स्मृति दिवसमा अग्रज किसान सहिद गुम्रा थारुको सम्झना
नेकपा (एमाले) दाङले अग्रज किसान सहिद गुम्रा थारुको सम्झना गरेको छ । २०१७ साल साउन ६ गतेका दिन घोराही उपमहानगरपालिका वडा ३ बेल्वामा किसानहरुको पक्षमा आवाज उठाएको आरोपमा तत्कालिन प्रहरी प्रशासनले उहाँको हत्या गरेको थियो ।
लम्पीस्किन रोगबाट ३५ हजार बढी गाईभैँसी प्रभावित
बाँकेमा ‘लम्पी स्किन’ रोगको सङ्क्रमणबाट ३५ हजारभन्दा बढी पशु चौपाया प्रभावित भएका छन् । जिल्लामा सो रोगको सङ्क्रमण तीव्र गतिमा फैलिनेक्रममा रहेको चिकित्सकको भनाइ छ ।
सङ्क्रमण फैलिएको नौ महिनापछि लम्पीविरुद्धको खोप
कपिलवस्तुमा १२ हजार गाईगोरु लम्पी स्किन रोगले सङ्क्रमित भएका छन् । जिल्लामा लम्पी रोगका कारण ३ सय ६० गाईगोरुको ज्यान गएको छ । जिल्लामा बुधवारबाट भ्याक्सिन लगाउन सुरु गरिएको हो ।
बीपी स्मृति दिवसको अवसरमा अस्पताल परिसरमा वृक्षारोपण
४१औँ बीपी स्मृति दिवसको अवसरमा रामपुर अस्पताल परिसरमा वृक्षारोपण गरिएको छ । प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइरालाको स्मृतिमा नेपाली कांग्रेस रामपुर नगर कार्यसमिति रामपुर, पाल्पाले शनिबार बिहान वृक्षारोपण गरेको हो ।
बाँकेमा जन्मको आधारमा १६ सय नागरिकता वितरण
जिल्ला प्रशासन कार्यालय बाँकेले जन्मको आधारमा नागरिकता लिएकाहरूका सन्तानलाई एक हजार छ सय नागरिकता वितरण गरिसकेको छ ।
तीन वर्षदेखि नेपालगन्ज अध्यागमन कार्यालयको काम ठप्प
सीमावर्ती रुपैडियामा रहेको भारतीय अध्यागमन कार्यालयले सेवा प्रवाह बन्द गरेपछि नेपालगन्ज नाका भएर हुने पर्यटकहरूको आवागमन बन्द भएको छ ।
झाँक्री नाँच
रुकुम (पूर्व), साउन ६ गते । रुकुम (पूर्व) को भूमे गाउँपालिका–१ लुकुममा झाँक्री नाँच नाच्दै झाँक्रीहरु । यस नाँचलाई राके तिवार अर्थात् झाँक्री राम पनि भनिन्छ ।
बाँदरबाट खेती जोगाउन रुखमै बास
सुन्दा पनि अचम्म लाग्न सक्छ, यो समयमा आएर मानिसले रुखमा घर बनाएर बस्ने गरेका छन् भनेर तर गुल्मीको कालीगण्डकी गाउँपालिका–२, अर्बेनी खर्कका ६७ वर्षीय ठानीश्वर न्यौपानेले बाँदरबाट मकै खेती जोगाउनका लागि रुखमै घर बनाएर रात काट्ने काम गर्नुभएको छ । मकै खेती बाँदरबाट जोगाउनका लागि निकै मुस्किल भएपछि रुखमै घाम पानीबाट बच्नका लागि टहरा निर्माण गरेर बाँदर धपाउन बाध्य भएको न्यौपानेले बताउनुभयो । अग्लो रुखमा टहरा बनाएर बस्दा धेरै परसम्म बाँदर आएको देख्न सकिने भएकाले मकै खेती जोगाउन आफूले रुखमा घर बनाएको बताउनुभयो । न्यौपानेले भन्नुभयो, “घरमा एक्लै छु, दुई हलको बारीमा लगाएको खेती जोगाउन निकै कठिन भएकाले रुखमै टहरा बनाएर बाँदर हेर्नु र धपाउनुबाहेकको विकल्प भएन ।” बाँदर धपाउन स्थानीय सरकारले पनि पहल नगरेको उहाँको गुनासो छ ।
परिचयपत्र नभएका नेपालीलाई भारत जान रोक
