• १२ असार २०८१, बुधबार

सरकारले ल्याएको बजेटको स्रोत नै विश्वसनीय छैन : एमाले सांसद गैरे

blog

नेकपा (एमाले)का सांसद ठाकुरप्रसाद गैरे । फाइल तस्बिर

काठमाडौं, असार १३ गते। प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद ठाकुरप्रसाद गैरेले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा स्रोतनै विश्वसनीय नभएको दाबी गर्नुभएको छ। बुधबार प्रतिनिधि सभाको दोस्रो बैठकमा आर्थिक विधेयक, २०८० माथि विचार गरियोस भन्ने प्रस्तावमाथिको छलफलमा भाग लिँदै उहाँले सो कुरा बताउनुभएको हो। 

सांसद गैरेले खर्चको अनुमान र स्रोतनै तथ्यपरक नभएकाले सो बजेटले लिएका कुनै पनि लक्ष्य पूरा हुननसक्ने जिकीर गर्नुभयो। बजेटले महंगी बढने, कालाबजारी बढने उहाँको भनाइ थियो। 

सांसद गैरेले भन्नुभयो, ‘यो सरकारले गरेका खर्चका अनुमाननै तथ्यपरक छैनन्। प्राप्त गर्ने स्रोत पनि विश्वसनीय छैनन्। अर्कोतर्फ यो गरिएको अनुमान नै गलत छ भनेपछि त्यसले दिने निष्कर्ष पनि स्वभाविक रुपले गलत हुनेछ भन्ने मलाई लाग्छ। त्यसकारणले यसबाट कुनै उपलब्धि हासिल गर्न सक्ने देखिँदैन। यसले जुन अनुमानित ६ प्रतिशत लक्ष्य लिएको छ। त्यो प्राप्त हुने देखिँदैन भन्ने कुरा म राख्न चाहन्छु।’’

सांसद गैरेले बजेटले आगामी आर्थिक वर्षमा ६ प्रतिशत आर्थिक वृद्धिदर गर्ने सरकारको लक्ष्य प्राप्त नहुने बताउनुभयो।