निलसागर सेवा आश्रममा आश्रित बालबालिकाको निःशुल्क स्वास्थ्य परीक्षण
गोपाल–नीना फाउण्डेसनद्वारा स्थानीय निलसागर सेवा आश्रममा आश्रित ६८ जना बालबालिकाहरूलाई विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गरेर निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ ।
भेरी अस्पतालमा सिकलसेलका बिरामीको हिपको जटिल प्रत्यारोपण
भेरी अस्पतालमा सिकलसेलका बिरामीको जटिल खाले हिप प्रत्यारोपण गरिएको छ । तीन जना सिकलसेलका बिरामीको जटिल प्रकारको हिपको प्रत्यारोपण गरिएको भेरी अस्पतालका हाड जोर्नी तथा नशा एवं मेरुदण्ड रोग विशेषज्ञ डा. तीर्थेन्द्र खड्काको टिमले गरेका हुन् ।
महत्त्वपूर्ण योजना अघि बढाउन मुख्यमन्त्रीको निर्देशन
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेशको विकासका लागि तथ्य र प्रमाणमा आधारित महत्त्वपूर्ण योजनालाई अघि बढाउन प्रदेश योजना आयोगलाई निर्देशन दिनु भएको छ ।
ओझेलमा अग्लो झरना
जिल्लाको निस्दी गाउँपालिका–५ स्थित अग्लो झरना ओझेलमा परेको छ । पछिल्लो समय कृत्रिम संरचना निर्माण गरी पर्यटन प्रवर्द्धनको होडबाजी चलिरहेको बेला बाह्रै महिना सुस्साइरहने झरना ओझेलमा परेको हो ।
वडाध्यक्षसहित १० जना थुनामा
जिल्ला अदालत बाँकेले राप्ती–सोनारी गाउँपालिका–२ का वडा अध्यक्ष ज्ञानेन्द्रराज वलीसहित १० जनालाई ज्यान मार्ने उद्योग मुद्दामा पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।
धुमधामका साथ मनाईंदै 'मोहम्मद डे'
इस्लाम धर्मका अन्तिम प्रवर्तक हजरत मोहम्मद सल्ललाहो अलैहीवसल्लमको १४९९ औं शुभ जन्मोत्सव नेपालगन्ज लगायत बाँके जिल्लामा धुमधामका साथ मनाईंदै छ ।
‘दसौंमा दश इभेन्ट’, चाहना आउटरिच म्यानेजर नियुक्त
धारा नेपालगन्ज म्याराथनको १०औं संस्करणलाई उत्सवमय बनाउन ‘दसौंमा दश इभेन्ट’ आयोजना गरिने भएको छ । प्रि–इभेन्टका रुपमा नेपालमै पहिलोपटक ‘नेपालगन्ज १० किमी रात्रीदौड’ असोज ३ गते राती आयोजना गरेर ‘दसौंमा दश इभेन्ट’ सुरु हुने धारा नेपालगन्ज म्याराथानका संस्थापक एवम् अध्यक्ष टिएस ठकुरीले जानकारी दिनुभयो ।
केराखेतीबाट वार्षिक १४ लाख आम्दानी
दाङमा पछिल्लो समय केराखेती गर्ने किसानको सङ्ख्या बढ्दै गएको छ । जिल्लाको देउखुरी क्षेत्रमा केराखेतीका लागि माटोसँगै सिँचाइको सुविधा भएको र थोरै खेतीबाट राम्रो आम्दानी लिन सकिने भएकाले व्यावसायिक केराखेती गर्नेको सङ्ख्या बढ्दै गएको हो ।
दरबार सङ्ग्रहालयप्रति आकर्षण बढ्दै
पाल्पा दरबार सङ्ग्रहालयलाई आकर्षक र व्यवस्थित बनाएपछि सङ्ग्रहालय अवलोकनकर्ता बढेका छन् ।
बढ्दै डेङ्गु सङ्क्रमण
दाङमा डेङ्गु सङ्क्रमणका बिरामी बढ्दै गएका छन् । स्वास्थ्य कार्यालय दाङका अनुसार साउनदेखि भदौ २७ सम्म जिल्लामा १०९ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ ।
घरमा खेलिरहेकी बालिका बेपत्ता, बाघले लगेको आशङ्का
बाँकेमा एक बालिका बेपत्ता हुनुभएको छ । घरको आँगनमा खेलिरहेकी बालिका बेपत्ता हुनुभएको हो । बालिकालाई जङ्गली जनावरले लगेको आशङ्का गरिएको छ ।
