रामपुर महोत्सव माघ १५ देखि गर्ने तयारी
आगामी माघ १५ गतेदेखि जिल्लाको रामपुरमा चौंथो रामपुर महोत्सव, कृषि प्रदर्शनी एवं व्यापार मेला हुने भएको छ । रामपुर उद्योग वाणिज्य संघले चौथो संस्करणको महोत्सव माघ १५ देखि २७ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो ।
गुल्मीमा कार दुर्घटना, दुई जना घाइते
गुल्मीमा कार दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । बिहीबार साँझ तम्घासदेखि बुटवलतर्फ जाँदै गरेको लुम्बिनी बा ००४३ नम्बरको भेन्यू कार रुरुक्षेत्र गाउँपालिका १ रातामाटास्थित तम्घास रिडि सडक खण्डमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
रविलाई ७० लिखित प्रश्न : जवाफ सधैँ एउटै
सहकारी बचत अपचलन आरोपमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान तीन दिनमा सकिएको छ । मङ्गलबार रुपन्देही ल्याइएका लामिछानेलाई तीनसम्म लगातार बयान लिइएको हो ।
‘रन फर वेटर हेल्थ’ दौडमा सत्यनारायण र श्रेया प्रथम
होटल सिद्धार्थ नेपालगन्जले नेपालगन्जमा ‘रन फर वेटर हेल्थ’ स्लोगन राख्दै रोड रेस कार्यक्रम सम्पन्न गरेको छ ।
सहुलियत पसलबाट ६९ हजार छुट
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगन्ज कार्यालयको बिक्री केन्द्रबाट बाँकेवासीले ६९ हजार रुपियाँ छुट पाएका छन् ।
देयाङ नगरसँग मितेरी सम्बन्ध कायम गर्न मुख्यमन्त्री आचार्यको प्रस्ताव
चीनको सिचुआन प्रदेशको औपचारिक भ्रमणमा त्यहाँ रहनुभएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले देयाङ नगरलाई लुम्बिनी प्रदेशका नगरपालिकासँग मितेरी सम्बन्ध कायम गरेर अनुभव तथा सहयोग आदानप्रदानलाई अघि बढाउन प्रस्ताव राख्नु भएको छ ।
पालिकामा हुलाक कार्यालय स्थापना, सेवाग्राही घट्दै
पाल्पाका आठ वटा स्थानीय तहमा पालिका स्तरीय हुलाक कार्यालय सञ्चालनमा आएका छन् । जिल्लाभर रहेका १३ वटा इलाका हुलाक कार्यालयलाई खारेज गरेपछि पाल्पाको आठ पालिकामा हुलाक कार्यालय स्थापना गरिएको हो ।
बाँकेमा योजनाको काम कार्यान्वयनमा
लुम्बिनी प्रदेश सरकार अन्तर्गतको सहरी विकास तथा खानेपानी मन्त्रालय अन्तर्गतको सहरी विकास तथा भवन कार्यालय नेपालगन्जले चालु आर्थिक वर्ष २०८१–८२ मा विनियोजित योजनाहरू कार्यान्वयन थालेको छ ।
७० हजारभन्दा बढी पर्यटकले चढे केबलकार
दुई किलोमिटर दूरीमा सञ्चालनमा रहेको बुटवलस्थित सिद्धार्थ केबलकार लिमिटेडको केबलकार दसैंयता ७० हजार बढीले चढेका छन् । लिमिटेडले आइपिओ खोल्ने तयारी पनि गरेको छ ।
वैकुण्ठ चतुर्दशीको दिन मुसिकोटमा सार्वजनिक बिदा
वैकुण्ठ चतुर्दशीको दिन मुसिकोट नगरपालिकाले सार्वजनिक बिदा दिएको छ ।
उपनिर्वाचन : गुल्मीमा वडा अध्यक्ष पदमा कांग्रेस–एमालेबिच प्रतिस्पर्धा
मुसिकोट वडा नम्बर १ का वडा अध्यक्ष मोहन घिमिरेको निधन भएपश्चात रिक्त रहेको पदमा आगामी मङ्सिर १६ गते उपनिर्वाचन हुँदै छ । सो उपनिर्वाचनमा नेपाली कांग्रेस र नेकपा (एमाले) बिच प्रतिस्पर्धा हुने भएको छ ।
होमस्टेलाई थारू कला संस्कृतिको अध्ययन केन्द्र बनाइँदै
