मेयर उपमेयर नै सरसफाइ गर्दै हिँडेपछि ..
सफा र चौडा सडक १ सडकको दायाँबायाँ हरियाली र रङ्गीचङ्गी फूलहरू । छ लेन सडकको डिभाइडरमा लहरै राखिएका बुद्धका मूर्तिले सबैको ध्यान तान्छ । रङरोगन र सरसफाइले चिटिक्क पारिएका सडक किनारा, ठाउँ–ठाउँमा आकाशे पुल, ट्राफिक बत्ती र सङ्केतले यो सडकको यात्रा गर्दा युरोप पुगेको झल्को दिन्छ ।
प्रभावकारी हुँदै दिवा खाजा
विद्यालयमा दिवा खाजा कार्यक्रम लागु भएपछि धेरै विद्यार्थीलाई पठनपाठनमा सहजता भएको छ । विद्यालयले विद्यार्थीलाई बार अनुसार फरक फरक खाजा खाउने गरेको छ ।
लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको जिम्मा मास्कीलाई
लुम्बिनी प्रदेश सरकारमा आर्थिक मामिला मन्त्रालयको जिम्मा धनबहादुर मास्कीले पाउनुभएको छ । उहाँ नेकपा (माओवादी केन्द्र) का तर्फबाट गत वैशाख १४ गते बिनाविभागीय मन्त्री नियुक्त हुनुभएको थियो ।
चौध सामुदायिक विद्यालयको नयाँ भवन बन्दै
कोहलपुर नगरपालिकाले सामुदायिक विद्यालयहरूको भौतिक अवस्था सुधारको कार्यमा गम्भीरताका साथ काम गरिरहेको छ । चालू आर्थिक वर्षमा एकै पटक १४ वटा विद्यालय भवन निर्माण गर्ने काम भइरहेको छ ।
बेपत्ता युवकको शव फेला
तीन दिनअघि माछा मार्ने क्रममा खोलामा डुबेर बेपत्ता भएका युवकको शव फेला परेको छ ।
झरना हेर्न गएका एक पर्यटकको डुबेर मृत्यु
रोल्पाको पर्यटकीय क्षेत्र सुनछहरी झरना घुम्न गएका एक पर्यटकको पोखरीमा डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा बाँके जिल्ला नेपालगञ्ज उपमहानगरपालिका–१८ पशुपति नगरकी २४ वर्षिया चन्द्रा सुनार भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।
मानव सेवा आश्रमका लागि मुठ्ठीदान अभियान
सडकमा जीवनयापन गरिरहेका मानिसहरूको मानवोचित व्यवस्थापनका लागि गत वर्षदेखि नेपालगञ्जमा सुरु भएको मानव सेवा आश्रमलाई निरन्तरता दिन मुठ्ठीदान कार्यक्रम सुरु भएको छ ।
स्थानीय तहका वेबसाइटमा २०६८ सालकै जनसङ्ख्या
सरकारले राष्ट्रिय जनगणना, २०७८ को प्रतिवेदन सार्वजनिक गरेको दुई महिना बितिसक्दा पनि रुपन्देहीका स्थानीय तहहरूले आफ्ना वेबसाइटमा २०६८ सालको जनसङ्ख्या राखिरहेका छन्। राष्ट्रिय तथ्याङ्क कार्यालयले २०७८ सालको जनसङ्ख्या सार्वजनिक गरेको करिब दुई महिना भयो। गत चैत १० गते सरकारले २०७८ सालको जनसङ्ख्या सार्वजनिक गरेको थियो।
दाङमा फस्टाउँदो पानी उद्योग
दाङमा पानी उद्योगमा करिब १२ करोड लगानी भएको छ । शुद्ध पिउने पानी बजारमा पु-याउने उद्देश्यले व्यवसायीले जिल्लाका विभिन्न स्थानमा रहेका १८ वटा पानी उद्योगमा करिब ११ करोड ९९ लाख ४७ हजार आठ सय ७२ रुपियाँ लगानी गरेका छन् । जिल्लामा सञ्चालनमा आएका पानी उद्योगमा चालु पुँजी दुई करोड ७६ लाख २० हजार एक सय रुपियाँ रहेको घरेलु तथा साना उद्योग कार्यालय दाङका अधिकृत विव्रmम केसीले जानकारी दिनुभएको छ । अधिकृत केसीका अनुसार उद्योगहरूको स्थिर पुँजी नौ करोड २३ लाख २७ हजार सात सय २३ रुपियाँ रहेको छ ।
