टिमुरबाट राम्रो आम्दानी
नौबहिनी गाउँपालिका–७ फोप्लीका कमल पुनमगरले यो वर्ष झन्डै पाँच मुरी टिमुर बेच्नुभयो । आफ्नै निजी खरबारीमा लगाएका टिमुर बेचेर ८० हजार रुपियाँ आम्दानी गर्नुभएको छ । उहाँले बर्सेनि टिमुर विक्री गरेर राम्रो आम्दानी गर्दै आउनुभएको छ ।
सोह्रसय बालबालिकाले स्वर्णप्राशन सेवा
बालबालिकाको मानसिक क्षमता बढाउने आयुर्वेद चिकित्सा पद्धति स्वर्णप्राशन एकै दिन सोह्रसय बढी बालबालिकाले सेवा लिएका छन् ।
तिहारमा फूलमाला बिक्रीबाट पाँच लाख बचत
दाङको घोराही उपमहानगरपालिका– १३ डुम्मर गाउँका इन्द्रा बुढाको पेसा फूलखेती हो । उहाँले यो पेसा गर्न थालेको आठ वर्ष भयो ।
ट्रक दुर्घटनामा चालक घाइते
पाल्पामा ट्रक दुर्घटना हुँदा एक जना घाइते भएका छन् । घाइते हुनेमा स्याङ्जाको गल्याङ् –८ का २४ वर्षीय सन्दिप सुनारी रहनुभएको छ ।
सामुदायिक विद्यालयका पन्ध्र विद्यार्थीले एकै पटक निकाले एमबिबिएसमा नाम
बुटवल उपमहानरपालिका–१० मा अवस्थित सामुदायिक विद्यालय कालिका मानविज्ञान माध्यमिक विद्यालयका १५ जना विद्यार्थीले एकै पटक एमबिबिएसमा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएका छन् ।
सम्बन्धविच्छेद बढ्दा अभिभावकविहीन बन्दै बालबालिका
पाल्पामा पछिल्ला वर्षमा श्रीमान्/श्रीमतीबिच सम्बन्धविच्छेद गर्ने क्रम बढेको छ ।
मानसिक स्वास्थ्य समस्या समाधान गर्न कार्ययोजना तयार
लुम्बिनी प्रदेश सरकारले प्रादेशिक मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीतिक कार्ययोजनाको मसौदा निर्माण गरेको छ ।
अनलाइन जुवा सञ्चालन गरेको अभियोगमा पक्राउ
अनलाइन सट्टेबाजी (जुवा) सञ्चालन गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालयले रुपन्देहीले १४ जनालाई पक्राउ गरेको छ ।
भारतीय मलको भरमा कृषक, गहुँ खेतीका लागि डिएपी अभाव
धान भित्र्याएर गहुँ छर्र्ने बेला कपिलवस्तुमा भने मलखादको अभाव भएको छ । यहाँका कृषकले भारतीय मलको भरमा खेती गर्दै आएका छन् ।
एकै किसानको चार सय मुरी धान
गुल्मीमा व्यावसायिक धान खेती गरेका किसान मेघनाथ अर्यालले एकै सिजनमा चार सय मुरी धान उत्पादन गर्नुभएको छ ।
पुथाउत्तरगङ्गा गाउँपालिकामा सातको उम्मेदवारी फिर्ता
रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिकाको उपनिर्वाचनमा ७ जना उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको छ ।
विस्तृत शान्ति सम्झौताको १८ वर्ष : न्याय नपाएको पीडितको गुनासो
२०५२ फागुन १ गतेदेखि तत्कालीन द्वन्द्वरत पक्ष नेकपा (माओवादी)ले सुरु गरेको सशस्त्र जनयुद्धलाई पूर्णविराम दिँदै तत्कालीन सरकार र द्वन्द्वरत पक्षबिच विस्तृत शान्ति सम्झौता भएको आज १८ वर्ष पुरा भएको छ । २०६३ साल मङ्सिर ५ गते तत्कालीन सरकार र विद्रोही पक्षबिच शान्ति सम्झौता भएको थियो ।
रावतको नेतृत्वमा विद्यालय खेलकुद महासङ्घ
