• १३ वैशाख २०८१, बिहिबार

स्वास्थ्य स्वयंसेविकालाई साईकल बितरण

blog

साईकल बितरण गर्दै गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौडेल । तस्बिर : छविलाल पाण्डे

छविलाल पाण्डे

बुटवल, असार २३ गते । रुपन्देहीको गैडहवा गाउँपालिका –४ पोहवाले महिला स्वास्थ्य स्वयंसेविकालाई साईकल बितरण गरेको छ । दिनरात नभनी २४ घण्टा जनताको घरदैलोमा खटिने महिला स्वास्थ्य स्वयंसेविकालाई घर–घरमा जान अझै सहज होस् भन्ने उद्देश्यले साईकल वितरण गरिएको गाउँपालिकाले जनाएको छ । 

गैडहवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौडेलले महिला स्वास्थ्य स्वयंसेविका जुकाको औषधि खुवाउन मात्रै होइन, बालबालिकालाई भिटामीन खुवाउन तथा अरु स्वास्थ्यका काममा खट्न साइकल सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।

त्यसअवसरमा १० जना महिला स्वास्थ्य स्वयंसेविकालाई साईकल वितरण गरिएको गैडहवा गाउँपालिका –४ का वडा अध्यक्ष सुरेन्द्रसिंह कुर्मीले बताउनुभयो । 

साईकल पाएपछि महिला स्वास्थ्य स्वयंसेविका कमला चौधरीले खुसी ब्यक्त गर्दै अव जनताको घरदैलोमा पुग्न आफूहरुलाई सहज हुने बताउनुभयो । घरको आर्थिक अवस्था कमजोर भएका कारण साईकल समेत किन्न नसकेको बताउँदै उहाँले साईकल बितरण गरेर वडा कार्यालयले राम्रो काम गरेको बताउनुभयो ।