• १२ असार २०८१, बुधबार

राष्ट्र ऋण उठाउने विधेयक स्वीकृत

blog

प्रतिनिधि सभाको बुधबारको बैठक ।

काठमाडौं, असार १३ गते। प्रतिनिधि सभाको आजको बैठकले “राष्ट्र ऋण उठाउने विधेयक, २०८० माथि विचार गरियोस्” भन्ने प्रस्तावलाई स्वीकृत गरेको छ। बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रस्तुत गर्नुभएको उक्त प्र्रस्तावलाई बैठकको बहुमतले स्वीकृत गरेको हो।

त्यसअघि विधेयकको सैद्धान्तिक पक्षमाथिको छलफलमा सांसद डा स्वर्णिम वाग्ले, गोकर्ण विष्ट, प्रेम सुवाल, सुमना श्रेष्ठ, अशोककुमार चौधरी र अमृतलाल राजवंशीले बोल्नुभएको थियो।

 छलफलमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री डा महतले अहिलेसम्म सीमाभित्रै रहेर ऋण लिइएको र ऋणको बोझ घटाउन सरकारले प्रयत्न गरिरहेको बताउनुभयो। उहाँले ऋण कति लिनेभन्दा पनि ऋणको कसरी प्रयोग गर्ने भन्ने विषयलाई सरकारले गम्भीरताका साथ लिएको पनि उल्लेख गर्नुभयो।

 अर्थमन्त्री डा. महतले दातृ निकाय बहुपक्षीय र त्रिपक्षीय ऋण कुन क्षेत्रमा कसरी प्रयोग हुन्छ भन्नेबारे यथेष्ट गृहकार्य गरेर मात्रै ऋण लिने सरकारको नीति रहेको स्मरण गराउनुभयो। 

सहुलियतपूर्ण ब्याज सकेसम्म एक प्रतिशतभन्दा तलको ऋणलाई प्राथमिकता दिने गरेको उहाँले बताउनुभयो। “सीमाभित्रै रहेर ऋण लिएका छौँ, ऋणले कति जनसङ्ख्यालाई फाइदा पुग्नसक्छ सोही नीतिअनुरूप ऋण लिने गरेका छौँ”, उहाँले भन्नुभयो।

 त्यसरी लिएको ऋण बढीभन्दा बढी पूर्वाधार विकास ९पर्यटन, ऊर्जालगायत क्षेत्र० मा लगानी गर्ने गरी प्राथमिकीकरण गरिएको पनि उहाँले उल्लेख गर्नुभयो। प्रतिनिधिसभाको अर्को बैठक यही असार १७ गते आइतबार बिहान ११ बजे बस्नेछ।