एमालेको बैठक आज बिहान १० बजे बस्दै
नेकपा (एमाले) केन्द्रीय कमिटीको चौथो बैठक आज केन्द्रीय कार्यालय, च्यासलमा बिहान १० बजेबाट बस्ने भएको छ । तीन दिनसम्म चल्ने बैठकमा १० वटा कार्यसूचीमा छलफल भएर निर्णय हुने तय भएको एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो ।
राजनीतिक मुद्दा फिर्तासम्बन्धी विधेयक संसदमा
सरकारले विभिन्न समयमा राजनीतिक दल वा समूहसँग गरेका सम्झौता अनुसार मुद्दा फिर्ता लिनका लागि फौजदारी कार्यविधि संहिता संशोधनको प्रस्ताव गरेको छ ।
कांग्रेसले नेता खाणमाथि अनुसन्धानपछि कारबाहीबारे निर्णय गर्ने
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको आरोप लागे पछि नेकपा (एमाले)का सचिव टोपबहादुर रायमाझीलाई बुधबार निलम्बन गरेको छ ।
पूर्वगृहमन्त्री खाणलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गरिँदै
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको आरोपमा प्रहरीले पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणलाई पक्राउ गरेको छ ।
नागरिकता विधेयकका विषयमा कानुनविद्सँग राष्ट्रपतिको परामर्श
राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार नागरिकता विधेयकको विषयमा संविधान तथा कानुनविदसँग परामर्श लिनुभएको छ।
दातृ निकायको सहयोगलाई लक्षित वर्गमा पुर्याइने छ : मन्त्री आचार्य
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले दातृ निकायको सहयोगलाई लक्षित वर्गमा पुर्याउने बताउनु भएको छ ।
मिटर ब्याजीलाई कारबाही गर्ने अध्यादेश स्वीकृत
प्रतिनिधि सभाबाट ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८०’ सर्वसम्मतरुपमा स्वीकृत भएको छ।
संसद सञ्चालनको विषयमा छलफल भयो : नेता लेखक
नेपाली कांग्रेसका नेता एवम् संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले शीर्ष नेताका बीचमा संसदभित्रका विषयमा छलफल भएको बताउनुभएको छ।
भ्रष्टाचार नियन्त्रण नगरेसम्म समृद्धि प्राप्त गर्न सकिँदैन : उपप्रधानमन्त्री श्रेष्ठ
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकार सुशासन स्थापित गर्ने, समृद्धिको लक्ष्य हासिल गर्ने र सामाजिक न्याय स्थापित गर्नेमा प्रतिबद्ध रहेको बताउनुभएको छ।
पूर्व गृहमन्त्री खाण र उहाँका सचिव केसीलाई तीन दिन हिरासतमा राख्न अनुमति
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व गृहमन्त्री बालकृष्ण खाण र उहाँका स्वकीय सचिव नरेन्द्र केसीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ।
नक्कली भुटानी शरणार्थी प्रकरण: झुटा समाचारको भ्रममा नपर्न प्रहरीको अनुरोध
काठमाडौं उपत्यका प्रहरी कार्यालयले नक्कली भुटानी शरणार्थी प्रकरण सम्बन्धमा आएका झुटा समाचारको भ्रममा नपर्न अनुरोध गरेको छ।
गठबन्धनका मन्त्री र सांसद एकै ठाउँमा भेला
गण्डकी प्रदेश सरकारले पूर्णता पाउने क्रममै रहेको अवस्थामा नेपाली कांग्रेस कास्कीले गठबन्धनमा रहेका तीनवटै पार्टीका मन्त्री एवं सांसदहरुलाई एकै ठाउँमा भेला गरेको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी नछुटोस्, निर्दोष नपरोस् : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नक्कली भुटानी शरणार्थी सम्बन्धमा दोषी कोही नछुट्ने र निर्दोष कोही पनि पर्न नहुने बताउनुभएको छ।
जसपाको विधान महाधिवेशन असारमा काठमाडौंमा गर्ने निर्णय
जनता समाजवादी पार्टीले आउँदो असारको ९ देखि ११ गतेसम्म काठमाडौंमा विधान महाधिवेशन गर्ने भएको छ।
नक्कली भुटानी शरणार्थीबारे सरकारले निष्पक्ष छानबिन गर्नुपर्छ : सांसद खतिवडा
नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले नक्कली भुटानी शरणार्थी प्रकरणको निष्पक्ष छानविन गर्न सरकारसँग माग गर्नु भएको छ ।
फेक अडियो बनाएको भन्दै कारबाहीका लागि डा. आरजु देउवाको उजुरी
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभा सदस्य डा. आरजु राणा देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई कारबाही गर्न नेपाल प्रहरी साइबर ब्यूरोसँग माग गर्नुभएको छ।
समृद्धि, सुशासन र भ्रष्टाचार नियन्त्रण सरकारको प्राथमिकता : उपप्रधानमन्त्री श्रेष्ठ
उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन समृद्धि, समृद्धिका लागि सुशासन र सुशासनका लागि भ्रष्टाचारको निर्मम नियन्त्रण वर्तमान सरकारको मूल प्राथमिकता भएको बताउनुभएको छ ।
तीन शीर्ष नेताबीच भेटवार्ता
तीन ठूला दलका शीर्ष नेताबीच आज (बुधबार) सिंहदरबारमा भेटवार्ता भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको हो ।
भ्रष्टाचारमा नाम जोडिएका सांसदको राहदानी जफत गरियोस् : सांसद अर्याल
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डोलप्रसाद अर्यालले भ्रष्टाचारमा नाम जोडिएका सांसदहरूको राहदानी जफत गर्न माग गर्नुभएको छ ।
भ्रष्टाचारी कसैलाई छोड्नु हुँदैन : अध्यक्ष नेपाल
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएकालाई कारबाहीको दायरामा ल्याउन माग गर्नुभएको छ।
डिजिटल कर प्रणाली लागू गर्न सरकारसँग माग
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले डिजिटल कर प्रणाली लागू गर्न सरकारसँग माग गर्नु भएको छ ।
पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई जिल्ला अदालतमा लगियो
नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएको आरोपमा पक्राउ पर्नुभएका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई प्रहरीले बुधबार काठमाडौं जिल्ला अदालत लगेको छ।
रायमाझी बिरामी भएको पत्र सङ्घीय संसद् सचिवालयमा
भुटानी शरणार्थी प्रकरणमा मुछिएका प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझी सङ्घीय संसद् सचिवालयको सम्पर्कमा आउनुभएको छ।
हामी राम्रो गर्छौँ, राम्रोबाहेक अरू गर्दैनौँ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार राम्रो गर्ने र राम्रो बाहेक गर्दै नगर्ने बताउनुभएको छ। दिवङ्गत वामपन्थी नेता निर्मल लामाको २३ औँ स्मृति दिवसको अवसरमा बुधबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले उक्त कुरा बताउनुभएको हो।