नक्कली नोट छाप्ने गिरोह पक्राउ
यहाँस्थित नेपाल–भारत सीमापारि भारतीय क्षेत्रमा बसेर नेपाली र भारतीय नक्कली रुपियाँ छापेर नेपालतर्फ पठाउने काममा संलग्न पाँच जनालाई भारतीय प्रहरीले पक्राउ गरेको छ। भारतको बहराइच जिल्लाको रुपैडिहामा बसेर नेपाली र भारतीय नक्कली रुपियाँ छापेर नेपाल पठाउने गिरोहलाई नक्कली नेपाली र भारतीय नोट र छाप्ने मेसिनसहित बहराइच एटिएस र रुपैडिहा प्रहरीले पक्राउ गरेको हो।
भैरहवामा जजिराले पुनः उडान थाल्ने
भैरहवास्थित गौतम बुद्ध विमानस्थलमा उडान रोकेको कुवेतको जजिरा एयरवेजले जेठ १ गतेदेखि पुनः उडान सुरु गर्ने भएको छ । प्रतिकुल मौसम भएको भन्दै पुस ६ गतेदेखि फागुन २४ गतेसम्म उडान रोकेर पुनः फागुन २५ गतेदेखि हप्ताको तीन उडान थालेको जजिरा एयरवेजले वैशाख ६ गतेदेखि उडान रोकेको थियो ।
स्वावलम्बनद्वारा विद्यार्थीलाई पोशाक वितरण
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १ मा रहेको बाल प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण गरिएको छ ।
कोहलपुरकी एक युवतीको नेपालगञ्जमा मृत्यु
कोहलपुरकी एक युवती नेपालगञ्जमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार कोहलपुर नगरपालिका–६ रझेनाकी २२ वर्षीया सुमित्रा रानी थारु मृत अवस्थामा नेपालगञ्जमा फेला पर्नुभएको हो ।
थालसेमिया रोगको निःशुल्क उपचार व्यवस्था मिलाउन माग
बालबालिकामा मात्र देखिने रक्त अल्पताजन्य रोग थालसेमियाको निःशुल्क उपचारको व्यवस्था सरकारले मिलाउनु पर्ने पीडितहरुले माग गरेका छन् । शरीरमा बिस्तारै रगतको मात्रा कम हुँदै जाने र पटक पटक रगत चढाउनुपर्ने लगायत उपचारमा धेरै रकम खर्च हुने हुँदा गरिब र विपन्नले आफ्ना सन्तानको उपचार गराउन नसक्ने अवस्था रहेको भन्दै सो माग गरेका हुन् ।
रेसुङ्गा विमानस्थलबाट नियमित उडान सुरू
गुल्मीको रेसुङ्गा विमानस्थलबाट आजदेखि नियमित उडान सुरू भएको छ । नेपाल वायुसेवा निगमको 9N-ABt\ ट्वीनअटर जहाजले नियमित उडान थालेको हो । निगमले मङ्गलबार पनि उडान भर्ने तयारी गरेको छ ।
राहदानी बनाउन दुई सत्रमा सेवा विस्तार
जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले विद्युतीय राहदानीका लागि विहान ७ बजेबाटै सेवा दिन सुरु गरेको छ ।
२६ थान अवैध काठ बरामद
बाँके नरैनापुर गाउँपालिकाबाट नेपालगञ्जतर्फ लैजाँदै गरेको २६ थान अवैध सालको काठ सशस्त्र प्रहरीले बरामद गरेको छ ।
प्रतिष्ठानमा सुत्केरीको मृत्यु भएपछि आन्दोलन
राप्ती स्वास्थ्यविज्ञान प्रतिष्ठान घोराहीमा सुत्केरीको मृत्यु भएपछि उहाँका आफन्तजनले न्यायको माग गर्दै आन्दोलन गरिरहेका छन् ।
पार्क सम्मेलन हुँदै
नेपालका पार्कहरू (उद्यानहरू) लाई कसरी व्यवस्थित गर्न सकिन्छ भनेर बहस चलाउन देशभरका सरोकारवालाहरू रुपन्देहीको बुटवलमा भेला हुने भएका छन् । राष्ट्रिय पार्क सम्मेलन गरेर स्पष्ट कानुन समेत बनाउन पहल गरिने भएको छ ।
रुपन्देहीमा योग प्रवचन कार्यक्रम हुने
बुटवलमा योग, ध्यान, हिप्नोसिस एवं प्रवचन कार्यक्रम हुने भएको छ । दार्शनिक तथा योगगुरु डा. विकासानन्दको उपस्थितिमा कार्यक्रम हुने भएको हो । ‘संसार बदल्नु छ, सुरु आफैबाट गर्नु छ’ मूल मन्त्रसहित शनिबार कार्यक्रमको आयोजना गरिएको आयोजक संस्था विकासानन्द फाउण्डेशन (विश्व परिवार) का संयोजक लिला गौतमले जानकारी दिनुभयो ।
पर्यटन विकासको माग गर्दै ज्ञापनपत्र
नेपाल ऐशोसियसन अफ टुर एण्ड ट्राभल्स (नाट्टा) बाँकेले विहीबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलाई ज्ञापनपत्र बुझाउँदै पर्यटन व्यवसायीका माग पूरा गर्न आग्रह गरेको छ ।