नेपालगन्जबाट २४ किलोमिटर उत्तर सुर्खेत रोडको नजिकमा रहेको गाभर भ्याली होमस्टे पश्चिम नेपालका थारु समुदायको कला र संस्कृतिको अध्ययन अनुसन्धान केन्द्रका रुपमा बिकसित हुँदै गएको छ ।
विश्व मधुमेह दिवसमा घोराहीमा प्रभातफेरी
विश्व मधुमेह दिवसका अवसरमा घोराहीमा सचेतनामूलक र्याली गरिएको छ । स्वास्थ्यकर्मी, जनप्रतिनिधिलगायतको सहभागीतामा सचेतनामुलक र्याली गरिएको हो ।
सरुमारानीमा आँखा उपचार केन्द्र स्थापना
प्युठानको सरुमारानी गाउँपालिकामा आँखा उपचार केन्द्र स्थापना गरिएको छ । तिलगङ्गा आँखा प्रतिस्ठानको साझेदारीमा आँखाका रोगीलाई लक्षित गरी केन्द्र स्थापना गरिएको पालिकाका पदाधिकारीको भनाइ छ ।
चार हजार क्विन्टल किसानको धान खाद्यले किन्यो
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय नेपालगन्जले बाँकेका किसानहरूसँग धमाधम धान खरिद गरिरहेको छ ।
सूचनाको हक कार्यान्वयनमा
राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङले सूचनाको हक कार्यान्वयनका लागि स्थानीय तहको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ ।
दुना टपरी बिक्रीबाट आत्मनिर्भर
बाँकेका महिलाहरू पछिल्लो समयमा दुना टपरी उत्पादन गरी बिक्री गरेर आत्मनिर्भर बन्दै गएका छन् ।
कर्णाली नदीको जस्तै सरुवाडाँडाको झोलुङ्गे पुल
तलतिर कलकल बग्ने बबई नदी, सोहीमाथि झोलुङ्गे पुल । चारतिर हरियाली, नजिकै चिटिक्क परेको मोतिपुर गाउँ । यो दृश्य दाङको तुलसीपुर उपमहानगरपालिका ११ र दङ्गीशरण गाउँपालिका २ सरुवाडाँडा जोड्ने झोलुङ्गे पुल क्षेत्रको हो । यस मनमोहक दृश्यले त्यहाँ पुग्ने जोकोहीलाई लोभ्याउने गर्छ । हाल सोही पुलको अवलोकनका लागि टाढाटाढाबाट मानिस आउने गर्छन् । यसपटक दसैँतिहारमा यहाँ अवलोकन गर्न आउनेको भीड नै लागेको स्थानीयको भनाइ छ ।
मन्त्री भण्डारीद्वारा आयल निगमको निरीक्षण
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले भैरहवामा निर्माणाधीन अवस्थामा रहेको नेपाल आयल निगमको पेट्रोलियम भण्डारण गृहको निरीक्षण गर्नुभएको छ ।
बाणगंगाका कृषकलाई गहुँको बीउ
कपिलवस्तुको बाणगंगा नगरपालिकाले स्थानीय कृषकलाई ५० प्रतिशत अनुदानमा गहुँको बीउ वितरण गरेको छ ।
भान्जाको हत्या गर्ने मामा प्रकाउ
मदिराको नशामा भान्जाको हत्या गर्ने मामालाई प्रहरीले प्रकाउ गरी बुधवार सार्वजनिक गरेको छ । सहोदर भान्जालाई ढुङ्गाले हानी हत्या गर्ने मामालाई प्रहरीले प्रकाउ गरी पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।
मानखोलाको कटान रोक्न तटबन्धन
मानखोलाको कटानका कारण सबैभन्दा बढी जोखिममा परेको बाँकेको बैजनाथ गाउँपालिका –८ टिटिहिरियास्थित करेली भाङ्ग्रामा कटान नियन्त्रणका लागि तटबन्ध गरिने भएको छ ।
गाउँबाट दुई करोड रुपियाँ बरावरको मालागेडी निर्यात
तुलसीपुर उपमहानगरपालिका–१९ छिल्लीकोटका किसान अचेल मालागेडी टिप्न व्यस्त छन् । प्रत्येक वर्ष असोजदेखि मङ्सिर महिनासम्म मालागेडी (सुगन्धकोकिला) सङ्कलन गर्दै आएका छन् ।
निःशुल्क कानुनी परामर्श सेवा प्रदान गरिने
सुशासन र कानुनको क्षेत्रमा क्रियाशील संस्था सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जले निःशुल्क कानुनी परामर्श सेवा दिने भएको छ ।