• १२ पुस २०८१, शुक्रबार

मानसिक स्वास्थ्य समस्या समाधान गर्न कार्ययोजना तयार

blog

देउखुरी समाचारदाता

देउखुरी, मङ्सिर ६ गते । लुम्बिनी प्रदेश सरकारले प्रादेशिक मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीतिक कार्ययोजनाको मसौदा निर्माण गरेको छ । स्वास्थ्य मन्त्रालयले तयार पारेको मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीतिक कार्ययोजनाको मसौदामाथि छलफल अघि बढाइएको छ । तथ्य र प्रमाणमा आधारित योजना निर्माण गरेर स्वस्थ समाज निर्माण गर्न मानसिक रोग न्यूनीकरण गर्ने अभियानमा जुटेको भन्दै मन्त्री सारूले लुम्बिनी प्रदेशमा पछिल्लो समय मानसिक स्वास्थ्य समस्या जटिल बन्दै गएको बताउनुभयो । 

पछिल्लो अध्ययनमा लुम्बिनी प्रदेशमा १३ देखि १७ वर्षका ६१ प्रतिशत किशोरकिशोरीमा मानसिक स्वास्थ्य समास्या देखिएको छ । १८ वर्षमाथिका १३ प्रतिशत व्यक्तिमा आफ्नो जीवनकालमा मानसिक स्वास्थ्य समस्या हुने देखिएको छ भने ५४ प्रतिशत व्यक्तिमा मानसिक स्वास्थ्य समस्या रहेको देखिएको छ । नेपाल जनसाङ्ख्यिक स्वास्थ्य सर्वेक्षण २०२२ का अनुसार १५ देखि ४९ वर्षका २२ प्रतिशत महिला र ११ प्रतिशत पुरुषमा चिन्ताजन्य समस्याका लक्षण तथा पाँच प्रतिशत महिला र दुई प्रतिशत पुरुषमा डिप्रेसनका लक्षण देखिएको थियो । दिगो विकासमा आत्महत्या रोकथाम तथा न्यूनीकरणलाई सूचकका रूपमा उल्लेख गरिएको छ तर सरकारी तथा गैरसरकारी निकायले यस समस्यालाई समाधान गर्ने गरी प्राथमिकताका साथ कार्यव्रmम बनाउन सकिरहेका छैनन् । आर्थिक वर्ष २०७९/८० मा छ हजार ९९३ जनाको आत्महत्याबाट मृत्यु भएको नेपाल प्रहरीको तथ्याङ्क छ । जस अनुसार प्रतिएक लाख नेपालीमा २४ जना आत्महत्याको घटना रहेको भन्दै समस्या समाधान गर्ने गरी कार्यक्रम बनाउन सुझाव दिइएको छ ।