• १० पुस २०८१, बुधबार

संसदमा सरकारमाथिको विश्वास घट्योः अध्यक्ष ओली

blog

बजेट पारित भएलगत्तै सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै एमाले अध्यक्ष केपी शर्मा ओली।

काठमाडौं, असार १३ गते। प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सरकारमाथिको विश्वास घटेको बताउनुभएको छ। 

बुधबार प्रतिनिधि सभामा मतदानमार्फत् बजेट पारित भएलगत्तै उहाँले सञ्चारकर्मीसँग सो प्रतिक्रिया व्यक्त गर्नुभएको हो। अध्यक्ष ओलीले संसदमा प्रधानमन्त्रीमाथिको विश्वास ९९ दशमलव ९९ प्रतिशतबाट झरेर ५३ प्रतिशतमा पुगेको देखिएको बताउनुभयो। 

एमालेको माग अनुसार बजेट पारित गर्नका लागि प्रतिनिधिसभा बैठकमा मतदान भएको थियो। ओलीले भन्नुभयो, ‘‘गठबन्धनसँग बहुमत थियो। बजेट पारित हुनु स्वभाविक हो। हामीले आफ्नो मत देखायौं। ९९ दशमलव ९९ प्रतिशतबाट ५३ प्रतिशतमा झर्‍यो प्रधानमन्त्रीमाथिको विश्वास भन्ने त्यहाँ देखियो। अरु त्यसमा केही भनिरहनु परेन।’

अध्यक्ष ओलीले सत्तारुढ दलसँग बहुमत भएकाले बजेट पारित हुनुलाई आफूहरुले स्वभाविकै रुपमा लिएको बताउनुभयो।