• ५ मंसिर २०८१, बुधबार

रावतको नेतृत्वमा विद्यालय खेलकुद महासङ्घ

blog

नेपाल विद्यालय खेलकुद महासङ्घ बाँके जिल्ला कार्यसमितिका पदाधिकारी । तस्बिर : गोरखापत्र

कमल खत्री

धम्बोझी, मङ्सिर ५ गते । विद्यालयस्तरबाट खेलाडी उत्पादन र खेलकुदको विकास गर्ने उद्देश्यले नेपाल विद्यालय खेलकुद महासङ्घ बाँके जिल्ला कार्यसमिति गठन गरिएको छ । 

प्याब्सन बाँकेका अध्यक्ष यम रावतको नेतृत्वमा गठन गरिएको विद्यालय खेलकुद महासङ्घ बाँकेले राष्ट्रव्यापी रूपमा विद्यालय खेलकुदको अवधारणालाई कार्यान्वयन गर्नमा काम गर्ने उद्देश्य राखेको छ । 

समितिको उपाध्यक्षमा कमल पछाई, चिरञ्जीवी चन्द, सचिवमा नवकिरण शाह, कोषाध्यक्षमा गोविन्द रावत रहनु भएको छ । समितिको सदस्यहरूमा दिनेश सिग्देल, रमेश केसी, गोविन्द चौधरी, विष्णु केसी, सागरदत्त पौडेल र प्रेम पुन रहनु भएको अध्यक्ष रावतले जानकारी गराउनुभयो । 

विद्यालयस्तरबाटै प्रतिभावान् खेलाडी उत्पादन गर्दै खेलकुदको विकासमा सहयोग गर्ने लक्ष्य सहित कार्यसमिति गठन गरिएको अध्यक्ष रावतले बताउनुभयो । 

नेपाल ओलम्पिक कमिटी र राष्ट्रिय खेलकुद विकास परिषदद्वारा मान्यता प्राप्त विद्यालय खेलकुद महासङ्घ ७७ जिल्ला, सात प्रदेश र केन्द्रीय कमिटी गठन हुनेछ ।