गुरुप्रति श्रद्धाभाव प्रकट गर्दै मनाइयो गुरु पूर्णिमा
प्राचीन गुरुकुल परम्परादेखि सुरु भएको गुरु पूर्णिमा पर्व आज गुरुप्रति श्रद्धाभाव प्रकट गर्दै मनाइएको छ।
उपराष्ट्रपति यादव र भ्याटिकन सिटीका गैरआवासीय राजदूतबीच शिष्टाचार भेट
उपराष्ट्रपति रामसहायप्रसाद यादव र नेपालका लागि भ्याटिकन सिटीका गैरआवासीय राजदूत आर्कविशप लियोपोल्डो जिरेलीबीच आज (सोमबार) लैनचौरस्थित उपराष्ट्रपति निवासमा शिष्टाचार भेट भएको छ ।
विश्वविद्यालयलाई गुणस्तरीय बनाउन मुख्यमन्त्रीको निर्देशन
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले उच्च शिक्षाका लागि भइरहेको युवाहरुको विदेश पलायन रोक्नेगरी प्राविधिक बिश्वविद्यालयलाई अघि बढ्न निर्देशन दिनुभएको छ ।
सहमतिपछि बागमती प्रदेशसभा बैठक सुचारु
विपक्षी दलहरुको अवरोधका कारण अवरुद्ध बन्दैआएको बागमती प्रदेश सभाको बैठक आज सोमबारबाट सुचारु भएको छ । बागमती प्रदेशको गठबन्धन सरकारले विपक्षी दलका मागलाई बजेटमा सम्वोधन गर्ने प्रतिबद्धता जनाएपछि बैठक सुचारु गर्ने सहमति बनेको हो ।
राष्ट्रिय सभाबाट नेपाल विश्वविद्यालय विधेयक पारित
राष्ट्रियसभाबाट ‘नेपाल विश्वविद्यालय विधेयक–२०७९’ पारित भएको छ । सोमबार बसेको राष्ट्रिय सभा बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले सो विधेयक पारित गरियोस् भनि राख्नु भएको प्रस्ताव बहुमतले पारित भएको हो ।
बालुवाटारमा सत्ता गठबन्धन दलको बैठक
सत्ता गठबन्धनमा सहभागी प्रमुख दलका नेताको बैठक बालुवाटारमा सुरु भएको छ।
ललिता निवास प्रकरणमा थप दुईजना पक्राउ
ललिता निवासको जग्गा हिनामिना प्रकरणमा संलग्न भएको आरोपमा नेपाल प्रहरीले आज (सोमबार) थप दुई जनालाई पक्राउ गरेको छ ।
नेपालमा तत्कालका लागि थप विश्वविद्यालयको आवश्यकता छैनः सांसद देवकोटा
राष्ट्रिय सभाका सांसद खिमलाल देवकोटाले नेपालमा थप विश्वविद्यालय आवश्यक नरहेको बताउनुभएको छ । सोमबार राष्ट्रिय सभा बैठकमा ‘नेपाल विश्वविद्यालय विधेयक–२०७९’ माथिको सैद्धान्तिक छलफलमा भाग लिनुहुँदै सांसद खिमलालले सो दाबी गर्नु भएको हो ।
अध्यक्ष नेपाल श्रीलङ्का प्रस्थान
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल श्रीलङ्का प्रस्थान गर्नुभएको छ । श्रीलङ्कन कम्युनिष्ट पार्टी स्थापनाको ८०औँ वर्ष पूरा भएका सन्दर्भमा त्यहा आयोजना हुने सम्मेलनमा सहभागी हुन उहाँ आज त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।
कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको आन्तरिक कार्यविधि पारित
कृषि,सहकारी तथा प्राकृतिक स्रोत समितिको आन्तरिक कार्यविधि, २०८० सर्वसहमतिले पारित भएको छ ।
भ्रष्टाचार नियन्त्रणका लागि अझै कडा तरिकाले प्रस्तुत हुन्छौँ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार भ्रष्टाचार नियन्त्रणका लागि अझै कडा तरिकाले प्रस्तुत हुने बताउनुभएको छ । उहाँले त्यसलाई सुशासनको पक्षमा नयाँ ढङ्गको क्रान्तिको संज्ञा दिनुभएको छ ।
विश्वविद्यालयलाई शतप्रतिशत राजनीतिबाट टाढा राख्नुपर्छ : महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राजनीतिक दलको झोला बोकेर विश्वविद्यालय छिर्न पाइँदैन भन्ने कुरालाई स्थापित गर्नुपर्ने बताउनुभयो ।
हिमाल र उत्पीडित जातिका सांसदलाई तेस्रो दर्जाको रुपमा हेरियो : सांसद शेर्पा
राष्ट्रिय सभा सांसद सोनाम गेल्जेन शेर्पाले पहुँचवाला मन्त्री र सांसदहरुले आफ्नो क्षेत्रमा मात्रै बजेट पारेकाे बताउनुभएको छ ।
