पूर्व गृहमन्त्री खाणलाई दोस्रो पटक जिल्ला अदालत लगियो
नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा भएको ठगी प्रकरणमा संलग्न रहेको आशंकामा पक्राउ नेपाली कांग्रेस नेता पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई दोस्रो पटक जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको छ।
संसदीय समिति चलायमान बनाउने र विधेयक अघि बढाउने सहमति
नेकपा (एमाले) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले शीर्ष तीन दलका नेताबीच संसदीय समिति चलायमान बनाउने र विधेयक अघि बढाउने कुरामा सहमति भएको जानकारी दिनुभएको छ।
एमाले सचेतक बर्तौलाको स्वास्थ्यमा सुधार
नेकपा (एमाले)का सचेतक महेश बर्तौला हेटौंडास्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत हुनुहुन्छ।
विदेशमा छ महिना काम गरेर फर्किएकाले मात्र दुई वटा फोन ल्याउन पाउने
वैदेशिक रोजगारीमा छ महिनासम्म काम गरेर फर्किएका नेपालीले मात्रै दुई वटा मोबाइल फोन ल्याउन पाउने भएका छन्।
पूर्व सभासद् शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी
नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व सभासद् आङ्टावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
आर्थिक समृद्धिका लागि सुशासन आवश्यक : अध्यक्ष तिमिल्सिना
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आर्थिक समृद्धिका लागि सुशासन अनिवार्य रहेको बताउनुभएको छ । दुर्लुङ समाज पोखराको दोस्रो साधारण सभा तथा सम्मान कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
संसदलाई प्रभावकारी बनाउन तीन दलका नेता र सचेतकबीच छलफल
प्रधानमन्त्रीको आव्हानमा संघीय संसदमा प्रतिनिधित्व गर्ने तीन ठूला दलका संसदीय दलका नेता र प्रमुख सचेतकहरूबीच छलफल भएको छ।
शीर्ष नेताको बैठक बालुवाटारमा जारी
शीर्ष नेताको बैठक आइतबार बिहानदेखि बालुवाटारमा सुरु भएको छ ।
हस्तक्षेपकारी भूमिकाले काममा समस्या
दोस्रो कार्यकालका लागि दोहोरिएर निर्वाचित भएका स्थानीय तहका जनप्रतिनिधिले सङ्घ र प्रदेश सरकारको हस्तक्षेपकारी भूमिकाले काम गर्न झनै कठिन भएको गुनासो गरेका छन्। पहिलो कार्यकालको पाँचवर्षे अनुभवले काम गर्न सहज भए पनि उपत्यकाभित्रका स्थानीय तहका जनप्रतिनिधिले दोस्रो कार्यकालमा पनि सङ्घ र प्रदेश सरकारकै कारणले काम गर्न कठिन भएको अनुभव सुनाए। स्थानीय तहका लागि आवश्यक पर्ने सङ्घीय र प्रदेश सरकारले बनाइदिनुपर्ने कानुन समयमा नबनाउँदा काम गर्न सबैभन्दा समस्या भएको उनीहरूको अनुभव छ।
उम्मेदवारको खर्च लेखा परीक्षण गराइने
निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनमा उम्मेदवारले बुझाएको खर्च विवरणको लेखा परीक्षण गराउने भएको छ । उम्मेदवारले आयोगमा बुझाएको खर्च विवरण तोकिएको खर्च सीमाको परिधिभित्र छन् । तर उम्मेदवारले चुनाव जित्न सीमाभन्दा बाहिर गएर खर्च गरेको गुनासो बढेपछि आयोगले प्रतिनिधिमूलक लेखा परीक्षण गराउने तयारी गरेको हो ।
एमालेले तीन प्रतिशत सदस्यता विस्तार गर्ने
नेकपा (एमाले)ले वार्षिक कार्ययोजना तयार पारेको छ। तीन दिनसम्म सञ्चालन भएको केन्द्रीय कमिटी बैठकले पार्टीको सङ्गठन विस्तार र शुद्धीकरण अभियान सञ्चालन गर्न कार्ययोजना तयार पारेको हो। ललितपुरस्थित पार्टी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले शनिबार बसेको स्थायी कमिटी बैठकले तयार पारेको वार्षिक कार्ययोजना केन्द्रीय कमिटी बैठकले अनुमोदन गरेको जानकारी दिनुभयो।
भ्रष्टाचार अन्त्य गर्न लागिपरेका छौँ : मन्त्री मोदी