वीच भलिबलमा गण्डकी र आर्मीको विजयी सुरुवात
राष्ट्रिय पुरुष वीच भलिबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशले विजयी सुरुवात गरेका छन् । पाल्पाको रानीमहलमा बिहीबार सुरु भएको प्रतियोगितामा आर्मीले लुम्बिनी र गण्डकीले आयोजक पाल्पा र बागमतीलाई २–० को सोझो सेटमा हराएका हुन् ।
मुसिकोट नगर क्षेत्रमा विद्यालय समयमा ठूला सवारी सञ्चालनमा रोक
गुल्मीको मुसिकोट नगरपालिकाले बजार क्षेत्रमा विद्यालय समयमा ठूला सवारी साधन सञ्चालन गर्न निषेध गरेको छ।
बुद्धिष्ट अन्तर्राष्ट्रिय ट्राभल मार्ट सुरु
पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने लक्ष्यसहित बुद्ध जन्मस्थल लुम्बिनीमा बिहीबारदेखि बुद्धिष्ट अन्तर्राष्ट्रिय ट्राभल मार्ट (बीआईटीएम) सुरु भएको छ ।
बाख्राको दूधबाट चीज उत्पादन
स्याङ्जाको भीरकोट–८ ओकादीका डिलबहादुर गुरुङले बाख्राको दूधबाट चीज उत्पादन थाल्नुभएको छ । दश वर्षअघि ‘जुना बाख्रापालन फार्म’ दर्ता गरी सानन जातका बाख्रा पाल्न थाल्नुभएका उहाँले दुई सातादेखि चीज उत्पादन सुरु गर्नुभएको हो ।
छ दशक पुरानो विद्यालयमा विद्यार्थी शून्य
६८ वर्षअघि स्थापित जिल्लाकै पुरानो विद्यालयको अस्तित्व सङ्कटमा परेको छ । प्युठान नगरपालिका–४, थापाडाँडाको सरस्वती प्राथमिक विद्यालयमा शैक्षिक सत्र सुरु भएको एक महिना बित्न लाग्दासमेत एक जना विद्यार्थी पनि भर्ना भएका छैनन् ।
जनप्रतिनिधि नै नदीजन्य पदार्थ दोहनमा संलग्न
जिल्लाका विभिन्न स्थानमा नदीजन्य पदार्थको चोरी निकासी बढेको छ । स्थानीय जनप्रतिनिधि तथा निर्माण व्यवसायीको मिलेमतोमा नदीजन्य पदार्थको
बुद्धिष्ट ट्राभल मार्टप्रति पर्यटन व्यवसायीको आपत्ति
बिहीबारदेखि लुम्बिनीमा हुने अन्तर्राष्ट्रिय बुद्धिष्ट ट्राभल्स मार्टप्रति लुम्बिनी क्षेत्रका पर्यटनसम्बद्ध संघ संस्था तथा पर्यटन व्यवसायीले असहमति प्रकट गरेका छन् । उनीहरुले आफूहरुलाई यसबारेमा सूचनासमेत नगरिएको भन्दै आज पत्रकार सम्मेलन गरेर असहमति प्रकट गरेका हुन् ।
पर्यटकीय क्षेत्रको विकास प्राथमिकतामा : मुख्यमन्त्री चौधरी
लुम्विनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पर्यटकीय क्षेत्रको विकास र बिस्तारका लागि प्रदेश सरकारले प्राथमिकतामा राखेर काम गर्ने बताउनुभएको छ । आगामी आर्थिक वर्षको बार्षिक बजेट र नीति तथा कार्यक्रममा पर्यटन क्षेत्रले प्राथमिकता पाउने मुख्यमन्त्री चौधरीको भनाइ छ ।
माधवको कोरिया फर्कने चाहना अधुरै रह्यो
पाँच वर्ष कोरियामा बसेर नेपाल फर्कनुभएका भुमिकास्थान नगरपालिका –२ तिरतिरेका वर्ष ३६ का माधव बेल्वासेको फेरि पाँच वर्षका लागि कोरिया जाने चाहना अधुरै रह्यो । कोरिया जाने तयारीमा रहेका उहाँ फेरि नफर्किने गरी अस्ताउनुभयो ।
घर जलेपछि पीडितलाई बासको समस्या
आफ्नै आँखा अगाडि घर जलेर नष्ट हुँदा ७६ वर्षीय दलबहादुर साठीघरेलाई आगोले पोलेको घाउको दुःखाइभन्दा घर जलेको देख्दा मन भतभती पोलेको छ ।
बालश्रम मुक्त वडा घोषणा
तुलसीपुर उपमहानगरपालिका वडा – १६ लाई बालश्रम मुक्त वडा घोषणा गरिएको छ । सो वडामा प्रारम्भिक सर्वेक्षणमा ३५ जना बालबालिका श्रममा रहेका थिए । तीमध्ये ३० जना बालबालिकालाई तत्काल परिवारमै पुनर्स्थापना गरिएको छ ।
घरभाडा छुट गर्ने १४ घरधनीलाई सम्मान
कोभिडपछिको आर्थिक मन्दीका कारण समस्यामा परेका व्यवसायीलाई घरभाडा छुट गर्ने घरधनीलाई रुपन्देहीमा एक कार्यक्रमबीच सम्मानित गरिएको छ ।