• १० पुस २०८१, बुधबार

असन्तुष्टिलाई कायम राख्दै बजेट पारितः अध्यक्ष यादव

blog

काठमाडौं, असार १३ गते। जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आफूहरुको असन्तुष्टिलाई कायम राख्दै बजेट पारित गरेको बताउनुभएको छ। 

बुधबार प्रतिनिधि सभाबाट बजेट पारित भएसँगै सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष यादवले आफूहरुको असन्तुष्टिलाई कायम राख्दै बजेट पारित गरेको बताउनुभएको हो। उहाँले आफूहरुले राखेको कुरामा अर्थमन्त्रीले सुधार गर्ने भनेपछि अर्थमन्त्रीको कुरा ग्रहण गर्दै बजेट पारित गरेको बताउनुभयो। 

उहाँले भन्नुभयो – ‘असन्तुष्टिलाई राख्दै बजेट पारित गरेका छौँ। सरकारले धेरै कुराहरु करेक्शन गर्ने अर्थमन्त्रीले, प्रधानमन्त्रीले बोलिसकेपछि त्यसलाई अनर गर्दै बजेट पास गरेको हो। भ्रष्टाचारलाई न्यूनिकरण गर्नुपर्छ एकातर्फ, अर्कोतर्फ भ्रष्टाचार हुने कारण के हो त्यसको पनि निरुपण खोज्नुपर्छ।’

उहाँले देशमा भ्रष्टाचारको न्यूनिकरण गर्नुका साथै भ्रष्टाचार हुने कारणको पनि निरुपण गर्नुपर्ने बताउनुभयो।