बौद्धिक अपाङ्गताका अभिभावक सङ्घ गुल्मीको नयाँ नेतृत्व चयन
बौद्धिक अपाङ्गताका अभिभावक सङ्घ गुल्मीको अध्यक्षमा राजकुमार श्रेष्ठ निर्वाचित हुनुभएको छ । मङ्गलबार बौद्धिक अपाङ्ग पुनः स्थापना केन्द्रको सभा हल तम्घासमा भएको बौद्धिक अपाङ्गताका अभिभावक सङ्घ जिल्ला कार्य समितिको छैटौँ अधिवेशन तथा दसौँ साधारण सभाबाट श्रेष्ठ अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
शान्ति र सद्भावका लागि लुम्बिनीमा योग अभ्यास
अन्तर्राष्ट्रिय योग दिवसको अवसर पारेर बुद्ध जन्मस्थल लुम्बिनीमा मङ्गलबार शान्ति र सद्भावका लागि योग अभ्यास गरिएको छ। योग अभ्यासको एक समारोहबिच संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी र भारतीय राजदूत नवीन श्रीवास्तवको उपस्थितिमा लुम्बिनीमा शान्ति र सद्भावका लागि योग दिवस मनाइएको हो। लुम्बिनी विकास कोष, भारतीय राजदूतावास र पतञ्जली नेपालको आयोजनामा लुम्बिनीमा भएको अन्तर्राष्ट्रिय योग दिवस २०२३ लाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सम्बोधन गर्नुभयो।
विद्युत् नहुँदा बढ्यो सास्ती
रुपन्देहीमा विगत एक महिनादेखि बढेको गर्मीले जनजीवन नराम्रोसँग प्रभावित भएको छ। त्यसमाथि लो भोल्टेज र छिनैभरमा आउने र जाने (विद्युत् ट्रिपिङ) समस्याले स्थानीयले ठुलो सास्ती भोग्नु परेको छ। एकातिर असारको चर्को र उखरमाउलो गर्मी र अर्कातिर विद्युत्को अनियमितताले पङ्खासमेत नचल्दा ठुलो समस्या परेको स्थानीय बासिन्दाले बताएका छन्। लो भोल्टेजका कारण अहिले पङ्खा नचल्ने मात्र होइन, फ्रिजसमेत चलाउन समस्या परेको छ। पानी तान्ने मोटर लो भोल्टेजकै कारण बिग्रिएको बुटवलका स्थानीयको गुनासो छ। पछिल्लो समय बुटवलमा लो भोल्टेजको समस्या बढ्दै गएको छ।
कृषिमा समस्याप्रति कृषकको आक्रोश
केरा चोरी हुने समस्या र अर्कोतिर केरा खेतीका लागि सिँचाइको व्यवस्था नभएपछि कपिलवस्तुको विजयनगर गाउँपालिकाकी एक महिला कृषकले केराबारीमा आगो लगाएर आक्रोश पोख्नुभएको छ । विजयनगर गाउँपालिका–६, थरौलीमा करिब सात सय केरा बोट आगो लगाएर नष्ट गरिएको छ । चार लाख लगानी गरी लगाइएको आठ कट्ठा क्षेत्रफलको केरा खेती नष्ट गरिएको हो । कृषक लालसरी घर्तीमगरले रातभरि चौकीदार बस्न सकिँदैन भन्दै बिक्री गर्नयोग्य केरा रातभरिमा चोरी हुने गरेको पीडा सुनाउनुभयो ।
कृषकलाई अनुदानमा कृषि औजार वितरण
कृषि उपजको उत्पादन वृद्धि र लागत घटाउने उद्देश्यले दाङको घोराही उपमहानगरपालिकाले कृषकलाई अनुदानमा कृषि औजार वितरण गरेको छ ।
राजापानी वनमा गिद्ध आहार केन्द्र बन्ने
कपिलवस्तुको बाणगङ्गा नगरपालिका -३ राजापानी सामुदायिक वनमा गिद्ध आहार केन्द्र बनाउने तयारी भएको छ । सामुदायिक वनले स्थानीय सरकार, सङ्घ संस्थाको सहयोगमा आहार केन्द्र सञ्चालन गर्ने तयारी गरेको वनका अध्यक्ष सिता देवी पौडेलले बताउनुभयो ।
सिर्जनात्मक लेखन कार्यशाला आयोजना
