कर्मचारीलाई लुम्बिनीका मुख्यमन्त्रीको १४ बुँदे निर्देशन जारी
कर्मचारी तहमा १४ बुँदे निर्देशन जारी गर्दै नागरिकमैत्री सेवाका साथै आर्थिक अनुशासन र मितव्ययिताका लागी पहल लिनुभएको हो ।
सर्पको टोकाइले महिलाको मृत्यु
सर्पको टोकाइबाट एक जना महिलाको ज्यान गएको छ । नौबहिनी गाउँपालिका –५ डामृ निवासी ४६ वर्षीया जलसरा के.सी.को सर्पको टोकाइबाट ज्यान गएको हो ।
दुई महिनामा २५ दुर्घटना, १२ को मृत्यु
बाँकेमा पछिल्लो दुई महिनामा २५ सवारी दुर्घटना भएका छन् । उक्त दुर्घटनामा परी ५५ जना घाइते भएका छन् भने १२ जनाको ज्यान गएको छ ।
दुई महिनामा पच्चिस दुर्घटना
बाँकेमा पछिल्ला दुई महिनामा २५ सवारी दुर्घटना भएका छन् । उक्त दुर्घटनामा परी ५५ जना घाइते भएका छन् भने १२ जनाको ज्यान गएको छ ।
रेसुङ्गा र मदानेमा नयाँ प्रजातिका चरा
चरा सर्वेक्षणका क्रममा गुल्मीमा नयाँ प्रजातिका चरा भेटिएका छन् ।
पुल नहुँदा दुई पालिकाका बासिन्दालाई सास्ती
बाँकेलाई अति सुगम जिल्लाको रुपमा लिईंदै आए पनि अझ यो जिल्लामा समेत धेरै ठाउँमा पुल, सडक र बिद्युत नपुग्दा स्थानीयले लामो समयदेखि सास्ती भोग्दै आएका छन् ।
खेलाडीले खेल्न पाएनन् नेपालगन्ज रङ्गशालामा
राज्यले अर्बौ लगानी गरेर निर्माण गरेको खेलकुदका भौतिक पुर्वाधार व्यवस्थापन कमजोर हुँदा खेलाडीले प्रशिक्षण समेत गर्न पाएका छैनन् । नेपालगन्ज रङ्गशाला यहाँका खेलाडीहरुको लागि प्रमुख प्रशिक्षण केन्द्र हो ।
मानिसमाथि आक्रमण गर्ने बाघको खोजी
बाँकेको खजुरा गाउँपालिकास्थित मानखोला जङ्गल आसपासको क्षेत्रमा बाघको आक्रमणबाट मानवीय क्षतिका घटना हुन थालेपछि बाघलाई नियन्त्रण गर्न हात्तीसहितको टोली परिचालन भएको छ ।
नेपालगन्ज भन्सार : दुई महिनामा तीन अर्ब राजस्व सङ्कलन
पश्चिम नेपालको प्रमुख व्यापारिक नाकामा रहेको नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको दुई महिनामा करिब तीन अर्ब रुपियाँ राजस्व सङ्कलन गरेको छ।
‘महिलालाई नेतृत्वमा पुग्नै कठिन’
एकसय ९ स्थानीय तह रहेको लुम्बिनी प्रदेशका २ पालिका प्रमुखको जिम्मेवारी महिलाले सम्हालेका छन् । बाँकी एक सय सात स्थानीय तहमा पुरुषकै नेतृत्व रहेको छ ।
भेरी अस्पतालमा अत्याधुनिक नयाँ अपरेसन थिएटर सञ्चालनमा
भेरी अस्पताल नेपालगन्जले शनिबारदेखि अत्याधुनिक नयाँ अपरेसन थिएटरबाट शल्यक्रिया सेवा दिन सुरु गरेको छ ।
कपिलवस्तुमा हतियारसहित दुई भारतीय नागरिक पक्राउ
जिल्लाको कृष्णनगर नगरपालिका-८ सानो गणेशपुर चोकबाट हतियारसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् ।
गुल्मी अस्पतालबाट ८५ हजार बढीले लिए सेवा
