तानसेन नगरपालिकाबाट श्रम स्वीकृत दिन सुरु
पाल्पाको तानसेन नगरपालिकाले श्रम स्वीकृत दिन थालेको छ । नगरप्रमुख श्रेष्ठले वैदेशिक रोजगारमा जानेहरूका लागि आवश्यक पर्ने श्रम स्वीकृति नगरपालिकाबाट दिन सुरु गरेको बताउनुभयो ।
विद्यालयमा प्राथमिक उपचार कक्ष
गुल्मीको सदरमुकाम तम्घासमा रहेको एक सामुदायिक विद्यालयले प्राथमिक उपचार कक्ष सञ्चालनमा ल्याएको छ । रेसुङ्गा नगपालिका –८ खानीगाउँमा रहेको सिद्धबाबा माध्यमिक विद्यालयमा शिक्षक, विद्यार्थी र अभिभावकहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै यसै शैक्षिक सत्रदेखि हप्तामा एक पटक चिकित्सक र दैनिक नर्सको व्यवस्था गरी प्राथमिक उपचार कक्ष सञ्चालनमा ल्याएको हो ।
'लम्पी स्किन' बाट एक सयभन्दा बढी पशु मरे
बाँकेमा ‘लम्पी स्किन’को सङ्क्रमणबाट एक सय २५ भन्दा बढी पशु चौपायाको मृत्यु भएको छ भने दश हजार बढीमा सङ्क्रमण देखिएको छ ।
नौबहिनी गाउँपालिकाले सुरु गर्यो एम्बुलेन्स सेवा
प्युठानको नौबहिनी गाउँपालिकाले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । पालिकाका ८ वटै वडाका नागरिकलाई लाभ दिनका लागि एम्बुलेन्स सेवा सुरु गरिएको हो।
नारायणगढ–बुटवल सडक विस्तारको काम ३८.५९ प्रतिशत
पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडक विस्तारको काम सुरु भएको पूर्वी खण्डमा ३८.५९ प्रतिशत काम सकिएको छ । (बर्दघाट–सुस्तापूर्व) मा पर्ने पूर्वी खण्डमा प्रतिमहिना तीन प्रतिशतभन्दा बढी प्रगति आउने गरी काम भइरहेको हो ।
बाँकेमा अवैध आयात र तस्करी बढ्यो
बाँकेमा भारतबाट हुने अवैध आयात र तस्करी बढेको छ। नेपाल भारत मुख्य नाका जमुनाहामा भारतबाट सय रुपियाँ भन्दा बढीको सामान ल्याउनेसँग राजस्व सङ्कलन गर्न थालिएपछि साइड नाकाबाट अवैध आयात र तस्करी बढेको हो।
२० वर्ष पुगेपछि विवाह गर्नेलाई सम्मान
२० वर्ष उमेर पुगेर विवाह गर्ने महिलालाई गाउँपालिकाले सम्मान गरेको छ । निस्दी गाउँपालिकाले कक्षा १२ उत्तीर्ण गरेर २० वर्ष उमेर पुगेपछि मात्रै विवाह गरेका महिलाहरूलाई सम्मान गरेको हो ।
सर्प उद्धारका लागि तालिम
घर आँगनमा आउने सर्पलाई उद्धार गर्नका लागि सर्प उद्धार सम्बन्धी तालिम सम्पन्न भएको छ । डिभिजन वन कार्यालय कपिलवस्तुले ३० जनालाई उद्धारकर्ता तालिम प्रदान गराएको छ ।
किसानलाई मल पाउन सास्ती
लामो खडेरीपछि वर्षा भएसँगै किसानहरू धान खेतीको तयारीमा जुटेका छन् । मानो रोपेर मुरी उब्जाउने तयारीमा जुटेका किसानलाई अहिले रासायनिक मल अभाव भएको हो।
गुल्मीमा चोरीका घटना बढ्दै