लोप हुन थालेपछि नौमती बाजा संरक्षणको पहल
बाँकेको बैजनाथ गाउँपालिका –८ हस्नापुरका टिके दमाई उमेरले ७१ बर्ष पुग्नुभयो । सानैदेखि पञ्चेबाजा तथा नौमती बाजामा रुची राख्ने दमाईसहित २३ जनाको समूहले परम्परागत बाजागाजाको संरक्षण गर्दैआएको छ ।
कृषकलाई १० लाख रुपियाँ बराबरको औजार बितरण
रुपन्देहीको तिलोत्तमा नगरपालिकाका किसानलाई कृषिऔजार बितरण गरिएको छ । नगरपालिकाबाट ५० प्रतिशत अनुदानमा पशुपालक फर्म तथा कृषकलाई साना कृषिऔजार बितरण गरिएको हो ।
माछा मार्ने क्रममा डुबेर युवक वेपत्ता
पाल्पामा माछा मार्ने क्रममा खोलामा डुबेर एक जना युवक वेपत्ता भएका छन् ।
नक्कली मह बनाएर बेच्ने सात भारतीय नागरिक पक्राउ
अर्गानिक मह भन्दै घर–घरमा बेच्दै हिड्ने तर बुटवलमै घर भाडा लिएर नक्कली मह उत्पादन गर्ने सात जना भारतीय नागरिक पक्राउ परेका छन् । बुटवल उपमहानगरपालिका –११ सिर्जनानगरमा चार वटा घर भाडामा लिई नक्कली महको कारखाना खोलको प्रहरीले जनाएको छ ।
बुटवलमा 'स्काई साईक्लिङ' सुरु
बुटवलको मणिमुकुन्द सेन उद्यान (फूलवारी) मा साहसिक खेल मानिने 'स्काई साईक्लिङ' सुरु भएको छ ।
नब्बे प्रतिशतका हातमा पाठ्यपुस्तक
दाङमा यस शैक्षिक सत्रमा करिब ९० प्रतिशत पाठ्यपुस्तक विद्यार्थीको हातमा पुगिसकेको छ। पाठ्यक्रम परिवर्तन भएका केही पाठ्यपुस्तकबाहेक अधिकांश पुस्तक विद्यार्थीको हातमा पुगेको नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी समिति दाङका अध्यक्ष शङ्कर शर्माले जानकारी दिनुभयो।
प्रतिबद्धता अनुसार काम नभएको जनताको गुनासो
स्थानीय तहको निर्वाचन भएको शनिबार ठिक एक वर्ष पूरा भएको छ। गत वर्षको वैशाख ३० गते स्थानीय तहको निर्वाचन भएको थियो। निर्वाचनपछि स्थानीय जनताले विकासको गतिले फड्को मार्ने अपेक्षा गरेका थिए तर जनताको अपेक्षा अनुसार जनप्रतिनिधिले काम गर्न नसकेको गुनासो बढ्दै गएको छ। निर्वाचनको करिब एक वर्षको बीचमा विकासका धेरै काम र योजना सुरु भए पनि ती योजना र कामले गति लिन नसकेको स्थानीयको गुनासो छ।
यार्सा सुरक्षाका लागि स्थानीयको गस्ती
