सडक आश्रित मानव मुक्त प्रदेश घोषणा गर्ने अठोट छ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेशलाई आगामी वर्ष सहयोगापेक्षी, सडक आश्रित मानव मुक्त प्रदेश बनाउन सरकारले अठोट लिएको बताउनुभएको छ।
प्रविधिको विकाससँगै फौजदारी न्याय प्रणालीमा चुनौती थपिँदै
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले प्रविधिको विकाससँगै फौजदारी न्याय प्रणालीमा चुनौती थपिँदै गएको बताउनुभएको छ ।
१४ वर्ष मुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने स्वास्थ्य मन्त्रीको निर्णय
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सरकारी अस्पतालमा १४ वर्ष मुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने निर्णय गर्नुभएको छ।
आधारभूत औषधी कम मूल्यमा उपलब्ध गराउन सरकार तयार
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले नागरिकलाई आधारभूत औषधी कम मूल्यमा उपलब्ध गराउन सरकार तयार रहेको बताउनुभएको छ ।
सहकारी ठगी आरोपमा प्रदेश सांसदका छोरा पक्राउ
सहकारी ठगी आरोपमा झापामा प्रदेश सांसदका छोरा सुमन खनाल पक्राउ परेका छन्। सहकारी ठगीमा संलग्न भएको भन्दै प्रहरीले झापा शिवसताक्षी नगरपालिका–३ स्थित उन्नति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सुमन खनाललाई पक्राउ गरेको हो।
गैरआवासीय नेपाली अवैतनिक राजदूत हुन् : गृहमन्त्री लेखक
गृहमन्त्री रमेश लेखकले गैरआवासीय नेपालीले नेपालको राष्ट्रियता बलियो बनाएको बताउनुभएको छ । गैरआवासीय नेपाली दिवस तथा वार्षिक साधारण सभाका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा गृहमन्त्री लेखकले गैरआवासीय नेपाली नेपालका अवैतनिक राजदूत भएको बताउनुभयो ।
तिहारपछि प्रदेश लोकसेवामार्फत् कर्मचारी थप्छौँ : मुख्यमन्त्री शाह
सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले तिहार सकिएसँगै प्रदेश लोक सेवा आयोगमार्फत प्रदेशमा आवश्यक जनशक्ति थप्ने प्रक्रिया अघि बढाउने बताउनुभएको छ।
राजनीतिक हस्तक्षेपले एनआरएनए अभियानमा समस्या : अध्यक्ष डा. बद्री केसी
गैरआवासीय नेपाली सङ्घका अध्यक्ष बद्री केसीले राजनीतिक हस्तक्षेपले गैरआवासीय अभियानमा समस्या आएको बताउनुभएको छ।
लगानीको वातावरण बनाउन सरकार प्रतिबद्ध छ: मन्त्री भण्डारी
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले गैरआवासीय नेपालीका सन्ततिलाई नेपालको कला, संस्कृति तथा भूगोलसँग जोडेर पुर्खाको थातथलोका बारेमा जानकारी दिन र नेपालमा नै लगानी गर्नसक्ने अनुकूल वातावरणको सिर्जना गर्न नेपाल सरकार सधैँ प्रतिबद्ध रहेको बताउनुभएको छ।
मानव बेचबिखनविरुद्धको राष्ट्रिय नीतिको मस्यौदा तयार’
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले मानव बेचबिखनविरुद्धको राष्ट्रिय नीति, २०८१ को मस्यौदा तयार भएको बताउनुभएको छ ।
राष्ट्रप्रति जनताको निष्ठापूर्ण भाव उत्पन्न हुनु जरुरी छ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियताका विषयमा कुनै सौदाबाजी गर्ने जस्ता घिनलाग्दा काम हामीबाट हुन सक्दैन भन्नुभएको छ ।
रविको इजलासमा दुर्व्यवहार भएको भनाइप्रति प्रहरीको आपत्ति
