• १३ साउन २०८१, आइतबार

अर्घाखाँचीमा पहिरोमा परी तीन बालबालिकाको मृत्यु

blog

पहिरो । फाइल तस्बिर

अर्घाखाँची, असार १९ गते । अर्घाखाँचीको पणेनामा आज (मङ्गलबार) बिहान साढे ६ बजे आएको पहिरोमा परी तीन बालबालिकाको मृत्यु भएको छ ।

पहिरोले पुरिएका चार बालबालिकामध्ये एकको सकुशल उद्धार भएको र तीनको मृत्यु भएको पाणिनी गाउँपालिकाका निवर्तमान अध्यक्ष तथा स्थानीय अच्युत गौतमले जानकारी दिनुभयो ।

पाणिनि–१ पणेनाको गोहनपानीमा घरमाथिबाट खसेको पहिरोमा च्यापिएर उनीहरुको मृत्यु भएको उहाँको भनाइ छ । मृत्यु हुनेमा ११ वर्षे अञ्जु रास्कोटी, १० वर्षे धनबहादुर रास्कोटी र १२ वर्षे खुमबहादुर रास्कोटी रहेको उहाँले जानकारी दिनुभयो ।

साथै सकुशल उद्धार गरिएका १४ वर्षे सचिन रास्कोटीलाई उपचारका लागि पाल्पा पठाइएको वडा नं १ का अध्यक्ष कमल पोख्रेलले जानकारी दिनुभयो । घरमा छ जना बस्दै आएकोमा दुई जना  गोठको  काम गरिरहेका अवस्थामा पहिरो खसेको थियो ।