यहाँस्थित नेपाल–भारत नाका जमुनाहमा एक्कासि भारतीय सुरक्षाकर्मीले सुरक्षा जाँचमा कडाइ गर्दै सीमापारि जान आउनका लागि पहिचानसहितको आधिकारिक परिचयपत्र अनिवार्य गरेका छन् । एक दिन पहिलेसम्म सामान्य रूपमा जाँच गराएर दुवै देशका नागरिकहरू नाका वारपार गर्दै आएकामा बिहीबार अपराह्नदेखि नाकामा तैनाथ भारतीय सुरक्षा निकाय एसएसबीले एक्कासि सुरक्षामा कडाइ गर्दै नागरिकता वा अन्य कुनै आधिकारिक परिचयपत्र भएकालाई मात्र आवागमन गर्न दिइरहेका छन् ।
शिवराज आधारभूत अस्पतालमा २४ घण्टे प्रसुति सेवा
कपिलवस्तुको शिवराज आधारभूत अस्पतालमा २४ घण्टे प्रसुति सेवा सुरु गरिएको छ ।
प्रेस युनियन गुल्मीमा विवाद, वैकल्पिक समिति घोषणा
नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिब लम्सालले घोषणा गरेको समूहलाई अस्वीकार गर्दै गुल्मी कार्य समितिविरुद्ध असन्तुष्ट बहुमत सदस्यले अर्को कार्यसमिति घोषणा गरेका छन् ।
बाँकेमा स्थानीय तहबाटै श्रम स्वीकृति
बाँके जिल्लाका स्थानीय तहबाटै श्रम स्वीकृतिको प्रक्रिया सुरु भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको परिपत्र अनुसार जिल्लाका स्थानीय तहबाटै श्रम स्विकृति दिनेक्रम सुरु भएको हो। स्थानीय तहमा रहेका रोजगार केन्द्रबाट उक्त सेवा सुरु भएको हो।
सानो सोताले छेक्यो ठूलाे पुलको बाटो
तुलसीपुर – १८ को मनिकापुर हुँदै वडा १९ को बिजौरी जोड्ने सडकमा पर्ने खोलामा पुल निर्माण भएको छ । वडा १८ र १९ को सीमामा पर्ने चौवा खोला र १९ को चमाइ खोलामा लुम्बिनी प्रदेश सरकारको बजेटबाट दुई वटा पुल निर्माण भइ सञ्चालनमा आएको हो ।
नेपालगञ्ज नाकाबाट भारत जानेको सङ्ख्या बढ्यो
नेपालगञ्ज भएर कामको खोजीमा भारत जाने नेपालीको सङ्ख्या पछिल्लो समय ह्वात्तै बढेको छ । यसरी जानेमा पिठ्युमा बालबालिका बोकेका महिला समेत छन् ।
डेङ्गुविरुद्ध उच्च सतर्कता
भारतसँग सीमा जोडिएको नेपालगञ्ज उपमहानगरपालिकामा डेङ्गु रोगविरुद्ध उच्च सतर्कता अपनाइएको छ । उपमहानगरको स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले अहिलेसम्म नेपालगञ्जमा कसैलाई पनि डेङ्गु पुष्टि नभएको उल्लेख गर्दै सीमापारि र अन्य जिल्लामा देखिएकाले उच्च सतर्कता अपनाइएको जानकारी दिनुभयो ।
गाँजा खेती नष्ट गर्दै प्रहरी
बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ८ झिगौला गाउँस्थित मानखोला नदी किनारामा रहेको गाँजाका बोटहरु प्रहरी र स्थानीयबासीको पहलमा नष्ट गरिएको छ ।
बर्दिया अस्पतालको दुर्दशा : उपकरण छन्, उपचार छैन
बाहिरबाट हेर्दा ठुलो भवन सुविधासम्पन्न छ। बर्दिया अस्पतालको सुविधासम्पन्न भवनमा अक्सिजनसहितको २५ शय्या हाई डिपिन्डेन्सी युनिट (एचडियु) र आइसियुको व्यवस्थापन गरिएको छ। २५ शय्यामध्ये १३ शय्यामा आइसियु सञ्चालन गर्ने गरी संरचना निर्माण गरिएको छ। यी सबै सुविधासम्पन्न भवन र स्वास्थ्य उपकरणसहितको शय्या निर्माणका लागि जिल्लाका विभिन्न पालिका र अस्पताल आफैँले करोडौँ रकम खर्च गरेको छ तर दक्ष जनशक्तिको अभावमा दुई वर्षअघि नै सञ्चालनमा आउनु पर्ने एचडियु र आइसियु सेवा अझैसम्म पनि सञ्चालनमा आउन सकेको छैन।