जेठ ३२ गते सत्यवती गाउँपालिकाका बैङ्क, सहकारी लगायत घरहरू तोडफोड गरी नगद, गरगहना चोरी भयो, त्यो घटनाको दोषी पत्ता नलाग्दै कालीगण्डकीमा पनि चोरी भयो।
सुनौली बजार सुनसान
एक सय रुपियाँभन्दा बढीको सामानमा भन्सार लगाउन थालिएपछि सीमावर्ती क्षेत्र सुनौलीको व्यापार खस्किएको छ । रुपन्देहीको बेलहिया नाका हुँदै भारतबाट सामान खरिद गरेर ल्याउन प्रशासनले कडाइ गर्दा भारतीय बजार सुनौलीको कारोबारमा भारी गिरावट आएको हो ।
‘लम्पी स्किन’ रोगबाट सयौँ पशु सङ्क्रमित
लुम्बिनी प्रदेशका धेरैजसो जिल्लामा पशुमा लाग्ने ‘लम्पी स्किन’ रोगको प्रकोप देखिएको छ। लुम्बिनी प्रदेशका गुल्मी, पाल्पा, रोल्पा, रुकुम, बाँके, बर्दिया, प्युठान, अर्घाखाँची र पश्चिम नवलपरासी जिल्लामा यो रोगले पशु चौपाया मर्ने गरेका छन्। पछिल्लो दुई महिना यता यो रोगले भयानक रूप लिएको लुम्बिनी प्रदेश पशुपन्छी निर्देशनालयले जनाएको छ। लुम्बिनी प्रदेशमा अहिले ७७ हजार ९१३ गाई, भैँसीमा सङ्क्रमण देखिएको दिर्नेशनालयले जनाएको छ। रोगका कारण हालसम्म दुई हजार ८३५ गाई, भैँसीको मृत्यु भएको छ। निर्देशनालयका निर्देशक डा. परबेज आलमका अनुसार यस प्रदेशका १२ वटा जिल्लामध्ये अहिले सबैभन्दा धेरै रोल्पा जिल्लाका पशुमा यो सङक्रमण देखिएको छ । रोल्पामा अहिलेसम्म २७ हजार पशु सङ्क्रमित भएका छन् भने एक १३९ पशुको मृत्यु भएको छ।
दाङमा बढ्दै लागुऔषध दुर्व्यसनीका घटना
दाङमा लागुऔषध दुर्व्यसनीका घटना बर्सेनि बढ्दै गएका छन् । जिल्ला प्रहरी कार्यालय दाङको बितेका तीन वर्षको तथ्याङ्कले जिल्लामा लागुऔषधका घटना बर्सेनि बढेको देखाउँछ । दाङमा प्रहरीले चालु आर्थिक वर्ष २०७९/८० को ११ महिनाको अवधिमा लागुऔषधसम्बन्धी मुद्दामा ११३ जनालाई पक्राउ गरेको छ । गत वर्षको साउन महिनादेखि जेठ महिनासम्म दर्ता भएका विभिन्न प्रकृतिका ५६ वटा लागुऔषधसम्बन्धी मुद्दामा ११३ जना लागुऔषध कारोबारी तथा प्रयोगकर्ता पक्राउ परेका हुन् । जसमा २३४ ग्राम ६७२ मिलीग्राम ब्राउनसुगर (खैरो हिरोइन) सहित सबैभन्दा धेरै ९४ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजनकुमार गौतमले जानकारी दिनुभएको छ । प्रहरी नायब उपरीक्षक गौतमका अनुसार १०
बुटवलमा रोजगार मेला हुने
बुटवल उपमहानगरपालिकाको आयोजनामा वृत्ति मार्गनिर्देशन तथा रोजगार मेला हुनेभएको छ । यही असार १३ गते विहान १० बजेदेखि साँझ ५ बजेसम्म कालिकानगरको महाराजा रिर्सोटमा मेला आयोजना हुनेछ ।
पानी नपरेपछि धान रोपाइँ सुरु भएन
