• १० पुस २०८१, बुधबार

उद्घाटन गर्नेको नाम लेखिनु सामान्य : सचेतक बर्तौला

blog

नेकपा (एमाले) का सचेतक महेश बर्तौला । फाइल तस्बिर

गोरखापत्र अनलाइन

काठमाडौं, असार ११ गते । नेकपा (एमाले) का सचेतक महेश बर्तौलाले जलहरी उदघाटन गर्नेको नाम राखिनु सामान्य रहेको बताउनु भएको छ । आज संसद भवन परिसरमा पत्रकारसँग संक्षेपमा कुरा गर्दैै उहाँले सो कुरा बताउनु भएको हो ।

पशुपतिमा राखिएको सुनको जलहरीमा अनियमितता गर्ने जो कोहीलाई पनि कारबाही हुनपर्ने भन्दै उहाँले भन्नुभयो, “पशुपतिमा सुनको जलहरीको जाँच अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरिरहेको र सरकारले आफ्नो ढङ्गले काम गर्न पाउँछ ।”

एमालेलाई बदनाम गराउन जनताको आँखामा छारो हाल्ने काम भइरहेको भन्दै उहाँले सत्य तथ्यका आधारमा छानबिन गर्न आग्रह गर्नुभयो । अख्तियारको पूर्ण रिपोर्ट नआइसकेको भन्दै जलहरीमा तत्कालीन राट्रपति र प्रधानमन्त्रीको नाम उल्लेख हुनु सामान्य विषय भएको उहाँको भनाइ छ ।

सरकारको नेतृत्व गरेका बेला नाम लेखिनु सामान्य कुरा हो । यस्तो सामान्य कुरामा पनि अल्झिएर बस्नु, टिप्पणी गर्नु हुँदैन उहाँले भन्नुभयो । सचेतक बर्तौलाले देशको नेतृत्व गरिसकेको मानिसको नाम उद्घाटन गरिएको ठाउँमा लेखियो भनेर टिप्पणी गर्नु गलत भएको बताउनुभयो ।