काठमाडौं, असार १२ गते । नेपाली कांग्रेसले आर्थिक वर्ष २०८०/८१ को बजेटको पक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको छ ।
कांग्रेस प्रमुख सचेतक रमेश लेखकले विनियोजन विधेयक निर्माणार्थ प्रस्तुत हुने दिन अनिवार्य उपस्थित हुन, पक्षमा मतदान गर्न र तटस्थ नरहन ह्विप जारी गर्नुभएको हो ।
प्रमुख सचेत लेखकद्वार जारी ह्विपमा भनिएको छ, ‘‘मिति २०८० असार १३ गते बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयक, २०८० (आ.व. २०८०/८१ को बजेट) निर्णायार्थ प्रस्तुत हुने हुँदा उक्त दिनको बैठकमा अनिवार्य उपस्थित हुन, विनियोजन विधेयक, २०८० को पक्षमा मतदान गर्न र तटस्थ नरहन यो ह्विप जारी गरिएको छ ।’’
असार १३ गते बुधबार बिहान ११ बजे प्रतिनिधि सभा बैठकमा विधेयक निर्माणार्थ प्रस्तुत गर्ने तयारी गरिएको छ ।