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई अदालत लैजाँदा इजलासमा प्रहरीले दुर्व्यवहार गरेको, हातहतियारसहित इजलासमा प्रवेश गरेको लगायत आरोपप्रति जिल्ला प्रहरी कार्यालय, कास्कीले आपत्ति जनाएको छ ।
जीवनलाई सहज बनाउन एआइको उपयोग गर्नुपर्छ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञान र प्रविधिको उपयोग जीवनलाई सहज र सरल बनाउन सरकार लागि पर्ने बताउनुभएको छ ।
एकजुट भएर काम गरेमा नेपालको विकास सम्भव : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका लागि पूर्वाधार तयार भइसकेकाले एकजुट भएर काम गरेमा नेपालको विकास सम्भव हुने बताउनुभएको छ ।
चिकित्सा शिक्षा पढ्न सघाउँदै कर्णाली प्रदेश सरकार
कर्णालीमा चिकित्सकको कमी हुन नदिन कर्णाली प्रदेश सरकारले प्रदेशका नागरिकलाई चिकित्सा शिक्षा पढ्न सहयोग गर्न थालेको छ । प्रदेश सरकारको शिक्षा विकास निर्देशनालय मार्फत चिकित्सा शिक्षा पढिरहेका कर्णालीका विभिन्न जिल्लाका विद्यार्थीलाई छात्रवृत्ती मार्फत सहयोग गर्न थालेको हो ।
राजनीतिक स्थिरताका लागि सामाजिक सद्भाव : देउवा
पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजनीतिक स्थिरता र स्थायित्वका लागि सामाजिक सद्भाव र एकता अपरिहार्य रहेको बताउनुभएको छ ।
रवि र छविमाथि तीन अभियोगमा अनुसन्धान जारी
पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछाने र पूर्वप्रहरी नायब महानिरीक्षक छविलाल जोशीमाथि तीन कसुरमा एकसाथ अनुसन्धान जारी छ ।
संसदमा उजुरी दिनेविरुद्ध अदालतमा मुद्दा
अदालतमा मिलापत्र भइसकेको विषयलाई गाली बेइज्जती गर्ने उद्देश्यले संसदीय सुनुवाइ समितिमा प्रवेश गराएको भन्दै कृष्णमान प्रधानले एक उजुरीकर्ताविरुद्ध मुद्दा दायर गर्नुभएको छ ।
‘नेपाली जहाँ पुग्छन्, त्यहाँ जागरणको बत्ती बल्छ’
प्रधानमन्त्री केपी शर्मा ओलीले ‘नेपाली जहाँ पुग्छन्, त्यहाँ जागरणको बत्ती बाल्छन् र आफ्ना पदचिह्न छाड्छन्’ भन्ने आहानलाई कायम राख्न आग्रह गर्नुभएको छ ।
जलवायुजन्य असर न्यूनीकरण गर्न प्रकृति बचाऔँ : अध्यक्ष मगर
राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न प्रकृति संरक्षण गर्नुपर्ने बताउनुभएको छ ।
संविधान संशोधन प्रक्रिया अघि बढाउनुपर्नेमा जोड
नेपालको संविधान जारी भएको १० वर्षका अवधिलाई सूक्ष्म रूपमा मूल्याङ्कन गरी देश र जनताका पक्षमा संविधान संशोधन गर्नुपर्ने धारणा व्यक्त गरिएको छ ।
आगामी निर्वाचन एक्लै लड्न आजैदेखि मिहिनेत गर्नुपर्छ : नेता कोइराला
नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आगामी निर्वाचन एक्लै लड्न आजैदेखि मिहिनेत गर्नुपर्ने बताउनुभएको छ ।
जलवायु अनुकूलनको क्षेत्रमा थप कार्य गर्न आवश्यक: वनमन्त्री ठकुरी
वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु अनुकूलनको क्षेत्रमा थप कार्य गर्न आवश्यक रहेको बताउनुभएको छ ।
अब चुनाव एक्लै लडेर गल्ती सच्याउन चाहन्छौँ : प्रचण्ड
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो अब कसैसँग गठबन्धन नगरेर एक्लै चुनाव लडेर विगतमा गरिएको गल्ती सच्याउने बताउनुभएको छ ।