• १४ मंसिर २०८१, शुक्रबार

एभरेष्ट बैङ्कद्वारा दलदले नवलपरासीमा १२६औँ शाखा उद्घाटन

blog

नवलपरासीको दलदलेमा एभरेष्ट बैंक लिमिटेडको १२६ औं शाखाको उद्घाटन गर्नुहुँदै बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ्ग र देवचुली नगरपालिका– १३ का वडा अध्यक्ष एक देव पौडेल । तस्बिर : एभरेष्ट बैंक

काठमाडौं, असार ४ गते । एभरेष्ट बैङ्क लिमिटेडले नवलपरासीको दलदलेमा १२६औँ शाखा सञ्चालनमा ल्याएको छ । देशका विभिन्न गाउँ तथा सहरमा रहेका ग्राहकहरूलाई अत्याधुनिक, दिगो, दरिलो र विश्वासिलो बैंकिङ्ग सेवा र सुविधाहरू उपलब्ध गराउने उद्देश्यका साथ आज (सोमबार) दलदलेमा बैङ्कले आफ्नो १२६ औँ शाखा उद्घाटन गरेको हो ।

बैङ्कका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ्ग र देवचुली नगरपालिका– १३ का वडा अध्यक्ष एक देव पौडेलले संयुक्त रूपमा बैङ्कको उद्घाटन गर्नुभएको छ ।

उक्त उद्घाटन समारोहमा उद्योग वाणिज्य सन्ध देवचुली नगरपालिकाका वरिष्ठ उपाध्यक्ष तेजप्रसाद न्यौपाने, सशस्त्र प्रहरी बलका निरीक्षक विनोद पौडेल, बैङ्कका गण्डकी प्रदेशका प्रादेशिक–प्रबन्धक सुधीर गौतम र बैङ्कका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रेतीलगायत अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

उद्घाटन समारोहमा देवचुली नगरपालिका– १३ का वडा अध्यक्ष देव पौडेलले दलदलेमा एभरेष्ट बैङ्कको आगमनले सर्वसाधारणको वित्तीय पहुँच अझ सहज तथा सुलभ हुने बताउनुभयो ।

त्यस्तै, बैङ्कका प्रमुख कार्यकारी अधिकृत खालिङ्गले बर्दघाट र सो आसपासका बासिन्दाहरूलाई अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गराउने प्रतिबद्धता व्यक्त गर्नुका साथै पन्जाब नेशनल बैङ्क भारतसँगको साझेदारीले गर्दा स्थानीय बासिन्दा र पूर्व भारतीय गोर्खा सैनिकले पेन्सन तथा अन्य बैंकिङ्ग सेवा तथा सुविधा उपभोग गर्न अझ सहज हुने विश्वास व्यक्त गर्नुभयो । योसँगै गण्डकी प्रदेशमा बैङ्कको शाखा सङ्ख्या १३ पुगेको छ ।

पन्जाब नेशनल बैङ्क भारतसँग संयुक्त साझेदार रहेको तथा स्थापना कालदेखि नै ग्राहकहरूको पहिलो रोजाइको यस बैङ्कमा हालसम्म करिब १३ लाखभन्दा बढी सन्तुष्ट ग्राहकहरू रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो १२६ शाखा सन्जाल, तीन एक्सटेन्सन काउण्टर, सात प्रादेशिक कार्यालयहरू, १६१ एटिएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसमएस बैङ्किङ सुविधा प्रदान गर्दै आइरहेको छ । यस बैङ्कले नेपाल सरकारको राजस्व सङ्कलनका लागि ३२ वटा सङ्कलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।