मुख्यमन्त्री चौधरीले १८ गते विश्वासको मत लिनुहुने
लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले वैशाख १८ गते सोमबार विश्वासको मत लिनुहुने भएको छ । मुख्यमन्त्रीको पदभार ग्रहणपछि बसेको पहिलो मन्त्रीपरिषद् बैठकले सो निर्णय गरेको हो ।
मिटरब्याज पीडितका लागि सहायता कक्ष
जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले शुक्रबारदेखि अनुचित लेनदेन (मिटरब्याज) बाट पीडितहरूको निवेदन सङ्कलनका लागि पीडित सहयता कक्ष सञ्चालनमा ल्याएको छ ।
दाङको राप्ती गाउँपालिकाद्वारा कृषि एम्बुलेन्स सञ्चालन
राप्ती गाउँपालिकाले जिल्लामै पहिलो पटक किसानले उत्पादन गरेको तरकारीको बजारीकरणका लागि सहयोग गर्ने उद्देश्यले ‘कृषि एम्बुलेन्स’ सञ्चालनमा ल्याएको छ ।
बाँकेमा खेलाडीका लागि दोस्रो ठूलो पौडी पोखरी सञ्चालनमा
बाँके जिल्लामा पौडी खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ दोस्रो अन्तर्राष्ट्रियस्तरको पौडी पोखरी निर्माण गरेर सञ्चालनमा ल्याइएको छ ।
विदेशी अनुभवले मोजा उद्योग सञ्चालन
स्वदेशी ब्रान्डलाई पहिचान बनाउने गरी कपिलवस्तुका अधिकारी दाजुभाइले मोजा उत्पादन सुरु गरेका छन् । भारत र अजरबैजानमा २५ वर्ष होजियारी उद्योगको अनुभव लिएर उनीहरूले उद्योग सञ्चालन गरेका हुन् । विषयगत दक्षता भएपछि उत्पादन बेच्न सहज हुने अनुमान गरे पनि बजारमा बिक्री गर्न धौधौ भयो । “बिक्रीका लागि बजार पु-याए तर कसैले चासो दिएनन् । व्यापारीले नाइक, एडिडासजस्ता विदेशी नाम भए बिक्री हुने बताए । विदेशी ट्याग लगाए मात्र नेपालीले किन्ने रहेछन् ।
दुई हजार हेक्टर वन क्षेत्रमा आगलागी
मानवीय लापरबाहीले गर्दा दाङमा बर्सेनि हजारौँ हेक्टर वन जङ्गल डढेलोका कारण खरानी हुने गरेको छ। दाङमा करिब एक महिनाको अवधिमा दुई हजार हेक्टर वनमा डढेलो लागेको छ। डिभिजन वन कार्यालय घोराहीअन्तर्गत २४ र डिभिजन वन कार्यालय लमहीअन्तर्गतका २७ भन्दा बढी सामुदायिक तथा राष्ट्रिय वनमा डढेलो लागिसकेको छ। जसले गर्दा दाङ क्षेत्रमा ६३३ हेक्टर र देउखरी क्षेत्रमा एक हजार ४०० भन्दा बढी हेक्टर वन डढेलो लागेको छ। यसको जोखिम अझ बढ्ने देखिएको छ।
टमाटरले उचित मूल्य पाएन
बाँकेको खजुरा गाउँपालिका–२, ‘ए’ गाउँका अगुवा किसान लालबहादुर खत्रीको बारीमा यतिबेला लटरम्म टमाटर फलेको छ । बारीभरि टमाटर छ भने गोदाममा पनि टिपेको टमाटर राखिएको छ तर बजार मूल्य नपाएपछि खत्रीले बारीमा टमाटर फालेर विरोध जनाउनुभएको छ ।
कृषिजन्य वस्तु बिक्रीका लागि किसानलाई परिचयपत्र
तुलसीपुर उपमहानगरपालिकाले स्थानीयस्तरमा उत्पादन गरिएका कृषिजन्य वस्तुको बजारमा बिक्रीका लागि किसान परिचयपत्र वितरण गरेको छ । स्थानीय किसानले उत्पादन गरेका कृषिजन्य वस्तु प्रोत्साहन गर्न परिचयपत्र वितरण गर्न थालेको हो ।
