• १२ असार २०८१, बुधबार

बजेट पारित गर्न मत विभाजनको प्रक्रिया जारी

blog

मतदान प्रक्रियामा सहभागी बन्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तस्बिर: प्रदीपराज वन्त

काठमाडौं, असार १३ गते । अर्थमन्त्री डा. प्रकाशशरण महतले जेठ १५ गते पेस गर्नुभएको आगामी आर्थिक वर्षको बजेट पारित गर्न मत विभाजनको प्रक्रिया सुरु भएको छ ।

अर्थमन्त्री महतले आर्थिक वर्ष २०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब रुपियाँको बजेट विनियोजन गर्नुभएको थियो । बजेट पारित गर्नका लागि मत विभाजनको प्रक्रिया भर्खरै सुरु भएको हो 

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टीसहित सत्ता गठबन्धनका दलले बजेट पारित गर्न संसदीय दलमा अनिवार्य उपस्थिति हुन र प्रस्तावको पक्षमा मतदान गर्न ह्वीप लगाएका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टीसहितका विपक्षी दलले विपक्षमा मतदान गर्ने बताएका छन् ।