सरकारबाट बहिरिएको बताउनुभएको छ।
कालीगण्डकी नदीमा एक युवा बेपत्ता
पौडी खेल्नेक्रममा एक जना युवा नदीमा बेपत्ता भएका छन् । जिल्लाको रामपुर–४, कोप्चेघाँटस्थित कालीगण्डकी नदीमा पौडी खेल्नेक्रममा भारत घरभई हाल रामपुर –५, बेझाडस्थित एडइक्ट ट्याटु हाउसमा काम गर्ने २१ वर्षका अभिषेक राउत बेपत्ता भएको प्रहरीले जनाएको छ ।
सरकारको कामलाई नकारात्मक प्रचार नगरौँ : मन्त्री शर्मा
नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारका सकारात्मक कामलाई नकारात्मक रूपमा प्रचार नगर्न आग्रह गर्नुभएको छ ।
बुटवल मेयर कप टी–२० क्रिकेट हुने
रुपन्देहीमा प्रथम बुटवल मेयर कप टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ ।
जनताको आकाङ्क्षा विकास, समृद्धि र सुशासन : अध्यक्ष तिमिल्सना
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जनताको आकाङ्क्षा भनेको देशको विकास, समृद्धि र सुशासन रहेको बताउनुभएको छ ।
प्रदेशस्तरीय डोरीतान सङ्घको अध्यक्षमा अधिकारी
लुम्बिनी प्रदेश डोरीतान सङ्घको भेलाले युवराज अधिकारीको अध्यक्षतामा समिति गठन गरेको छ । शनिबार कपिलवस्तुको बुद्धभूमि नगरपालिका –२ गोरुसिङ्गेमा सम्पन्न भेलाले ९ सदस्यीय तदर्थ समिति गठन गरेको हो ।