• १३ असार २०८१, बिहिबार

किसानलाई ५० प्रतिशत अनुदानमा कृषियन्त्र

blog

किसानलाई अनुदानमा कृषियन्त्र वितरण गरिंदै । तस्विर : सिराज खान

सिराज खान 

नेपालगन्ज, असार १७ गते । बाँकेको बैजनाथ गाउँपालिकाले उत्पादन वृद्धिसँगै व्यावसायिक कृषिमा प्रोत्साहन गर्ने उद्देश्यले पालिकाभित्रका किसानलाई ५० प्रतिशत अनुदानमा कृषियन्त्र वितरण गरेको छ । 

गाउँपालिकाभित्रका ४२ जना किसानलाई छनोट गरेर अत्याधुनिक मिनी ट्रेलर र पावर ट्रेलर वितरण गरिएको छ । गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीले कृषि उत्पादन बढाई कृषिलाई व्यावसायिक बनाउन ३१ जना किसानलाई मिनि ट्रेलर र ११ जना किसानलाई पावर ट्रेलर वितरण गरिएको बताउनुभयो । 

उहाँले अनुदान पाउनका लागि निवेदन दर्ता गराएका किसानको घर–घरमा पुगेर अनुगमन गरी ५० प्रतिशत अनुदान पाउने किसान छनोट गरेर उनीहरुलाई यन्त्र उपलब्ध गराइएको बताउनुभयो । 

सो अवसरमा अनुदान पाउनुभएका किसानले यो सहयोगबाट कृषिलाई व्यावसायिक बनाउन ठूलो सहयोग पुग्ने जनाउँदै यसले उत्पादन पनि वृद्धि हुने विश्वास गरिएको छ । बैजनाथ –४ का किसान रमेश थारुले मिनी ट्रेलर पाएपछि अब खेती गर्न निकै सहज र सरल हुनुका साथै कम समयमा बढी उत्पादन हुने बताउनुभयो । उहाँले आधुनिक कृषियन्त्रको सहाराले कृषिमा ठूलो परिवर्तन आउने बताउनुभयो ।  

सोही प्रकारले वडा –४ का अध्यक्ष प्रेमबहादुर शाहीले छनोटमा परेका अधिकांश किसानले कृषिलाई व्यावसायीकरण गर्ने जनाएकाले आधुनिक उपकरणले सो कामलाई सहज बनाउने बताउनुभयो ।