बाँकेको कोहलपुर -१ स्थित जनज्ञान ज्योति माध्यमिक विद्यालयका विद्यार्थीलाई कविता लेख्ने र वाचन गर्ने सिप प्रदान गर्न सिर्जनात्मक लेखन कार्यशालाको आयोजना गरिएको छ ।
हाजिर नगराउने र गर्न नजाने प्रवृत्ति अब अन्त्य हुन्छ : मन्त्री मोदी
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमन लाल मोदीले हाजिर नगराउने र गर्न नजाने प्रवृत्ति अब अन्त्य हुने बताउनुभयो ।
नातिलाई छोरा बनाएर नागरिकता बनाउने पक्राउ
दाङमा नातिलाई छोरा बनाएर नागरिकता बनाइदिने हजुरबुवासहित आठ जनालाई प्रहरीले पक्राउ गरेको छ । राजपुर गाउँपालिका–५, सिमलखुट्टी निवासी ज्ञानबहादुर विकले आफ्ना नाति विवेक विकलाई नागरिकता बनाइदिएको उजुरी परेपछि हजुरबुवासहित साक्षी बस्नेहरूलाई समेत प्रहरी अनुसन्धानका लागि पक्राउ गरेको छ ।
घरदेखि अस्पतालसम्म निःशुल्क एम्बुलेन्स सेवा
बिरामीलाई छिटो र सहज रूपमा अस्पताल पु-याउन नेपालगन्ज उपमहानगरपालिकाले घरदेखि अस्पतालसम्म चौबिसै घण्टा निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने निर्णय गरेको छ । नेपालगन्जका नगर प्रमुख प्रशान्त विष्टले उपमहानगरभित्रका गरिब, असहाय, प्रसूति सेवा लिने महिला, अपाङ्गता भएका, ज्येष्ठ नागरिक र आकस्मिक सेवाका बिरामीलाई घरदेखि अस्पतालसम्म पु-याउन साउन १ देखि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने निर्णय गरिएको बताउनुभयो ।
अन्तरजातीय विवाहको पीडा : न विवाह दर्ता न जन्मदर्ता
बैजनाथ गाउँपालिका –४ पिपलडाँडाका सुनिता परियारको विवाह भएको १२ वर्ष भयो । छिन्चु माइतीघर भएकी उहाँको बैजनाथ–४ का रामबहादुर थापासँग भागी विवाह भएको थियो ।
पौडी खेल्दा डुबेर दुई जनाको मृत्यु
पाल्पामा डुबेर दुई जनाको मृत्यु भएको छ । पाल्पाको तिनाउ गाउँपालिकाको तिनाउ नदी र रैनादेवी छहराको जलुके झर्नामा पौडी खेल्ने क्रममा डुबेर एकै दिन दुई जना युवाको मृत्यु भएको हो ।
अन्तर्राष्ट्रिय योग दिवस कार्यक्रम (लुम्बिनीबाट प्रत्यक्ष प्रसारण)
अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा बुद्धको जन्मस्थल लुम्बिनीमा आयोजना गरिएको कार्यक्रमको प्रत्यक्ष प्रसारण
घोराही सिमेन्टको आइपिओ स्थगित
क्रेडिट रेटिङमा कैफियत देखिएपछि नेपाल धितोपत्र बोर्डले घोराही सिमेन्टको साधारण सेयर निष्कासन प्रक्रिया तत्काल स्थगित गर्न निर्देशन दिएको छ । बोर्डले निष्कासन अनुमति दिएपछि निष्कासनसमेत सुरु भएको अवस्थामा पहिलो पटक साधारण सेयर निष्कासन स्थगित गरेको हो ।
अनियमित विद्युत् आपूर्तिले उद्योगधन्दा समस्यामा
अनियमित विद्युत्का कारण दाङका सर्वसाधारण नागरिकसँगै उद्योगधन्दा पनि समस्यामा परेका छन् । गर्मी बढेसँगै विद्युत् आपूर्ति अनियमित हुन थालेपछि उद्योगी तथा व्यवसायी समस्यामा परेका हुन् । छिन छिनमै विद्युत् आउने जाने समस्याका कारण उद्योगमा समस्या परेको घोराही उपमहानगरपालिका–१८, अम्बापुरमा बिस्कुट उद्योग सञ्चालन गर्दै आउनुभएका सञ्चालक रमेश श्रेष्ठ बताउनुहुन्छ । उहाँका अनुसार विद्युत् अनियमित हुँदा उद्योगका सामान बिग्रिनुका साथै उत्पादन घटाउनुपर्ने बाध्यता छ ।