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले भ्रष्टाचारको गन्धमात्रै आए जो–कोहीलाई पनि कारबाही हुने बताउनुभएको छ।
भ्रष्टाचार नियन्त्रणमा शिक्षकको भूमिका महत्त्वपूर्ण हुन्छ : मन्त्री गुरुङ
कानुन, न्याय तथा संसदीय मामीलामन्त्री धनराज गुरुङले देशमा व्याप्त भ्रष्टाचार नियन्त्रणका लागि शिक्षकहरूको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ।
विकास योजनामा पक्षपात गर्नु हुँदैन : अध्यक्ष तिमिल्सिना
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले बिकासका योजना छनौटमा पक्षपात गर्न नहुने बताउनुभएको छ । अध्यक्ष तिमिल्सिनाले आफ्नो जन्मगाउँ पर्वतको मोदी गाउँपालिका –७ को वडा कार्यालय भवनको उद्घाटन गर्दै सो कुरा बताउनुभएको हो ।
संघीयताबारे केन्द्रीय कमिटी बैठकमा छलफल भएको छैनः एमाले
नेकपा (एमाले)ले पार्टी केन्द्रीय कमिटी बैठकमा संघीयताबारे छलफल नै नभएको स्पष्ट पारेको छ।
ठूलो आकारको बजेट ल्याउने अवस्था छैन : अर्थमन्त्री महत
अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षका लागि विस्तारकारी र ठूलो आकारको बजेट ल्याउन सक्ने अवस्था नरहेको बताउनुभएको छ।
दुई देशबीचको सीमाको सबैले सम्मान गर्नुपर्छ : पूर्वराष्ट्रपति भण्डारी
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले दुई देशबीचको सीमाको सबैले सम्मान गर्नुपर्ने आवश्यकतामा जोड दिनुभएको छ ।
भ्रष्टाचारको गन्ध मात्रै आए पनि कारबाही हुन्छ : मन्त्री मोदी
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले भ्रष्टाचारको गन्ध मात्रै आए पनि कारबाही हुने चेतावनी दिनुभएको छ ।
जनताको पक्षमा काम गरे सरकारलाई हाम्रो सहयोग रहन्छ : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जनताको पक्षमा काम गर्दै गए सरकारलाई आफ्नो पार्टीले सहयोग गर्ने बताउनुभएको छ ।
पार्टीसँग मदन राईको कुनै सम्बन्ध छैन : रास्वपा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले किशोरकिशोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरेका कृषिविज्ञ मदन राईसँग पार्टीको कुनै किसिमको सम्बन्ध नभएको जनाएको छ ।
बाँकी रहेका मुक्त कमैया र हलियाको पुनः स्थापना गर्न माग
मुक्त कमैया, कमलहरी तथा हलिया, हरवाचरवाले सरकारसँग पुनः स्थापनाको माग गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ती समुदायका प्रतिनिधिले सिंहदरबारमा ज्ञापनपत्र बुझाउँदै सो माग गरेका हुन् ।
संस्थागत संरचनाको थालनी
स्थानीय तहको दोस्रो पटक निर्वाचन सम्पन्न भएको शनिबार एक वर्ष पूरा भएको छ। २०७९ साल वैशाख ३० गते ७५३ वटै स्थानीय तहको निर्वाचन सम्पन्न भएको थियो। सङ्घीय व्यवस्था कार्यान्वयन भएपछि पहिलो पटक २०७४ सालमा स्थानीय तहको निर्वाचन भएको थियो। दोस्रो पटक निर्वाचन भएको एक वर्ष भए पनि स्थानीय तह निर्माण भएपछि जनप्रतिनिधिले काम गरेको यो छैटौँ वर्ष हो।
प्रहरीले लग्यो संसद्को सिसिटिभी फुटेज
प्रहरीको फरार सूचीमा रहनुभएका प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझीको बिरामी बिदाको निवेदन दर्ता गराउन जाने व्यक्तिको प्रहरीले खोजी थालेको छ। सङ्घीय संसद् सचिवालयमा सांसद रायमाझीका तर्फबाट बिदा निवेदन लिएर उपस्थित भएका व्यक्ति पहिचानको प्रव्रिmया प्रहरीले अघि बढाएको हो।
नक्कली भुटानी शरणार्थी प्रकरण : थप व्यक्ति अनुसन्धानको घेरामा
नक्कली भुटानी शरणार्थी प्रकरणमा थप उच्च राजनीतिक तथा प्रशासनिक व्यक्तिको समेत संलग्नता रहेको हुन सक्ने भन्दै प्रहरीले त्यसतर्फ अनुसन्धान सोझ्याएको छ। पूर्वगृहमन्त्री, पूर्वगृहसचिवको प्रत्यक्ष संलग्नता खुलेपछि प्रहरीले अनुसन्धानको दायरा अझ फराकिलो बनाउन लागेको हो।