• ८ असार २०८२, आइतबार

नेपालमा चौथो पटक एमपक्स पुष्टि

blog

प्रतिकात्मक तस्बिर

काठमाडौँ, असार ८ गते । नेपालमा चौथो पटक एमपक्स (मङ्की पक्स) पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले नेपाला चौथोपटक एमपक्स पुष्टि भएको जानकारी दिनुभयो ।

डा. बुढाथोकीका अनुसार साउदी अरबबाट नेपाल फर्किएका ३७ वर्षीय एक पुरुषमा एमपक्सका लक्षण देखिएपछि परीक्षण गर्दा एकपक्स पुष्टि भएको हो । हाल उहाँ शुक्रराज ट्रपिलक तथा सरुवा रोग अस्पतालमा उपचाररत हुनुहुन्छ ।

 नेपालमा पहिलो पटक २०८० असार १ गते पहिलो पटक एमपक्स पुष्टि भएको थियो । यो रोग मध्ये तथा पश्चिम अफ्रिकामा देखिने यो रोग विश्वका अन्य देशमा पुष्टि हुने क्रम बढ्दो रहेको सचेत रहन डा. बुढाथोकीले आग्रह गर्नुभयो । 

एमपक्स मङ्की पक्स नामक भाइरसका कारणले लाग्ने गर्छ । यो रोग सबैभन्दा पहिला बाँदरमा देखिएकाले यसलाई मङ्की पक्स नाम दिइएको हो ।

यो रोग जनवारबाट मानिसमा सङ्क्रमित बाँदर, मुसा, लोखर्के लगायतका जनावर र भाइरस रहेको ओछ्यान र लुगाबाट सर्दछ । प्रत्यक्ष सम्पर्कमा आउँदा वा एकअर्कोलाई छुँदा पनि यो रोग सर्न सक्छ । एक व्यक्तिबाट अर्कोमा शारीरिक सम्पर्क, र्‍याल, चुम्बनबाट एक व्यक्तिबाट अर्कोमा सर्छ । 

ज्वरो आउनु, अनुहार, हात, गोडा, आँखा, मुख तथा यौनाङ्गमा बिमिरा आउनु, लिम्फ नोडहरू सुन्निनु, टाउको दुख्नु, मांसपेशी तथा ढाड दुख्नु, शिथिल महसुस हुने एमपक्सका मुख्य लक्षण हुन् ।