किसान परिचय पत्र वितरण
तुलसीपुर उपमहानगरपालिकाले किसान परिचय पत्र वितरण गरेको छ । स्थानीय किसानले उत्पादन गरेका कृषिजन्य वस्तु प्रोत्साहन गर्नका लागि परिचयपत्र वितरण गर्न सुरु गरिएको हो ।
नवनियुक्त मुख्यमन्त्री चौधरीसहित मन्त्रीहरुद्वारा शपथ ग्रहण
लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री तथा मन्त्रीहरुले शुक्रबार पद तथा गोपनीयताको शपथ लिनुभएको छ । नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरी र तीन जना बिना विभागीय मन्त्रीहरुले शपथ लिनुभएको हो ।
गाई संरक्षणबाट धार्मिक पर्यटनको प्रवर्द्धन
तीन वर्षअघि रामपुरका स्थानीयलाई खेतबारीमा लगाएका बालीनाली स्याहार्न पाइन्छ या पाइदैन भन्ने निकै पिरलोले सताउँथ्यो । गाउँघरमा उत्पादन दिन यत्रतत्र छाडा छाडिएका गाईवस्तुले खेतबारीमा लगाएका अन्नबाली, तरकारीबाली खाएर नष्ट बनाउँथ्यो ।
विपद् उद्धारमा तीनै तहका सरकारबीच सहकार्य आवश्यक : मन्त्री शर्मा
सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले विपद उद्धारका कार्यमा तीनै तहका सरकारबीच समन्वय सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।
ठेकेदारको बदमासीले नौ वर्षमा पनि बनेनन् लुम्बिनीका दुई पुल
पुल निर्माण सुरु भएको नौ वर्ष बित्यो तर अझै पुलले पूर्णता पाएको छैन । पप्पु कन्स्ट्रक्सनले कतिहदसम्म बदमासी गर्छ भन्ने एउटा गतिलो उदाहरण बनेको छ लुम्बिनीको दुई वटा पुल ।
रेसुङ्गा विमानस्थलमा परीक्षण उडान
गुल्मीको रेसुङ्गा विमानस्थलमा नेपाल वायुसेवा निगमको राष्ट्रिय ध्वजावाहक नाईन एन–एबीटी जहाजले सफल उडान भरेको छ । काठमाडौंबाट बिहान ६ बजेर ४६ मिनेटमा उडान भरेको सो जहाजले रेसुङ्गा विमानस्थलमा ७ बजेर ३९ मिनेटमा अवतरण गरेको हो ।
लागूऔषध प्रयोग गर्ने महिला बढ्दै
लागूऔषध दुव्र्यसनीविरुद्ध काम गरिरहेका संस्थाहरूका अनुसार बाँकेमा पछिल्ला वर्षहरूमा महिला लागूऔषध प्रयोगकर्ताको सङ्ख्या बढ्दै गएको छ। जिल्लामा लागूऔषध सेवन गर्ने महिलाको सङ्ख्या बढ्दै गएपछि त्यसलाई रोक्न तत्काल प्रभावकारी कदम चाल्नुपर्ने कुरामा जोड दिँदै त्यसो नगरिए अवस्था गम्भीर हुने चेतावनी सरोकारवालाहरूले दिएका छन्।
ठेकेदार फेरिए, काममा प्रगति भएन
गौतम बुद्ध जन्मस्थल लुम्बिनी जाने भैरहवा–लुम्बिनी हुलाकी राजमार्गअन्तर्गतका दुईवटा पुल विगत नौ वर्षदेखि बन्न सकेका छैनन्। लुम्बिनीका पर्यटन व्यवसायी खिम श्रेष्ठले भन्नुभयो, “लुम्बिनी पुग्ने सडक त फोर लेन र चिल्लो बनाइएको छ तर बाटोमा पर्ने विगत नौ वर्षदेखि अलपत्र छन्। जसका कारण आवतवाजत गर्न निकै सास्ती भोग्नु परिरहेको छ।”
