कोशी प्रदेश योजना आयोगका उपाध्यक्षको शपथ
कोशी प्रदेश योजना आयोगका नवनियुक्त उपाध्यक्ष प्राध्यापक डिल्लीराम उप्रेतीले आइतबार पद तथा गोपनीयताको शपथ लिनुभएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उपाध्यक्ष उप्रेतीलाई पद तथा गोपनीयताको शपथ गराउनुभयो ।
नेपाल प्रेस युनियन तनहुँको अध्यक्षमा मियाँ
नेपाल प्रेस युनियन तनहुँको आठौँ अधिवेशनले शेष मोहम्मद हनिफ गोरा मियाँको नेतृत्वमा सर्वसम्मत रूपमा नयाँ कार्य समिति चयन गरेको छ।
सुदूरपश्चिम प्रदेश सभाको संसदीय समिति गठन
सुदूरपश्चिम प्रदेश सभाको कार्य व्यवस्था परामर्श र विषयगत संसदीय समितिहरू गठन भएको छ । मन्त्रीपरिषद् विस्तारमा ढिलाइ भएको कारण ढिलो गरेर समितिहरू गठन गरिएको हो ।
गणतन्त्रको रक्षा र सुदृढीकरण गर्नु सरकारको प्रमुख दायित्व : सञ्चारमन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं नेपाल सरकारका प्रवक्ता रेखा शर्माले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरण गर्नु सरकारको प्रमुख दायित्व भएको बताउनुभएको छ ।
लडाकु शिविरमा अनियमितता भएको छैन : माओवादी केन्द्र
सत्तारुढ नेकपा (माओवादी केन्द्र) ले तत्कालीन लडाकु शिविर व्यवस्थापन कार्यालयमार्फत माओवादी सेनाको भत्ता र अन्य व्यवस्थापनको रकम भुक्तानी भएकाले त्यसमा कुनै पनि आर्थिक अनियमितता नभएको स्पष्ट पारेको छ ।
सरकारको कदम सकारात्मक छ : माओवादी केन्द्र
नेकपा (माओवादी केन्द्र) ले सरकारको पछिल्लो कदम सकारात्मक रहेको जनाएको छ । आइतबार पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा समसामयिक विषयमा पार्टीको स्थिति सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा माओवादी केन्द्रका उपाध्यक्ष एवम् प्रवक्ता कृष्णबहादुर महराले सो कुरा बत्ताउनुभएको हो ।
‘नीति तथा कार्यक्रमले जनतामा आशा जगाएको छ’
सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/८१ नीति तथा कार्यक्रममा समेटिएका विषयले जनतामा आशा जगाएको सत्तापक्षका सांसदले बताउनुभएको छ। साथै प्रतिपक्षी दलका सांसदले भने नीति तथा कार्यक्रममा नयाँ केही नभेटिएको टिप्पणी गर्नुभएको छ।
बागमती प्रदेशमा मन्त्रिमण्डल विस्तार
सत्ता गठबन्धनका दलहरुबीचको लामो कसरतपछि बागमती प्रदेशको मन्त्रिमण्डलले पूर्णता पाएको छ । दलहरुबीच भागबण्डा नमिले पनि अन्ततः प्रदेशको ११ मन्त्रालयमा थप एक मन्त्रालय बनाएर १२ वटा बनाउने गरी सहमति भएको हो ।
नीति तथा कार्यक्रममाथि सत्तारुढ दलका दुई सांसदको संशोधन प्रस्ताव
सङ्घीय संसद्मा गत शुक्रबार प्रस्तुत भएको आगामी आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रममाथि सत्तारुढ दल नेपाली कांग्रेसका दुई सांसदले संशोधन प्रस्ताव दर्ता गर्नुभएको छ।
संघीयता खारेजीको कुरा नीति, कार्यक्रममा आउनुपर्छ : अध्यक्ष केसी
राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा सांसद चित्रबहादुर केसीले सङ्घीयताको खारेज गर्ने कुरा सरकारको नीति तथा कार्यक्रममा राख्नुपर्ने बताउनुभएको छ।
नीति तथा कार्यक्रममाथि २० सांसदको संशोधन प्रस्ताव
नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथि २० सांसदले संशोधन प्रस्ताव दर्ता गराउनुभएको छ ।
नीति तथा कार्यक्रम यथार्थपरक छैन : एमाले अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम यथार्थताको नजिक नरहेको आरोप लगाउनुभएको छ ।
शान्तिपूर्ण कार्यदिशाबाट सामाजिक र आर्थिक क्रान्ति आवश्यक : उपप्रधानमन्त्री श्रेष्ठ
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले गृह जिल्ला गोरखामा कार्यकर्ता भेटघाट गर्नुहुँदै शान्तिपूर्ण कार्यदिशाबाट सामाजिक, आर्थिक क्रान्ति आवश्यक रहेको बत्ताउनुभएको छ।
श्रमजीवी पत्रकारले उचित पारिश्रमिक पाउनुपर्छ : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले श्रमजीवी पत्रकारहरूले बाँच्नेगरी पारिश्रमिक पाउनुपर्नेमा सरकार सकारात्मक रहेको बताउनुभएको छ ।
पत्रकारको न्यूनतम तलब ३४ हजार १२४ रुपियाँ बनाउन प्रस्ताव
न्यूनतम पारिश्रमिक निर्धारण समितिले पत्रकारहरूको न्यूनतम तलब ३४ हजार १२४ रुपियाँ बनाउन प्रस्ताव गरेको छ ।
विगतका कामलाई नीति तथा कार्यक्रममा समावेश भएन : एमाले अध्यक्ष ओली
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको सरकारप्रतिको अविश्वास बढेको बताउनुभएको छ ।
भानुभक्त प्राणी उद्यान : मुआब्जा वितरणमा ढिलाइ
तनहुँको व्यास नगरपालिका –१२ छिर्कनेस्थित भानुभक्त प्राणी उद्यानको जग्गा अधिग्रहणको मुआब्जामा विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले चासो देखाएको छ ।
एमालेले सधैं देश र जनताको पक्षमा काम गर्छ : महासचिव पोखरेल
नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले आफ्नो पार्टीले लोककल्याणकारी राज्य निर्माणमा महत्वपूर्ण योगदान गरेको दाबी गर्नुभएको छ ।
नेपाली पर्यटनमा रैथाने स्वाद र संस्कृति हुनुपर्छ : मन्त्री किराती
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाली पर्यटनमा रैथाने स्वाद र संस्कृति हुनुपर्ने बताउनुभएको छ ।
सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य क्षेत्रमा उल्लेख्य काम भएका छन् : डा देउवा
सांसद डा आरजु राणा देउवाले सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य क्षेत्रमा उल्लेख्य काम भएको बताउनुभएको छ।
खाद्यान्न आयात प्रतिस्थापन गर्ने सरकारको योजना छः मन्त्री भुसाल
कृषि तथा पशुपक्षी विकासमन्त्री डा वेदुराम भुसालले कृषि र पशुपालनबाट मात्र देशको अर्थतन्त्रमा सुधार हुने बताउनुभएको छ।
पत्रकारिता राष्ट्र र जनताको सेवामा समर्पित हुनुपर्छ : मन्त्री ज्वाला
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले पत्रिकारिता क्षेत्र स्वतन्त्र, निष्पक्ष र व्यावसायिक हुनुपर्ने बताउनुभएको छ।
तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक छः मन्त्री मोदी
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभएको छ।
भ्रष्टाचारको जालो तोड्ने काम गर्नुपर्छ : गृहमन्त्री श्रेष्ठ
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले भ्रष्टाचारको जालोलाई फोड्ने गरी काम गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ।