• १० पुस २०८१, बुधबार

प्रतिनिधि सभाको दोस्रो बैठक स्थगित : अर्को बैठक शुक्रबार बस्ने

blog

बुधबार बसेको प्रतिनिधि सभाको पहिलो बैठकमा अवरोध गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसद ।

काठमाडौं, असार २० गते । प्रधानमन्त्रीको अभिव्यक्तिका विषयमा आपत्ति जनाउँदै प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले सदन चल्न नदिने अडान राखेपछि प्रतिनिधि सभाको आजको दोस्रो बैठक सूचना टाँसेर स्थगित भएको छ ।

बुधबार दिउँसो ३ बजे निर्धारित बैठक एक घन्टा ढिलो गरी सुरु भएको थियो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालै एक कार्यक्रममा  उल्लेख गर्नुभएको विषयप्रति सदनमा विपक्षीले आपत्ति जनाएका हुन् । 

विपक्षीको अवरोधपछि आधा घन्टाका लागि स्थगित भएको बैठक बुधबार बस्न नसकेको हो । संघीय संसद सचिवालयले साँझ ७ बजे सूचना टाँसेर अर्को बैठक शुक्रबार दिउँसो ३ बजे बस्ने जानकारी गराएको हो ।