• १६ कात्तिक २०८१, शुक्रबार

दलित समुदायलाई नेतृत्व विकास तालिम

blog

तालिममा सहभागी दलित समुदायका प्रतिनिधिहरू । तस्बिर : रमेश विश्वकर्मा

रमेश विश्वकर्मा

गुल्मी, असार १७ गते । गुल्मीको चन्द्रकोट गाउँपालिकाले यहाँका दलित समुदायका लागि एक दिने नेतृत्व तथा क्षमता विकास तालिम प्रदान गरेको छ । गाउँपालिकाको चालू आर्थिक वर्ष २०७९/८० को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत यहाँका दलित समुदायका नागरिकलाई सो तालिम दिएको हो ।

दलित समुदायका नागरिकमा नेतृत्व गर्न सक्ने क्षमता विकास गर्ने उद्देश्यसाथ चन्द्रकोट गाउँपालिका एवम् चन्द्रकोट दलित उत्थान समाजको व्यवस्थापनमा सो तालिम प्रदान गरिएको छ ।                                                                                                                                                     

तालिममा गाउँपालिकाको वडा – १ देखि ८ सम्मका १५० जनाभन्दा बढीको सहभागिता रहेको थियो । सहभागीहरूले तालिम अत्यन्त राम्रो भएको भन्दै आगामी दिनमा पनि यस्तै महत्त्वपूर्ण कार्यक्रममा सहभागी गराउन आग्रह गरेका छन् । दलित समुदायलाई तालिमको माध्यमबाट अगाडि बढाउन गरिएको प्रयत्नप्रति आफूहरू खुसी भएको सहभागीहरूले बताएका छन् ।

सो अवसरमा गाउँपालिकाका उपाध्यक्ष विष्णुप्रसाद भण्डारीले तालिमले सबै किसिमका नेतृत्वमा दलित समुदायलाई सहभागी गराउन बलियो आधार निर्माण गरेको बताउनुभयो । सबै नागरिकले पाउने हक अधिकार अन्तर्गत दलित समुदायबाट पनि नेतृत्वमा जान निकै सहज हुने भन्दै तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्नुपर्ने उहाँको सुझाव छ ।