सरकारको ध्यान अर्थतन्त्र सुधारमा : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले देशको आर्थिक अवस्था कमजोर अवस्थामा पुगेकाले सरकारको ध्यान अर्थतन्त्र सुधारमा भएको बताउनुभएको छ ।
दुई घरमा आगलागी, घर पूर्ण रूपमा नष्ट
जिल्लाको पश्चिम भेगस्थित रैनादेवी छहरा रैनादेवी छहरा–४, साउरीखर्चमा आगलागीबाट दुई वटा घर जलेर पूर्ण रूपमा नष्ट भएको छ । बुधबार राति स्थानीय बुद्धिकुमारी विकको घरमा आगलागी हुँदा जलेर दुई वटा घर पूर्ण रूपमा नष्ट भएको हो ।
दाङमा श्रीमतीको बन्चरो प्रहारबाट श्रीमानको मृत्यु
दाङमा श्रीमतीको बन्चरो प्रहारबाट श्रीमानको मृत्यु भएको छ । दाङको बङ्गलाचुली गाउँपालिका-१ स्युजामा बिहीबार बिहान अन्दाजी ९ बजेको समयमा श्रीमती केशरा परियारको बन्चरो प्रहारबाट ६४ वर्षीय श्रीमान् रेशम परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक राजनकुमार गौतमले जानकारी दिनुभएको छ ।
भीरबाट लडेर पुरुषको मृत्यु
पाल्पामा एक जना पुरुषको भीरबाट लडेर ज्यान गएको छ । जिल्लाको बगनासकाली–७, छहरेखोला बस्ने ४० वर्षका केशवबहादुर बुढाथोकीको भीरबाट लडेर मृत्यु भएको हो ।
गुल्मीमा जिप दुर्घटना: एकको मृत्यु, एक घाइते
गुल्मीको मालिका गाउँपालिका -२ दर्लिङ्गको दुनाममा गए राती करिब ११ः४० बजे जिप दुर्घटना भएको छ । दर्लिङ्गदेखी बागलुङको भिमगिठे जाँदै गरेको लु १ च ९९११ को डबल क्याब जिप दुर्घटना भएको हो ।
निःशुल्क शिक्षा नारामा
नेपालको संविधानले आधारभूत तहसम्मको शिक्षा अनिवार्य र माध्यमिक तहसम्म निःशुल्क व्यवस्था हुने व्यवस्था गरेको छ । सामुदायिक विद्यालयमा शिक्षालाई निःशुल्क गरे पनि विद्यार्थीसँग भने विभिन्न बहानामा शुल्क उठाउने गरेका छन्। निःशुल्क शिक्षा नारामै सीमित हुने गरेको छ। विद्यालयले विद्यार्थी भर्नाकै क्रममा पैसा लिने गरेका छन्। विद्यार्थी भर्ना अभियानसँगै पठनपाठन सुरु गरेका कतिपय सामुदायिक विद्यालयले भर्ना अभियान सञ्चालन भइरहँदा शुल्क नतिर्दासम्म विद्यार्थी भर्ना लिने गरेका छैनन्।
पालिका पहुँच मार्ग निर्माणमा ढिलाइ
पाल्पाका अधिकांश पालिकाका केन्द्रसम्म पुग्ने पहुँच मार्ग निर्माणमा ढिलाइ भइरहेको छ। राजमार्ग तथा सहायक राजमार्गदेखि पालिकाको केन्द्रसम्म जोड्न पहुँच मार्ग बनाउन आवश्यक बजेट अभावमा काममा ढिलाइ भएको हो। पाल्पाका १० पालिकामध्ये पाँच पालिकाका केन्द्रसम्म पुग्ने स्तरीय मार्ग (कालोपत्रे) बनेको छैन। निस्दी, पूर्वखोला, रम्भा, माथागढी र तिनाउ गाउँपालिकाको केन्द्रसम्म पुग्न पहुँच मार्ग बनाउनुपर्ने आवश्यकता छ।