दलितका लागि छुट्टै बजेटको व्यवस्था नगरेकोमा सांसद सुनारको आपत्ति
राष्ट्रिय सभाका सांसद भुवनबहादुर सुनारले सरकारले अहिलेसम्म पनि दलितहरुका लागि किटान गरेर बजेटको व्यवस्था गर्न नसकेको भन्दै आपत्ति जनाउनु भएको छ ।
राष्ट्रिय सभामा विनियोजन विधेयकअन्तर्गत मन्त्रालयगत शीर्षकमाथि छलफल
प्रतिनिधि सभाबाट पारित भइसकेको विनियोजन विधेयक, २०८० माथि राष्ट्रिय सभामा छलफल सुरु भएको छ ।
ललितपुर जिल्ला अदालतमा कानुन व्यवसायी आन्दोलित
कानुन व्यवसायीहरुले जिल्ला अदालत ललितपुरमा विरोध प्रदर्शन गरेका छन् । जिल्ला अदालत ललितपुरका नासु प्रेमिका तामाङ र अधिवक्ता अमिर लामिछानेबीचको विवादपछि हात हालाहाल भएको घटनालाई लिएर कानुन व्यवसायी आन्दोलन गरेका हुन् ।
ललिता निवास र त्यसले चर्चेको जग्गामा भवन नबनाउनू : काठमाडौं महानगर
काठमाडौं महानगरपालिकाले बालुवाटारस्थित ललिता निवास र त्यसले चर्चेको जग्गामा भवन निर्माण गर्न नदिने निर्णय गरेको छ ।
सुशासन र समृद्धिका लागि शान्तिपूर्ण क्रान्ति चाहिन्छ : प्रधानमन्त्री
चाबहिलस्थित जिपी कोइराला मेमोरियल कलेजको १२औँ वार्षिकोत्सव तथा गिरिजाप्रसाद कोइरालाको शतवार्षिकीको अवसरमा आज आयोजित समारोहमा प्रधानमन्त्री प्रचण्डले मुलुकका देखिएको बेथिति, अराजकता र लोकतन्त्रमाथि देखिएको खतराको अन्त्य सामान्य सुधारबाट सम्भव नहुने भनाइ व्यक्त गर्नुभयो ।
गिरिजाबाबुको जस्तो निर्णय क्षमता सबै नेतामा हुँदैन : डा. शशाङ्क
नेपाली कांग्रेसका पूर्व महामन्त्री डा. शशाङ्क कोइरालाले गिरिजाप्रसाद कोइरालाजस्तो अदम्य साहस र निर्णय क्षमता भएको नेता विरलै मात्र भेटिने बताउनुभएको छ ।
गिरिजाप्रसाद कोइरालाको १०० औँ जन्मजयन्ती मनाइँदै
नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको जन्म शताब्दी विभिन्न कार्यक्रम गरी आज मनाइँदै छ । विसं १९८१ असार १८ गते जन्मनुभएका कोइरालाको विसं २०६६ चैत ६ गते निधन भएको थियो । जन्मजयन्तीका अवसरमा नेपाली कांग्रेसका भ्रातृ एवं शुभेच्छुक संस्थाले रक्तदान, फलफूल वितरण, विचार गोष्ठी, दीपप्रज्वलनलगायतका कार्यक्रम राखेका छन् ।
बागमती प्रदेश सभा बैठक आज ११ बजे बस्दै
बागमती प्रदेश सभाको बैठक सोमबारसम्मका लागि स्थगित गरिएको छ । नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेश सभाका सदस्यहरूले अवरोध गरेपछि आइतबार दिउँसो स्थगित गरिएको बैठक आज बिहान ११ बजे बस्ने सूचना टाँस भएको हो ।
मिटरब्याजसम्बन्धी विधेयक, संशोधन दर्ताका लागि स्वीकृत
मिटरब्याज पीडितको समस्या सम्बोधनका लागि जारी अध्यादेश प्रतिस्थापन विधेयक प्रतिनिधि सभाले संशोधन दर्ता प्रक्रियाका लागि अनुमोदन गरेको छ । प्रतिनिधि सभामा सन्देशसहित टेबुल भएको विधेयकलाई आइतबारकै दोस्रो बैठकले संशोधन प्रक्रियाका लागि अनुमोदन गरेको हो । विधेयकमा संशोधन दर्तापछि दफाबार छलफलको प्रक्रियामा लगिने छ ।
बजार व्यवस्थापन सदस्य अधिकारीको शपथ
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल दूरसञ्चार प्राधिकरणका नवनियुक्त बजार व्यवस्थापन सदस्य नवराज अधिकारीलाई शपथ गराउनुभएको छ ।
एमाले र राप्रपाद्वारा प्रदेश सभा बैठक अवरुद्ध
नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीले बागमती प्रदेश सभा बैठक अवरुद्ध गरेका छन् । मुख्यमन्त्री र केही मन्त्रीको जिल्लामा बजेट केन्द्रीकृत गरी असन्तुलित बजेट विनियोजन गरिएको भन्दै आज (आइतबार) को प्रदेश सभाको बैठक दुई दलका सांसदले अवरुद्ध गरेका हुन् ।