• २० असोज २०८१, आइतबार

कोशी प्रदेश सभाको विशेष अधिवेशन आह्वान

blog

गोकुल पराजुली

विराटनगर, असार ११ गते । कोशी प्रदेश सरकारले असार १४ गते प्रदेश सभाको विशेष अधिवेशन आव्हान गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका निमित्त विशेष अधिवेशन बोलाउन सिफारिस गर्ने निर्णय गरेको हो । 

सरकारले असार १४ गते दिउँसो १ बजेका लागि विशेष अधिवेशन बोलाउन सिफारिस गरेको प्रदेश सरकारका प्रवक्ता तथा उद्योग, कृषि तथा सहकारीमन्त्री भक्तिप्रसाद सिटौलाले जानकारी दिनुभयो । 

सरकारमा सहभागी जनता समाजवादी पार्टी र नेकपा (माओवादी केन्द्र) ले सरकारलाई दिँदैआएको समर्थन फिर्ता लिई सरकारबाट बाहिरिएपछि प्रदेश सरकारले विश्वासको मत लिनुपर्ने अवस्था आएको हो । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले असार १७ गतेभित्र संसदबाट विश्वासको मत लिइसक्नु पर्छ । 

आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट ल्याउनु पर्ने अन्तिम समयमा सरकारमा सहभागी दुई राजनीतिक दल बाहिरिए पछि सरकार अल्पमतमा परेको थियो । जसलेगर्दा कोशी प्रदेश सरकारले बजेट अधिवेशन अन्त्यगरी अध्यादेशबाट बजेट ल्याएको थियो ।