• ४ जेठ २०८२, आइतबार

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक असार २७ गते बस्ने

blog

फाइल तस्बिर

काठमाडौं, असार २० गते। नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक असार २७ गते बस्दै छ।

कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव डा. प्रदीप पराजुलीले बुधबार विज्ञप्ति जारी गर्दै असार २७ गते अपराह्न १ बजे केन्द्रीय कार्यसमितिको बैठक बस्ने जानकारी दिनुभयो।

यसका लागि पदाधिकारी एवम् सदस्यको उपस्थितिका लागि निर्देशन अनुसार जानकारी गराइएको उल्लेख गर्नुभएको छ।