वन्यजन्तुका लागि पोखरी
बाँके राष्ट्रिय निकुञ्जमा गर्मीको मौसममा खहरे खोलाहरू सुक्ने गरेकाले वन्यजन्तुलाई खानेपानीको निकै समस्या हुने गरेको छ। गर्मीमा निकुञ्जभित्र आवश्यकभन्दा निकै कम पानी हुने भएकाले वन्यजन्तुलाई पानी उपलब्ध गराउन सोलार बोरिङसहित पोखरीहरू निर्माण गरिएको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहले बताउनुभयो। उहाँले निकुञ्ज क्षेत्रभित्र रहेका ४५ वटा खहरे खोला गर्मीको बेला सुक्ने भएकाले पानीका लागि वन्यजन्तु यताउता भौँतारिने गरेको देखेर १० वटा सोलारजडित पोखरी निर्माण गरिएको बताउनुभयो।
लुम्बिनीमा वर्षौँदेखि थन्किएको विद्युतीय बस सञ्चालन हुने
बुद्ध जन्मस्थल लुम्बिनीमा लामो प्रतीक्षापश्चात् विद्युतीय सवारी सञ्चालनमा आउने भएका छन् । सञ्चालन अनुमतिका लागि कानुनी प्रक्रियामा ढिलाइ र सञ्चालनको नमुना तयार नहुँदा लुम्बिनीमा दुई वर्षभन्दा बढी समयदेखि खुला आकाशमुनि विद्युतीय सवारी थन्किएका थिए ।
विदेशी लगानी र प्रविधि भित्र्याउन सरकार तयार : रिजाल
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले विदेशी लगानी र प्रविधि भित्र्याउने वातावरण बनाउन सरकार सधैँ लागिपरेको बताउनुभएको छ । गोल्छा गु्रपले कोरियाको सामसुङ कम्पनीसँगको सहकार्यमा नवलपरासी (बर्दघाट सुस्तापश्चिम)को रामग्राम नगरपालिका–११ मा रहेको उद्योगबाट उत्पादन गरेर बिक्री वितरण शुभारम्भका अवसरमा बुधबार उद्योगमा आयोजित समारोहमा बोल्दै मन्त्री रिजालले यस्तो बताउनुभएको हो ।
बिक्री भएन दाङमा उत्पादित मह
दाङ तुलसीपुर उपमहानगरपालिका –६ स्थित माधव शर्माले यस वर्ष उत्पादन गर्नुभएको दुई टन मह बिक्री भएको छैन । उहाँ मह बिक्री नहुँदा त्यतिकै थन्काएर राख्नुपर्ने बाध्यतामा पर्नुभएको छ ।
बिदामा पनि सेवा प्रवाह गर्दै मालपोत कार्यालय
मालपोत कार्यालय तम्घास गुल्मीले सार्वजनिक बिदामा समेत सेवा प्रवाह गर्नुभएको छ। सार्वजनिक सूचना जारी गर्दै मालपोत अधिकृत खेतबहादुर खत्रीले विभिन्न १७ सार्वजनिक बिदामा पनि मालपोत कार्यालयले सेवा प्रवाह गर्ने बताउनुभएको हो ।
लैङ्गिक हिंसाको सिकार हुँदै महिला
लैङ्गिक हिंसामा महिला सबैभन्दा बढी पर्ने गरेको देखिएको छ । तानसेनमा आयोजित कार्यक्रममा वक्ताहरूले सो कुरा बताएका हुन् ।
चार वर्षदेखि अलपत्र औद्योगिक ग्राम
कपिलवस्तुको बाणगंगा नगरपालिकामा निर्माण हुँदै गरेको नगर औद्योगिक ग्राम अलपत्र परेको छ । सङ्घीय सरकारको अनुदानबाट नगरपालिकाको वडा –९ वर्दहवामा निर्माण हुँदै गरेको औद्योगिक ग्राम चार वर्षदेखि अलपत्र परेको हो ।
