• १० मंसिर २०८१, सोमबार

गुल्मीमा कार दुर्घटना, दुई जना घाइते

blog

दुर्घटनामा परेको कार ।

रमेश विश्वकर्मा

गुल्मी, कात्तिक २९ गते । गुल्मीमा कार दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । बिहीबार साँझ तम्घासदेखि बुटवलतर्फ जाँदै गरेको लुम्बिनी बा ००४३ नम्बरको भेन्यू कार रुरुक्षेत्र गाउँपालिका १ रातामाटास्थित तम्घास रिडि सडक खण्डमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

कार दुर्घटना हुँदा चालक पाल्पा तिनाउ गाउँपालिका १ का २३ वर्षीय हेमबहादुर सारु र सवार रुपन्देही बुटवल उपमहानगरपालिका ४ का २३ वर्षीय अपता फलारी घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवम् डिएसपी शंकर पोखरेलले जानकारी दिनुभयो ।

घाइते दुवै जनाको निधार, घाँटी, दाँया हात र शरीरको विभिन्न भागमा चोट लागेको छ । प्राथमिक स्वास्थ्य केन्द्र रिडिमा सामान्य उपचार पश्चात् दुवै जनालाई थप उपचारका लागि पाल्पा रिफर गरिएको छ । कार आफै अनियन्त्रित भई सडकबाट अन्दाजी ५० मिटर तल खसेको डिएसपी पोखरेलले जानकारी दिनुभयो ।