फाउण्डेशनमै अल्झिएर पुलको म्याद सकियो
बाँकेको जानकी गाउँपालिका –४ छत्रपुर र खजुरा गाउँपालिका –४ चल्तुवास्थित किरण नालामा निर्माणाधीन पक्की पुल असार २५ गतेसम्म सम्पन्न हुनेगरी निर्माण सम्झौता भए पनि निर्माण कार्य फाउण्डेशनमै अल्झेको छ ।
ट्राउट माछा पालनतर्फ कृषकको आकर्षण
गुल्मीको पूर्वी भागमा पर्ने कालीगण्डकी गाउँपालिकाका कृषकहरूमा अहिले रेन्बो ट्राउट माछा पालनतर्फ आकर्षण बढेको छ । कालीगण्डकी गाउँपालिका –५ मा रहेको लुङ्गखोलाको सदुपयोग गर्दै त्यहाँका स्थानीयले ट्राउट माछा पालन सुरु गरेका छन् ।
एभरेष्ट बैङ्कद्वारा दलदले नवलपरासीमा १२६औँ शाखा उद्घाटन
एभरेष्ट बैङ्क लिमिटेडले नवलपरासीको दलदलेमा १२६औँ शाखा सञ्चालनमा ल्याएको छ । देशका विभिन्न गाउँ तथा सहरमा रहेका ग्राहकहरूलाई अत्याधुनिक, दिगो, दरिलो र विश्वासिलो बैंकिङ्ग सेवा र सुविधाहरू उपलब्ध गराउने उद्देश्यका साथ आज (सोमबार) दलदलेमा बैङ्कले आफ्नो १२६ औँ शाखा उद्घाटन गरेको हो ।
सिकलसेल नियन्त्रण गर्न विशेष अस्पताल निर्माणको पहलकदमी लिने मन्त्री मोदीको प्रतिबद्धता
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमन लाल मोदीले सिकलसेल एनिमियाको न्यूनीकरण तथा नियन्त्रण र विशेष अस्पताल निर्माणका लागि पहलकदमी लिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
रामपुर अस्पताललाई डायलासिस मेसिन प्रदान
पाल्पाको रामपुर अस्पताललाई पाँच वटा डाइलासिस मेसिन हस्तान्तरण गरिएको छ । नेपाल सरकार स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा टेकुले रामपुर अस्पताललाई मागको आधारमा पाँच वटा डाइलासिस मेसिन र एक सेट आरओ प्लाण्ट उपलब्ध गराएको हो ।
गर्मी बढेसँगै खानेपानीको हाहाकार
हरेक वर्ष अत्यधिक गर्मीको बेला नेपालगञ्ज लगायत वरिपरिका क्षेत्रमा खानेपानीको चरम समस्या हुने गर्छ । यो वर्ष पनि अत्यधिक गर्मी र खडेरीका कारण नेपालगञ्ज र सो वरिपरिका क्षेत्रमा लगाइएका हाते नलको पानी सुकेपछि स्थानीयलाई खानेपानीको समस्या भएको छ ।
कोहलपुर नगरपालिकाको शिक्षा शाखामा तालाबन्दी
अनेरास्ववियू (क्रान्तिकारी) ले बाँकेको कोहलपुर नगरपालिकाको नगर शिक्षा शाखामा सोमबार अनिश्चितकालीन तालाबन्दी गरेको छ । आफ्ना मागहरू पुरा नभएको भन्दै कोहलपुर नगरपालिका नगर शिक्षा शाखामा अनिश्चितकालीन तालाबन्दी गरेको हो ।
हावाहुरीले केरा खेतीमा दुई लाख बढीको क्षति
दाङमा हावाले केराका बोटहरू ढलाउँदा करिब दुई लाख बढीको क्षति भएको छ । दाङको गढवा गाउँपालिका वडा नं. ३ खैरेनीमा हावाहुरीका कारण तीन दिनको अवधिमा डेढ सय बढी केराका बोट ढल्दा दुई लाख बढीको क्षति भएको हो ।
महिला जनप्रतिनिधिलाई नेतृत्व विकास तालिम
गुल्मीको एक स्थानीय तहले आफ्ना महिला जनप्रतिनिधिलाई उद्घोषण तथा नेतृत्व विकास सम्बन्धी तालिम दिएको छ । जिल्लाको गुल्मी दरबार गाउँपालिकाले आफ्ना महिला जनप्रतिनिधिलाई तीन दिनसम्म सो तालिम दिने भएको हो ।