डढेलोले वन सखाप, स्वास्थ्यमा असर
बुटवल उपमहानगरपालिका –१२ निवासी दीनानाथ पोखरेल बिहानी हिँडाइमा निस्कनु हुन्छ । नियमित घरबाट करिब तीन किलोमिटर राजमार्ग उत्तरमा पर्ने जङ्गल छेउछाउको भित्री सडकमा बिहानी हिँडाइ गर्ने उहाँलाई आजभोलि केही असहज भएको बताउनुहुन्छ ।
स्थानीय तहका अधिकांश सडक भासिँदै
बाँकेमा स्थानीय सरकारले निर्माण गरेका अधिकांश कालोपत्रे सडक भत्किएका छन् । अधिकांश स्थानीय सरकारले वार्षिक बजेटको ठूलो हिस्सा कालोपत्रे सडकमा खर्च गर्ने गरेपनि त्यो टिकाउ र गुणस्तरीय हुन नसकेको स्थानीय बासिन्दाको भनाइ छ ।
नयाँ सरकार बनाउन कांग्रेस र एमालेको दाबी
लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरी नेतृत्वको सरकारले सोमबार विश्वासको मत पाउन नसकेपछि नयाँ सरकार गठनको गृहकार्य सुरु भएको छ। संविधानको धारा १६८ को (२) बमोजिम नेकपा (एमाले) नेतृत्वमा गत पुस २ गते बनेको सरकारले संसद्बाट विश्वास गुमाएपछि गिरी नेतृत्वको सरकार ढलेको हो। प्रदेश प्रमुख अमिक शेरचनले सोमबार अर्को व्यवस्था नभएसम्मका लागि कामचलाउ सरकारका रूपमा काम गर्न मुख्यमन्त्री गिरी नेतृत्वको सरकारलाई तोक्नुभएको छ। नयाँ सरकार गठनका लागि नेपाली कांग्रेस र एमाले दुवैले दाबी गरेका छन्। एमाले नेतृत्वको सरकारले विश्वासको मत नपाएपछि अब लुम्बिनी प्रदेश सभामा सबैभन्दा ठूलो दलको हैसियतले एमालेले नै सरकारको नेतृत्वमा दाबी गर्ने तयारी गरेको छ। एमालेका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले धारा १६८ (२) अनुसार बनेको सरकार अल्पमतमा परेकाले अब धारा १६८ (३) अनुसार नयाँ सरकार बनाउनुपर्ने बताउनुभयो। उहाँले १६८ (२) अनुसारको सरकार ढलेकाले अब १६८ (३) अनुसार सबैभन्दा ठूलो दलको हैसियतले नयाँ सरकारको नेतृत्व पनि एमालेले गर्ने दाबी गर्नुभयो।
बढ्दै औलोको जोखिम
पछिल्ला वर्षमा औलोका बिरामी भेटिने दर बढ्दै गएको छ। अघिल्लो वर्ष र यो वर्षमा तीन/तीन जना औलोका बिरामी भेटिएका छन्। जिल्लामा प्रत्येक वर्ष औलोका बिरामी भेटिनेको सङ्ख्या थोरै भए पनि औलोको जोखिम भने उच्च रहेको छ। स्वास्थ्य कार्यालय प्युठानका वरिष्ठ जनस्वास्थ्य अधिकृत हेमराज पाण्डेले स्थानीय व्यक्तिमा भन्दा बाहिरबाट आउने व्यक्तिबाट औलो सर्ने गरेको बताउनुहुन्छ। स्वास्थ्य कार्यालयले अहिले औलोको परीक्षणलाई बढाएको जनाएको छ। सबै स्वास्थ्य चौकीमा औलो जाँच गर्ने किट उपलब्ध भएको पाण्डेले बताउनुभयो। अघिल्लो वर्ष एक हजार १५२ जना र यो आर्थिक वर्ष ६६९ जना शङ्कास्पद बिरामीलाई औलो परीक्षण गरिएको कार्यालयको तथ्याङ्क छ।