पानी नपरेपछि पाल्पाको अधिकांश भूभागमा धान रोपाइँ हुन सकेको छैन । गत वर्ष यही समयमा पाल्पाका अधिकांश स्थानमा रोपाइँ सुरु भइसकेको थियो । यो वर्ष पर्याप्त वर्षात् हुन नसक्दा रोपाइँ सुरु हुन नसकेको किसानले बताएका छन् ।
रेसुङ्गा नगरपालिकाको बजेट करिब ७२ करोड
गुल्मीको रेसुङ्गा नगरपालिकाले झण्डै ७२ करोडको बजेट प्रस्तुत गरेको छ । आगामी आर्थिक वर्ष २०८०–८१ का लागि रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले ७१ करोड ८८ लाख ७८ हजार ७६० रुपियाँको बजेट प्रस्तुत गर्नुभएको हो ।
विद्यालय अब्बल बनाउने महिला प्रधानाध्यापक सुवेदी
विद्यार्थीको मुहार मलिन भयो । गहभरी आँसु चुहाउँदै शिक्षिका रोए । गलामा दुवो र फूलको माला । सोमवार कपिलवस्तुको बुद्धभुमि नगरपालिका –२ बक्डरीयाको श्री आधारभूत विद्यालयका पूर्व प्रअको बिदाइले सबैजना भावुक बने ।
नागरिकता पाएपछि स्थानीय युवा खुसी
बुवाआमाको नागरिकता भएर पनि नागरिकता नपाउनुभएका सिद्धार्थनगर नगरपालिका –४ का गणेश धोबीले आइतबार नागरिकता पाएपछि खुसी हुनुभएको छ ।
फोहोर व्यवस्थापनका लागि परम्परागत शैली परिवर्तनमा जोड
नेपालगञ्ज उपमहानगरपालिकाको फोहोर व्यवस्थापनका लागि फोहोरको कम प्रयोग, पुनः प्रयोग र प्रशोधित प्रयोगमा विशेष जोड दिइएको छ ।
राँझा–राजापुर मध्यमार्गी लोकमार्गका लागि बजेट विनियोजन
लुम्बिनी प्रदेश सरकार अन्तर्गतको भौतिक पूर्वाधार मन्त्रालयले बाँके र बर्दियालाई जोड्न मध्यमार्गी लोकमार्गको निर्माण अघि बढाउन बजेट विनियोजन गरेको छ ।
बाँकेका आठ पालिकामा करिब ६ अर्बको बजेट
एक उपमहानगर र एक नगरपालिकासहित बाँके जिल्लाका आठ वटा पालिकाले आर्थिक वर्ष २०८०–०८१ का लागि करिब ६ अर्बको बजेट प्रस्तुत गरेका छन् ।
बर्दियाका ६ पालिकाले ल्याए बजेट
बर्दियाका आठ वटा पालिकाहरूमध्ये ६ पालिकाले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका छन् भने २ वटा पालिका गेरुवा गाउँपालिका र मधुवन नगरपालिकाले नीति तथा कार्यक्रम मात्र प्रस्तुत गरेका छन् ।
नारायणगढ– बुटवल सडकखण्ड : घाम लाग्दा धुलो, पानी परे हिलो
चार लेनमा विस्तारका क्रममा रहेको नारायणगढ–बुटवल सडकखण्ड घाम लाग्दा धुलाम्मे र पानी पर्दा हिलाम्मे हुने गरेको छ । यसले गर्दा यात्रुले सास्ती भोग्दै आएका छन् ।
कोदोको रक्सी ब्रान्डिङ देखि कोरेली पाडीसम्म वितरण गर्ने योजना
प्युठानको नौ वटै स्थानीय तहले वार्षिक नीति कार्यक्रम तथा बजेट पेस गरेका छन् । आर्थिक वर्ष २०८०/०८१ मा खर्च गर्ने गरी बजेट ल्याएका हुन्। धेरैजसो स्थानीय तहको बजेट कृषि,शिक्षा र स्वास्थ्य क्षेत्रमा केन्द्रित छ।