• १२ साउन २०८१, शनिबार

सशक्तीकरणका लागि आगामी दिन थप उत्साह र प्रेरणादायी हुनेछ : सभामुख घिमिरे

blog

काठमाडौँ,  असार १४ गते । सभामुख देवराज घिमिरेले नेपालको राजनीतिक आन्दोलनमा मुस्लिम समुदायले पुर्‍याएको योगदानको स्मरण गर्दै मुस्लिम समुदायको इतिहास र संस्कृतिको पहिचान, हकहितको संरक्षण र संवर्द्धन तथा सशक्तीकरणका लागि आगामी दिन थप उत्साह र प्रेरणादायी हुने विश्वास लिनुभएको छ । 

इद उल अजहा [बकर इद] को अवसरमा इस्लाम धर्मावलम्बीलाई सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि एवम् प्रगतिको शुभकामना व्यक्त गर्नुभयो । उहाँले आन्दोलनको उपलब्धिस्वरूप मुस्लिम समुदायको हकहितको संरक्षण र संवर्द्धन तथा सशक्तीकरणका लागि मुस्लिम आयोगलाई संवैधानिक आयोगलाई मान्यता दिएको स्मरण गर्दै आयोगका सकारात्मक प्रयासहरूको स्मरण गर्नुभएको छ । 

त्याग, समर्पण र बलिदानको पर्यायका रूपमा मनाइने बकर इदले सेवाभावका कार्यहरू आत्मसात् गर्दै सहिष्णुता, आपसी सद्भाव, भावनात्मक एकता र भाइचारा सम्बन्ध विकास हुने उहाँले विश्वास दिनुभएको छ । “मुस्लिम दर्शनअनुसार मुस्लिम समुदायले यस पर्वका अवसरमा असहाय, गरिब र विपन्न परिवारलाई अनिवार्यरूपमा सहयोग गर्नुपर्ने मान्यता उदाहरणीय रहेको छ, नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक देश हो, हामीबीचको पारस्परिक एकता र सम्मान हाम्रो संस्कृति हो”, शुभकामना सन्देशमा भनिएको छ ।