यार्सागुम्बा सङ्कलनको मिति नजिकिँदै गर्दा पुथाउत्तरगङ्गा गाउँपालिका–१, २ र ३ का स्थानीय युवाले सुरक्षा गस्ती सुरु गरेका छन्। यार्सागुम्बा सुरक्षाका लागि करिब तीन सय स्थानीय युवा यार्सा पाइने पाटन लेक क्षेत्रतर्फ लागेका हुन्। यार्सागुम्बा टिप्न सुरु गर्नुभन्दा एक महिनाअघिदेखि वडा नं. १, २ र ३ का प्रत्येक घरबाट सुरक्षाका लागि बुकी उक्लिने पुरानो नियम रहेको पुथाउत्तरगङ्गा–१ का वडाध्यक्ष वीरमान विकले बताउनुभयो। विकले भन्नुभयो, “हाम्रो तीन वटा वडाको संयुक्त यार्सा पाटन भएकाले हामी यससँग सम्बन्धित नियम संयुक्त रूपमा बनाएर एकीकृत रूपमा स्थानीयलाई परिचालन गर्छौं।”
योजना तर्जुमा गर्दा समेटिदैनन् सीमान्तकृत समुदाय
सीमान्तकृत समुदायले योजना तर्जुमा गर्दा आफूहरूलाई समावेश गर्न माग गरेका छन् । संविधानले योजना तर्जुमा गर्दा सीमान्तकृत समुदायलार्य विशेष सुविधा दिने व्यवस्था गरेको भए पनि यस्ता समुदायसँग प्रत्यक्षरूपमा जोडिने स्थानीय सरकारले भने यसमा ध्यान नदिएको उनीहरुले गुनासो गरेका छन् । यसले गर्दा वास्तविक समुदायले यो सुविधा उपभोग गर्न नपाएको पूर्वकम्लरी सुलोचना चौधरीले बताउनुभयो ।
पुल निर्माणको माग राख्दै सङ्घीय सांसद बसे अनसन
बबई नदी स्थित जब्दीपुल निर्माणको माग राख्दै सङ्घीय सांसद सञ्जयकुमार गौतमले आमरण अनशन (सत्याग्रह) सुरु गर्नुभएको छ । पूर्व सिँचाइ मन्त्री समेत रहनु भएका गौतमले शनिवार साँझबाट अनसन सुरु गर्नुभएको हो ।
प्रेस यूनियन रुपन्देहीमा नेपाल
नेपाल प्रेस यूनियन रुपन्देहीको अध्यक्षमा कविन्द्र नेपाल निर्वाचित हुनुभएको छ । बुटवलमा शुक्रबार सम्पन्न २१ औं साधारणसभा तथा ९ औं अधिवेशनले नेपालको नेतृत्वमा २३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
बेपत्ता श्रीमती र छोरी खोजिदिन गाहाको आग्रह
पाल्पाको रैनादेवी छहरा गाउँपालिका –७ बल्डेङगढी जोगदमारबाट श्रीमतीसहित छोरी बेपत्ता भएको भन्दै तुलवहादुर गाहाले श्रीमती र छोरी खोजी गरिदिन आग्रह गर्नुभएको छ । गाहाले वैशाख २८ गते विहीवार विहान साढे १० बजेतिर २२ वर्षीया श्रीमति यमकली गाहा मगर, ६ बर्षीया छोरी पुनम गाहा मगर घरबाट रुपन्देहीको सालझण्डीतर्फ हिँडेको स्थानीयले देखेको भन्दै अहिलेसम्म सम्पर्कमा नआएको उहाँले बताउनुभयो ।
आर्मीलाई ‘वीच’ भलिबल उपाधि
राष्ट्रिय पुरुष ‘वीच’ भलिबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । पाल्पाको रानीमहलमा शनिबार सम्पन्न फाइनल खेलमा विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबलाई २–० को सेटमा पराजित गर्दै आर्मीले उपाधि जितेको हो ।
खाणको गृहनगरमा भ्रष्टाचारबिरुद्ध प्रदर्शन
भ्रष्टाचारविरुद्ध देशका विभिन्न ठाउँमा युवाहरूले प्रदर्शन गरिरहेका बेला रुपन्देहीको तिलोत्तमामा पनि भ्रष्टाचारविरुद्ध शनिबार युवाहरूले प्रदर्शन गरेका छन् ।
पटखौलीको सतियामाई मन्दिर (फोटो फिचर)
रुपन्देहीको पटखौली गाउँपालिका वडा नम्बर ८ गौरी गाउँमा अवस्थित सतियामाई मन्दिर दर्शनार्थीहरुका लागि प्रख्यात मध्ये एक हो ।