तिलाचन पाण्डे
तम्घास, मङ्सिर ५ गते । कालीगण्डकी नदीमा पौडी खेल्दा डुबेर बेपत्ता भएका न्यौपानेको शव फेला परेको छ ।
जिल्लाको कालीगण्डकी गाउँपालिका-२ अर्वेनीका ४९ वर्षीय दीपेन्द्र न्यौपाने कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा कात्तिक २७ गते डुबेर बेपत्ता भएका थिए । निजको शव कालीगण्डकी नदीको ड्याममा फेला परेको वडा अध्यक्ष रेशमराज न्यौपानेले जानकारी दिनुभयो । निजको शवलाई स्याङ्जाको वालिङमा पोष्टमार्टम गरी दाहसंस्कार गरिएको न्यौपानेले बताउनुभयो ।
कात्तिक २७ गते साँझ पौडी खेलेर नदी पार गरिदिन्छु भन्दै नदिमा पसेको र नदिमा डुबेर न्यौपाने बेपत्ता भएको स्थानीयले जनाएका थिए । निज न्यौपानेले मदिरा सेवन गरेर नदिमा पसेको स्थानीयहरूको भनाइ छ ।