ऐतिहासिक तकगाउँ किताबको आवरणमा
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय पाठ्यक्रम विकास केन्द्र सानोठिमी भक्तपुरले नयाँ शैक्षिक सत्र कक्षा १० को अनिवार्य अङ्ग्रेजी किताबको आवरणमा रुकुमपूर्वको तकगाउँको तस्बिर राखेको छ। एक ऐतिहासिक एवं परम्परागत कलात्मक बस्तीलाई उजागर तथा प्रचारप्रसार गर्ने उद्देश्यले किताबको आवरणमा दुर्गम गाउँको तस्बिर राखिएको पाठ्यक्रम विकास केन्द्र सानोठिमी भक्तपुरका सूचना अधिकारी डा. बाबुराम ढुङ्गानाले जानकारी दिनुभयो। नेपालका कुनाकुनामा रहेका प्रख्यात ठाउँ र ऐतिहासिकता बोकेका तर ओझेलमा रहेका ठाउँहरूलाई पाठ्यक्रमको आवरणमा केन्द्रले समेट्ने गरेको सूचना अधिकारी ढुङ्गानाले बताउनुभयो।
कृषि कर्मले फेरिएको बीनाकुमारीको दैनिकी
वि.सं. २०५६ मा रुपन्देहीको तिलोत्तमामा घरजम गर्नुभएकी बीनाकुमारी पुनले त्यसैबेला जीविकोपार्जनका लागि तीनवटा बङ्गुरपालन सुरु गर्नुभयो । दैनिक गुजारा चलाउन अप्ठ्यारो भएकाले उहाँले बङ्गुर पाल्नुभएको हो । बङ्गुरले उहाँलाई राम्रै आम्दानी दिन थालेपछि उहाँलाइ थप हौसला मिल्यो र जाँगर चल्यो ।
प्रमुखद्वारा लुम्बिनी प्रदेश सरकार गठनको आह्वान
लुम्विनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधार (२) अनुसार नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको छ । प्रदेश प्रमुखको कार्यालय बुटवलले मंगलवार जारी गरेको विज्ञप्तिमा वैशाख १४ गते अपरान्ह ४ बजेभित्र नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले आह्वान गर्नुभएको उल्लेख छ । संविधानको धारा १६८ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठनका लागि प्रदेश प्रमुखले आह्वान गर्नुभएको हो ।
तानसेन बाँसटारीमा निर्माण भयो ट्रायल सेन्टर
तानसेनको बाँसटारीमा ‘ट्रायल सेन्टर’ निर्माण भएको छ । पाल्पासहित छिमेकी जिल्लाका नागरिकलाई साना सवारीसाधनको लाइसेन्स दिन ‘ट्रायल सेन्टर’ सुचारु गरिएको हो ।
कोरोनाबाट एकको मृत्युपछि नियन्त्रण अभियान तीव्र पारियो
कोरोना भाइरसको सङ्क्रमणबाट करिब एक वर्षपछि बाँकेका एक जना वृद्धको उपचारका क्रममा मृत्यु भएपछि नियन्त्रण अभियानलाई तीव्र पार्न सुरु गरिएको छ ।
तानसेन डबलीमा उम्रियो झार
निर्माणाधीन पाल्पाको तानसेन डबलीमा झार उम्रिएको छ । पर्यटन वन तथा वातावरण मन्त्रालय लुम्बिनी प्रदेशको आयोजनामा पाल्पाको तानसेन नगरपालिका ५ कैलाशनगरमा तानसेन डबली निर्माणाधीन अवस्थामा नै झार उम्रिएको छ ।