सशस्त्र प्रहरी बल ४२ रिजर्भ गणलाई एम्बुलेन्स
जिल्लाको राप्तीसोनारी गाउँपालिकाले सो गाउँपालिकाको शमशेरगन्जमा रहेको सशस्त्र प्रहरी बलको रिजर्भ गणलाई बिशेषगरी राजमार्गमा हुने दुर्घटनामा परेकाको उद्धार गरेर अस्पताल पुगाउने उद्देश्यले एम्बुलेन्स हस्तान्तरण गरेको हो ।
भेरी अस्पतालमा सर्पदंशका १२० बिरामीको उपचार
पश्चिम नेपालका विभिन्न जिल्लाहरूबाट रिफर भएका बिरामीहरूको उपचार गर्दै आएको भेरी अस्पतालले यस वर्ष विषालु सर्पले टोकेका १२० जनाभन्दा बढी बिरामीको उपचार गरेको जनाएको छ ।
कांग्रेस बाँकेले सुरु गर्यो चार महिने सुदृढीकरण अभियान
नेपाली कांग्रेस बाँकेले ‘चार महिने पार्टी सङ्गठन सुदृढीकरण अभियान’ सुरु गरेको छ । आगामी पुस मसान्तसम्म सञ्चालन हुनेगरी चार महिने अभियान सुरु गरिएको हो ।
समन्वय नहुँदा बसपार्क निर्माण ढिलो
तानसेनको गौरवको योजनाका रूपमा अघि बढेको नयाँ बसपार्क निर्माणको काम समयमै नसकिने भएको छ । निर्माण व्यवसायी र नगरपालिकाबिच समन्वय अभाव हुँदा बसपार्क निर्माण समयमै नसकिने निश्चित भएको हो ।
घरटहरा हटाउने विवाद कायमै
दाङको लमही–कोइलावास सडक विस्तार गर्दा भौतिक क्षति बेहोर्नुपर्ने भन्दै स्थानीयले घरटहराको समेत मुआब्जा पाउनुपर्ने अडान कायम राखेका छन् ।
प्रदेश सभा सदस्यलाई पनि आचारसंहिता
मुख्यमन्त्री र मन्त्रीलाई आचारसंहिता लागु गरेर कार्यान्वयन थालेको लुम्बिनी प्रदेश सरकारको मुख्य घटक नेकपा (एमाले) लुम्बिनीको संसदीय दलले प्रदेश सभा सदस्यलाई पनि आचारसंहिता लागु गरेको छ ।
‘शिक्षाको गुणस्तर वृद्धि गर्न लाग्नुपर्छ’
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बढाउन शिक्षक, विद्यार्थी र अभिभावक लाग्न आवश्यक रहेको सरोकारवालाको सुझाव छ ।
भारततर्फ लागूऔषध तस्करीमा संलग्न नेपाली पक्राउ
नेपालबाट भारततर्फ लागूऔषध चरेस र अफिम तस्करी गर्ने नेपाली भारतमा निरन्तर पक्राउ पर्दै आएका छन्। नेपाली नाका सहज रूपमै पार गरेर भारतीय नाकामा पुगेपछि भारतीय सुरक्षाकर्मीले उनीहरूलाई पक्राउ गर्दै आएका छन्।
‘वनको जग्गा पाउने लोभ त्यागौँ’
वन अतिक्रमण गरी बसेकाहरूलाई जग्गा पाउने लोभ त्याग्न डिभिजन वन कार्यालय कपिलवस्तुका डिएफओ अजित कर्णले सुझाव दिनुभएको छ ।
डेढ करोडभन्दा बढीको अवैध सामान बरामद
जिल्ला प्रहरी कार्यालय बाँकेले गत भदौ महिनामा डेढ करोडभन्दा बढी रुपियाँको अवैध भन्सार छलीको सामान बरामद गरेको छ ।
सुझावहरूलाई सरकारले आत्मसात् गर्छ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशको मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभा सदस्यको सुझावलाई सरकारले आत्मसात् गरेर कार्यान्वयनमा लैजाने बताउनुभएको छ ।
जङ्गली जनावरले खाएको बालिकाको शव फेला
आइतबार रातीदेखि बेपत्ता हुनुभएकी खजुरा गाउँपालिका वडा नं. ६ सिमलघारीका वीरेन्द्र पुनकी अन्दाजी ३ वर्षीया छोरी लक्ष्मी पुनको शव फेला परेको छ । बालिकाको मङ्गलबार बिहान घर नजिकै रहेको जङ्गलबाट शव फेला परेको हो ।
स्वास्थ्य सेवा प्रवाहमा राप्ती गाउँपालिका उत्कृष्ट