देशको अवस्था परिवर्तन हुँदा जनताको अवस्था उस्तै भयो : अध्यक्ष राउत
जनमत पार्टीका अध्यक्ष सिके रावतले देशको व्यवस्था परिवर्तन भए पनि जनताको अवस्था परिवर्तन नभएको बताउनुभएको छ ।
संविधान दिवस जनस्तरबाट भव्य रूपमा मनाउन मुख्यमन्त्री आचार्यको आह्वान
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधान दिवस २०८१ जनस्तरबाट भव्य रूपमा मनाउन आह्वान गर्नुभएको छ।
नेपालगन्ज सहरलाई हरियो बनाउने अभियान सुरु
नेपालगन्जका मुख्य सडकमा जकरान्दा फूलका बिरुवा रोपेर सहरलाई हरियो, सफा र स्वच्छ बनाउने अभियान सुरु गरिएको छ।
‘स्वास्थ्य सेवालाई प्रभावकारी बनाउँछौँ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सरकारी र निजी अस्पताल तथा स्वास्थ्य संस्थाको उपचार सेवालाई प्रभावकारी बनाउनेतर्फ प्रदेश सरकार लागेको बताउनुभएको छ ।
पुल नहुँदा डुङ्गामा जोखिमपूर्ण यात्रा
राप्ती नदीमा पुल नहुँदा बाँकेको होलिया र गङ्गापुरका बासिन्दाले लामो समयदेखि डुङ्गामा जोखिमपूर्ण रूपले नदी वारपार गर्नुपर्ने बाध्यता छ ।
रेसुङ्गा विमानस्थलबाट नियमित उडान
करिब दुई महिनादेखि ठप्प रहेको रेसुङ्गा विमानस्थलबाट उडान नियमित भएको छ ।
बाँकेमा रगत अभाव, प्रादेशिक रक्तसञ्चार केन्द्रमा केही पिन्ट मात्र रगत
विगत केही समययता रगत अभाव हुँदै आएको बाँके जिल्लामा फेरी एक पटक रगतको अभाव भएको यहाँस्थित प्रादेशिक रक्तसञ्चार केन्द्रले जनाएको छ।
तम्घासमा जुम्लाको स्याउ
सिंजा गाउँपालिका वडा नम्बर–१ का मनिषचन्द्र आचार्य र वडा नम्बर–३ का परेकराज धितालसहित चार जनाले त्यहाँको स्याउ बिक्रीका लागि यस जिल्लाको सदरमुकाम तम्घाससँगै ग्रामीण भेगसम्म पुर्याउनु भएको छ।
कोहलपुरमा क्यान्सर अस्पताल निर्माण सुरु
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल परिसर कोहलपुरमा क्यान्सर उपचारका लागि एक अर्बको लगानीमा छुट्टै अस्पताल भवन निर्माण कार्य सुरु गरिएको छ ।
धवलशमशेर जबरालाई प्रश्न- सांसदको जिम्मेवारी के रहेछ ?
नेपालगञ्ज नगरका पूर्व नगर प्रमुख, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री एवम् बाँके क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य डा. धवलशमशेर जबराले सडक र पूर्वाधार विकासमा नेपालगञ्ज नगर काठमाडौँभन्दा राम्रो रहेको बताउनुभएको छ।
दसैँको आगमनसँगै बढ्यो मूर्तिकारको व्यस्तता
दसैँ आउन महिना दिन बाँकी छँदै नेपालगञ्ज उपमहानगरपालिका–८ निवासी मूर्तिकार छोटु केवटलाई दुर्गाभवानीका मूर्ति बनाउन भ्याइनभ्याइ छ ।
मानव वन्यजन्तु द्वन्द्व रोक्न तारजाली, चार सय घरधुरी लाभान्वित
मानव वन्यजन्तु बिचको द्वन्द्व रोक्न तथा वन्यजन्तुबाट स्थानीयका अन्नबाली जोगाउनका लागि गरिएको तारजालीले बाँकेका विभिन्न सामुदायिक वन उपभोक्ता समूहअन्तर्गतका चार सयभन्दा बढी घरधुरी लाभान्वित भएका छन् ।
गिद्ध संरक्षणमा नेपाल उत्कृष्ट
संसारभर गिद्धका २३ प्रजाति छन् । तीमध्ये नेपालमा हाडफोर, सेतो, डङ्गर, सानो खैरो, खैरो, हिमाली, राज, सुन र लामो ठुँडे गरी नौ प्रजातिका गिद्ध पाइन्छ ।