• १२ असार २०८१, बुधबार

असारे विकासलाई अन्त्य गर्नुपर्छः सांसद सिंह

blog

प्रतिनिधि सभा सदस्य डा.अमरेशकुमार सिंह ।

काठमाडौं, असार १३ गते। प्रतिनिधि सभा सदस्य डा.अमरेशकुमार सिंहले असारे विकासलाई अन्त्य गर्नुपर्ने बताउनुभएको छ। 

बुधबार प्रतिनिधि सभा बैठकमा आर्थिक विधेयक २०८० को सम्बन्धमा छलफलमा भाग लिँदै प्रतिनिधि सभा सिंहले असारे विकासलाई अन्त्य गर्नुपर्ने बताउनुभएको हो। उहाँले असार महिना लागेपछि काम नभएको ठाउँमा पनि रकम भुक्तानी हुने गरेको भन्दै यस्तो प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताउनुभएको हो। उहाँले देश विकासको बाधक नै असारे विकास प्रवृत्ति रहेको उल्लेख गर्नुभयो। 

उहाँले भन्नुभयो, ‘‘साधारण खर्च र पुँजीगत खर्चको जबसम्म अन्तर कम हुँदैन। तबसम्म देश विकास हुँदैन। देश विकासको सबभन्दा बाधक असारे विकास हो। असार आउने बित्तिकै विकासको मुल फुट्न थाल्छ। चेक काट्न थालिन्छ। त्यसकारणले अरु आर्थिक वर्षदेखि वैशाखभन्दा उता चेक नकाट्ने प्रवृत्ति बन्नुपर्छ। किनकी असारमा वर्षा सुरु भइसक्छ। त्यसकारणले असारे विकासलाई कसरी अन्त्य गर्ने त्यो पनि सोच्नुपर्छ।’ 

उहाँले असारे विकासलाई रोक्न वैशाख महिनाभन्दा पछि चेक काट्न नदिने व्यवस्था गर्नुपर्ने बताउनुभयो।