विद्यालयस्तरबाट खेलाडी उत्पादन र खेलकुदको विकास गर्ने उद्देश्यले नेपाल विद्यालय खेलकुद महासङ्घ बाँके जिल्ला कार्यसमिति गठन गरिएको छ ।
पौडी खेल्ने क्रममा बेपत्ता न्यौपानेको शव फेला
कालीगण्डकी नदीमा पौडी खेल्दा डुबेर बेपत्ता भएका न्यौपानेको शव फेला परेको छ ।
जग्गा भाडामा लिएर खेती गर्ने कृषकलाई अनुदान
गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले जग्गा भाडामा लिएर खेती गर्ने कृषकलाई अनुदान दिने भएको छ । चालु आर्थिक वर्ष २०८१–८२ को वार्षिक स्वीकृत कार्यक्रमअनुसार गाउँपालिकाले कृषकलाई अनुदान दिने भएको हो ।
हस्तकलाका सामग्री बिक्रीबाट आयआर्जन
दाङमा थारु समुदायका महिलाले हस्तकलाका विभिन्न सामग्री बनाएर आयआर्जन गर्न थालेका छन् ।
एउटै व्यक्तिले फलाए चार सय मुरी धान
स्थानीय मेघनाथ अर्यालले सो परिमाणमा धान फलाउनुभएको हो । एउटै व्यक्तिले यति धेरै धान फलाउने अर्याल जिल्लामै एक्लो व्यक्ति हुनुहुन्छ । हालसम्म उहाँले तीन सय मुरी धान खेतबाट उठाइसक्नुभएको छ भने अझै सय मुरी उठाउन बाँकी छ ।
सामाजिक काममा सबैको साथ आवश्यक छ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सामाजिक काममा दलगत आस्थाबाट माथि उठ्नु पर्ने बताउनुभएको छ ।
एक सय १८ मुद्दा दर्ता, दुई सय तीन जना पक्राउ
जिल्ला प्रहरी कार्यालय बाँकेले गत कात्तिक महिनामा विभिन्न अपराध सम्बन्धी एक सय १८ वटा मुद्दा दर्ता गरेको छ भने विभिन्न मुद्दामा संलग्न दुई सय तीन जना अभियुक्तहरुलाई पक्राउ गरी कानुनी दायरामा ल्याएको छ ।
कृषकहरु आधुनिक थ्रेसर मेसिनतर्फ आकर्षित
कपिलjस्तुका कृषकहरु आधुनिक थ्रेसर मेसिनतर्फ आकर्षित हुन थालेका छन्। गाउँघरमा खेतालाले खर्च पनि बढी हुने र काम गर्ने मान्छेको आभव हुन थालेपछि जिल्लाको किसान आधुनिक थ्रेसर मेसिनतर्फ आकर्षित हुन थालेका छन् ।
अग्निपीडितले घर बनाए, राहत पाएनन्
गुल्मीका अग्निपीडितले घर बनाएर सम्पन्न गर्दा पनि राहत पाउन सकेका छैनन् । इस्मा गाउँपालिकाको –२ सिदुङखामा गत वैशाख ८ गते सामुदायिक वनबाट लागेको आगो बस्तीमा पस्दा २६ घरगोठ जलेर नष्ट भएका थिए ।
ताल भाडामा लिएर सिङ्गडा र माछा खेती
बाँकेको जानकी गाउँपालिका –२ नवाजी गाउँका ४२ वर्षीय किसान प्रेम कश्यपले गाउँपालिकासँग भाडामा लिएको तालबाट दोहोरो आम्दानी गर्दै आउनुभएको छ ।
नेपालगञ्जमा धमाधम घर नम्बरिङको काम
नेपालगञ्जमा पहिलो पटक घर नम्बरिङको काम धमाधम भइरहेको छ । नेपालगञ्ज उप–महानगरपालिका १ देखि पहिलो पटक मेट्रिक प्रणालीको आधारमा घर नम्बरिङ्गको काम सुरु गरिएको नेपालगञ्ज उपमहानगरपालिका प्रबक्ता तथा वडा १ का वडा अध्यक्ष प्रमोद रिजालले जानकारी दिनुभयो ।
अवैध उत्खनन गर्नेविरुद्ध उजुरी
पाल्पामा सञ्चालित चार वटा चुनढुङ्गा खानीले राष्ट्रिय वन अतिक्रमण गरेर अवैध चुनढुङ्गा उत्खनन गरेका छन् ।