• ११ पुस २०८१, बिहिबार

पार्टीविरुद्ध गतिविधि गर्ने चार जनालाई कारवाही

blog

लक्ष्मण पौडेल 

भैरहवा, असार २२ गते । नेकपा (एमाले) सिद्धार्थनगर नगर कमिटीको पूर्ण बैठकले पार्टीका गतिविधिविरुद्ध लागेको भन्दै चार जना पार्टी सदस्यलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ । 

शुक्रबार नगर बैठकबाट पूर्व नगरसचिव नारायणप्रसाद भण्डारीसहित रामचन्द्र रेग्मी, कृष्ण गुरुङ र रोशन थापालाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट कारबाही गरिएको एमाले नगर अध्यक्ष चक्रबहादुर थापाले जानकारी दिनुभयो । 

त्यसैगरी पार्टीको बैठकले ३ दिनभित्र सदस्यता नवीकरण गराउन, केन्द्र, प्रदेश र जिल्लाका अध्ययन परिपत्रले निर्देशन गरेअनुसार कार्यान्वयन गर्ने, पार्टी प्रशिक्षण गर्ने, जनवर्गीय संगठनका बैठक, भेला आयोजना गर्नेलगायतका निर्णय गरिएको अध्यक्ष थापाले बताउनुभयो । 

कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा नगर इन्चार्ज भूमिश्वर ढकालले यो वर्ष एमालेको अधिवेशन वर्ष भएकाले सबै सदस्यलाई आफ्नो ठाउँबाट पार्टीका काममा सक्रिय हुन आग्रह गर्नुभयो । 

कार्यक्रममा एमाले केन्द्रीय निर्वाचन आयोग सदस्य भरत पोख्रेल, केन्द्रीय सल्लाहकार डा. गितु गिरी, प्रदेश सचिवालय सदस्य अनुप बराल, प्रदेश सदस्यहरु राजेन्द्रप्रसाद पन्थी, लक्ष्मी कोइराला, डासुराम पाण्डे, सागर अधिकारी, जिल्ला अध्यक्ष तेजेन्द्र केसी, यज्ञ गैरे, उपसचिव हितराज पन्थीलगायतले धारणा राख्नुभएको थियो ।