स्वास्थ्य सेवा प्रवाहमा दाङको राप्ती गाउँपालिका उत्कृष्ट भएको छ । स्वास्थ्य क्षेत्रमा गरेको कामको मूल्याङ्कनका आधारमा जिल्लाका दश पालिकामध्ये राप्ती गाउँपालिकालगायत तेस्रो वर्ष पनि उत्कृष्ट घोषणा भएको हो ।
तीन हजार मेट्रिकटन क्षमताको शीत भण्डार सञ्चालनमा
जिल्लाको सुनवल नगरपालिका‐२ मा तीन हजार मेट्रिकटन क्षमताको शीतभण्डार निर्माण गरी सञ्चालनमा ल्याइएको छ ।
स्वास्थ्य सेवा प्रवाहमा रुरुक्षेत्र प्रथम
स्वास्थ्यको क्षेत्रमा सञ्चालित विभिन्न कार्यक्रमहरुको मूल्याङ्कनका आधारमा गुल्मीको रुरुक्षेत्र गाउँपालिका प्रथम भएको छ ।
डुडुवा गाउँपालिका स्वास्थ्य सेवा प्रवाहमा उत्कृष्ट
बाँकेका आठ स्थानीय तहमध्ये डुडुवा गाउँपालिका स्वास्थ्य सेवा प्रवाहमा उत्कृष्ट बनेको छ । आर्थिक वर्ष २०८०–०८१ मा प्रभावकारी स्वास्थ्य सेवा प्रवाह र जनस्वास्थ्य सूचकका आधारमा डुडुवा गाउँपालिका जिल्लामै पहिलो बनेको हो ।
बाँकेमा यस वर्ष एक लाख क्विन्टल धान उत्पादन हुने अनुमान
बाँकेमा सञ्चालन गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको धान परियोजना अन्तर्गत यस वर्ष जिल्लामा एक लाख क्विन्टल धान उत्पादन हुने अनुमान गरिएको छ ।
ट्रमा सेन्टर निर्माणले गति लिँदै
दाङको लमहीमा ट्रमा सेन्टर निर्माणको कामले पछिल्लो समय गति लिएको छ ।
ग्रामीणस्तरका सडक धमाधम मर्मत
चाडपर्व आउन थालेपछि पर्वलाई लक्षित गर्दै ग्रामीणस्तरका सडक धमाधम मर्मत गर्न थालिएको छ । कालीगण्डकी गाउँपालिकाकी उपाध्यक्ष मञ्जु दर्लामीले चाडपर्वलाई लक्षित गर्दै ग्रामीण सडक मर्मतलाई तीव्र बनाएको जानकारी दिनुभयो । देश तथा विदेशबाट दसैँतिहार जस्ता पर्व मनाउन गाउँमा आउनेको सङ्ख्या पनि बढी हुने र वर्षा पनि विस्तारै रोकिएकाले सडक मर्मत तीव्र रूपमा बनाइएको उहाँको भनाइ छ ।
राजनीति सही दिशामा जान आवश्यक छ : डा. राउत
जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा. सिके राउतले जनताको अधिकार र हक प्राप्तिसँगै विकास निर्माणका लागि देशको राजनीति सही दिशामा जान आवश्यक रहेको बताउनुभएको छ ।
लुम्बिनी प्रदेश कांग्रेस सचेतक गिरीद्वारा राजीनामा
नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सचेतक निमा गिरीले पदबाट राजीनामा दिनुभएको छ । संसदीय दलका नेता डिल्लीबहादुर चौधरी समक्ष गिरीले आज सोमबार राजीनामा बुझाउनुभएको हो ।
दाङमा राष्ट्रिय यु-१९ महिला टोलीको बन्द प्रशिक्षण सुरु
आइसिसी यु–१९ महिला क्रिकेट वर्ल्ड कप एसिया क्वालिफायर प्रतियोगिताका लागि नेपाली राष्ट्रिय यु–१९ महिला टोलीको बन्द प्रशिक्षण सुरु भएको छ।
नक्कली नोटसहित तीन जना पक्राउ
कपिलवस्तुको यशोधरा गाउँपालिका-७ मर्यादपुर र वडा नं. ४ परसोहियाबाट नक्कली नोटसहित तीन जना पक्राउ परेका छन् ।
सरकारको ध्यान राजनीतिक स्थिरतासँगै नीतिगत स्थिरतामा केन्द्रित छ: उपप्रधानमन्त्री पौडेल
उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारको ध्यान राजनीतिक स्थिरतासँगै नीतिगत स्थिरतामा केन्द्रित रहेको बताउनुभएको छ ।