अधिकांश सडक भासिँदै
बाँकेमा स्थानीय सरकारले निर्माण गरेका अधिकांश कालोपत्रे सडक भत्किएका छन्। वार्षिक बजेटको ठूलो हिस्सा कालोपत्रे सडकमा खर्च गर्ने गरे पनि त्यो टिकाउ र गुणस्तरीय हुन नसकेको स्थानीयको गुनासो छ। नेपालगञ्ज उप–महानगरपालिका र कोहलपुर नगरपालिकामा यस्तो खालको समस्या कम देखिए पनि अन्य स्थानीय तहमा भने अधिकांश सडक भत्किएर आवातजावतमा समस्या परिरहेको अवस्था छ।
गुल्मीमा जडीबुटी उद्यानमा आगजनी गर्ने व्यक्ति पक्राउ
गुल्मीमा जडीबुटी उद्यानमा आगो लगाउने एक व्यक्तिलाई पक्राउ गरिएको छ ।
दुर्लभ पन्छी सारसको लुम्बिनी क्षेत्रमा संरक्षण गरिँदै
दुर्लभ पन्छी सारसको प्रमुख बासस्थान मानिएको लुम्बिनीमा सारस संरक्षणको काम सुरु गरिएको छ । सारस संरक्षणको कामका लागि लुम्बिनीमा अभिमुखीकरण र कार्यशाला आयोजना गरिएको छ ।
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा डिल्लीबहादुर चौधरी नियुक्त
लुम्बिनी प्रदेशको चौथो मुख्यमन्त्रीको रुपमा नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका नेता डिल्लीबहादुर चौधरी नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम चौधरीलाई मुख्यमन्त्रीमा आज नियुक्त गर्नुभएको हो ।
आर्थिक समृद्धिका लागि कृषि र पर्यटनमा ध्यान दिनुपर्छ : सञ्चारमन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा नेपाल सरकारका प्रवक्ता रेखा शर्माले आर्थिक समृद्धिका लागि कृषि र पर्यटन क्षेत्रको विकासमा ध्यान दिनुपर्ने बताउनुभएको छ । दाङको नारायणपुरमा आजदेखि सुरु भएको ‘चौथो नारायणपुर कृषि, पर्यटन तथा व्यापार महोत्सव –२०८०’ को उदघाटन गर्दै मन्त्री शर्माले सो कुरा बताउनुभएको हो ।
भत्किएको तटबन्ध निर्माण नहुँदा दुई पालिकामा डुबानको त्रास
एक वर्षअघिको बाढीले भत्काएर बगाएको तटबन्ध मर्मतसम्भार र निर्माण कार्य अझैपनि नगरिंदा बाँकेका दुई पालिकाका स्थानीय वासिन्दा डुबानको त्रासमा छन् ।
मुलुक खेल क्षेत्रमा अगाडि बढ्यो : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुक खेल क्षेत्रमा अगाडि बढिरहेको बताउनु भएको छ । दाङको बंगलाचूली आज (बिहीबार)बाट सुरु भएको तेस्रो बंगलाचूलीमा कप खेलकुद प्रतियोगिताको उद्घाटन गर्नुहुँदै मन्त्री शर्माले यस्तो बताउनु भएको हो ।
बजार मूल्य नपाउँदा कृषकले टमाटर फाले
बाँकेको खजुरा गाउँपालिका –२ ‘ए गाउँ’ का अगुवा किसान लालबहादुर खत्रीको बारीमा यतिबेला लटरम्म टमाटर फलेको छ । बारीभरी टमाटर भए पनि गोदाम पनि भरिएको छ । बजारमुल्य नपाएपछि खत्रीले टमाटर फालेर विरोध गर्नुभएको छ ।