तम्घासस्थित गुल्मी अस्पतालबाट एक वर्षमा ८५ हजार ६८० नागरिकले स्वास्थ्य उपचार सेवा लिएका छन्। अस्पतालको वार्षिक समीक्षामा ८५ हजार ६८० नागरिकले उपचार पाएको निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) डा. विभव बस्यालले जानकारी दिनुभयो।
कुचोसँग चामल साटेर दैनिकी चलाउँदै ‘सम्झना’
लमही नगरपालिका–९ रिहार निवासी ५७ वर्षीया सम्झना चौधरीले कुचोबाट आफ्नो जीविकोपार्जन गर्दै आउनुभएको छ । उहाँले कुचो बनाउने र बजारमा चामलसँग साटेर घर खर्च चलाउने गर्नुहुन्छ ।
‘क्लिन चिट पाएँ भनेर अनुसन्धान प्रभावित गर्ने प्रयास’
नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी रकम दुरुपयोग गरेर अनुसन्धानलाई प्रभावित पार्ने खेलमा लागेको बताउनुभएको छ ।
सिद्धबाबा सुरुङमार्ग : दुई बाइपास छिचोलिए
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गको कामले तीव्रता पाएको छ । एक हजार १२६ मिटर लामो सुरुङमार्गको आधाभन्दा बढी भाग खनेर सकिएको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत सिद्धबाबा क्षेत्रमा निर्माणाधीन सुरुङमार्गको ५४५ मिटर लामो सुरुङ खनिएको हो । दुई वटा बाइपास टनेल छिचोलिएको छ ।
चाडबाडले फर्काउँदै नेपाली
नेपालीहरूको महान् पर्व दसैँ, तिहार र छठ नजिकिएपछि कामका लागि भारत गएका नेपाली चाडपर्व मनाउन ठुलो सङ्ख्यामा स्वदेश फर्किन थालेका छन् ।
रुपन्देहीका एक सय आठ उद्योग बन्द
रुपन्देहीमा उद्योग बन्द गराउनेको सङ्ख्या बढ्दै गएको छ । यहाँ दुई महिनामा एक सय आठ उद्योग बन्द भएका छन् ।
दुर्गमलाई सुगम बनाउँदै हुलाकी सडक
केही वर्ष अघिसम्म जिल्लाका दुर्गम र विकट मानिने बाँकेका पूर्वी क्षेत्रहरु अहिले हुलाकी सडकका कारण सुगम र विकसित हुन थालेका छन्।
सम्झौता अवधिमा बनेन सडक
बाँकेको पश्चिम सिमावर्ती क्षेत्रका जनताले दुःख पाइरहेको परसपुर–गौघाट सडक खण्ड कालोपत्रे गर्ने योजना निर्धारित समयमा पूरा हुन नसक्दा स्थानीयले गुनासो गरेका छन् ।
बाँकेमा कोभिड विरुद्धको फाइजर बाइभ्यालेन्ट खोप लगाउन सुरु
बाँकेमा कोभिड–१९ विरुद्धको फाइजर बाइभ्यालेन्ट खोप लगाउन सुरु गरिएको छ ।
कोहलपुर खानेपानी आयोजनाका लागि ९० लाखको ऋण सम्झौता
कोहलपुर बृहत् सहरी खानेपानी सरसफाइ आयोजना, बाँकेको स्तरोन्नतिका लागि नगर विकास कोष र कोहलपुर बृहत सहरी खानेपानी उपभोक्ता संस्थाबिच करिब ९० लाख रुपियाँको ऋण सम्झौता भएको छ ।
नागरिकताभन्दा राहदानी बनाउने बढी
एक हप्तामा जिल्ला प्रशासन कार्यालय गुल्मीबाट नागरिकता बनाउने भन्दा राहदानी बनाउने बढी रहेका छन्।
कोहलपुरमा संविधानको महत्त्व झल्कने रचना वाचन
हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरको रचना वाचन विभागले संविधानको महत्व झल्कने गरि तयार पारिएका कविता, गीत र गजलहरु समावेश रचना वाचन कार्यक्रम सम्पन्न गरेको छ ।