शुल्क वृद्धि गरिए विद्यालयलाई कारबाही
बुटवलका संस्थागत विद्यालयले एकलौटी रूपमा शुल्क वृद्धि गर्न थालेपछि बुटवल उपमहानगरले विद्यालयलाई कुनै पनि प्रकारको शुल्क वृद्धि नगर्न निर्देशन दिएको छ। बुटवलभित्रका संस्थागत विद्यालयका प्रधानाध्यापकसँगको छलफलका क्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले संस्थागत विद्यालयलाई कुनै पनि प्रकारको शुल्कमा वृद्धि नगर्न निर्देशन दिनुभएको हो।
अनुदानको मल पाउन कृषकलाई छैन सहज
कपिलवस्तुमा अनुदानको मल कृषकले पाउन मुस्किल हुने गरेको छ । कृषि सामग्री कम्पनी लिमिटेडले अनुदानको मल सहकारीमार्फत बिक्रीवितरण गर्दै आइरहेको छ । अनुदानको मल सहकारीमार्फत वितरण भए पनि सहकारीकै पदाधिकारीले आफ्ना नजिकका वा नातेदारबाहेक कसैले सहज रूपमा प्राप्त गर्न नसकेको कृषकहरू बताउँछन् ।
महमा बाँके आत्मनिर्भर, निर्यात सुरु
धेरै जसो वस्तु र पदार्थमा परनिर्भर रहेको बाँके जिल्ला मह उत्पादनमा भने आत्मनिर्भर भई अन्य जिल्लामा निर्यातसमेत गर्न सफल भएको छ । कृषि ज्ञान केन्द्र नेपालगन्जका प्रमुख सकिल अहमदले पछिल्लो समयमा बाँकेमा मह उत्पादन सोचेभन्दा बढी भएकाले यो जिल्ला मह उत्पादनमा आत्मनिर्भर बनेको बताउनुभयो । उहाँले जिल्लाको माग र आवश्यकताभन्दा पनि बढी मह उत्पादन हुन थालेपछि यहाँबाट अन्य जिल्लामा समेत मह निर्यात गर्न थालिएको जनाउनुभयो ।
बाँकेमा नयाँ उद्योग दर्ता गर्नेको सङ्ख्या घट्यो
आर्थिक वर्ष २०७८/७९ मा एक हजार ७ सय १२ नयाँ उद्योग दर्ता भएकोमा आर्थिक वर्ष २०७९/८० मा जम्मा ८ सय ७६ मात्र नयाँ उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालय बाँकेका निमित्त प्रमुख उद्योग अधिकृत रमेश बहादुर बुढाथोकीले जानकारी दिनुभयो।
बाँकेमा जग्गाको नयाँ मूल्य निर्धारण
बाँकेमा जग्गाको सरकारी मूल्य प्रतिकठ्ठा १३ लाख रुपियाँसम्म वृद्धि गरिएको छ । प्रमुख जिल्ला अधिकारी विपिन आचार्यको अध्यक्षतामा बसेको घरजग्गा न्यूनतम मूल्य निर्धारण समितिको बैठकले नेपालगञ्ज उपमहानगरको जग्गालाई 'क' देखि 'छ' सम्म वर्गीकरण गरेर मूल्य निर्धारण गरेको हो ।
फोहर नउठ्दा सिद्धार्थनगर दुर्गन्धित
एक सातादेखि फोहर नउठ्दा सिद्धार्थनगर क्षेत्र दुर्गन्धित बन्न थालेको छ । सडकमा आवतजावत गर्ने तथा स्थानीय बासिन्दाले फोहर उठाउनका लागि नगरपालिकाको पटक-पटक ध्यानाकर्षण गराएपनि फोहर उठ्न सकेको छैन ।
बाँकेमा एक वर्षमा १२४ वटा सडक दुर्घटना
बढ्दो सवारी साधन र चालकको लापरबाहीले बाँकेमा सडक दुर्घटना बढ्दै गएका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा मात्र जिल्लामा १२४ वटा सडक दुर्घटना हुँदा ६० जनाको मृत्यु र १२९ जना घाइते भएका थिए। दुर्घटनामा परेर १० वटा पशु चौपायाको मृत्यु भएको थियो।