गुरुङको नाम लमजुङ प्रदेश ‘ख’ बाट सिफारिस
नेकपा (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङको नाम लमजुङ प्रदेश ‘ख’ बाट सिफारिस भएको छ । एमाले लमजुङले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्दै प्रदेश ‘ख’ प्रत्यक्षतर्फ गुरुङलाई सिफारिस गरेको हो ।
राम कार्की ओखलढुंगाबाट केन्द्रको एकल उम्मेदवार
मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाका लागि नेकपा (माओवादी केन्द्र) ओखलढुङ्गाले प्रतिनिधि सभाका लागि राम कार्कीको एकल नाम सिफारिस गरेको छ।
सिट बाँडफाँटमा सहमति जुटाउने प्रयास जारी छ : माधव नेपाल
शशिधर पराजुलीविराटनगर, भदौ १८ गते। पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पार्टीका आन्तरिक समस्याले गठबन्धनबीच सिट बाँडफाँटमा केही ढिलाइ भएको बताउनुभएको छ। विराटनगरमा शनिबार सञ्चारकर्मीसँगको कुराकानीमा अध्यक्ष नेपालले दलबीच केही दिनभित्रै सहमति बन्ने जानकारी दिनुभयो। ‘‘गठबन्धनभित्र सिट बाँडफाँटबारे सहमति जुटाउने प्रयास भइरहेको छ। तर, सबै दलले आ–आफ्ना अडान राखिराखेका छन्,’’ अध्यक्ष नेपालले भन्नुभयो, ‘‘केही दिनभित्रै सहमतिमा यो विषय टुंगिन्छ।’’ गठबन्धनमा रहेको दलको हिसाबमा एकीकृत समाजवादीले पाउने सिट संख्याको बारेमा भने अध्यक्ष नेपालले स्पष्ट जवाफ दिनुभएन। उहाँले भन्नुभयो, ‘‘तपाईँहरुले मिडियामा ४० सिट भनेर लेख्नुभएको छ, कसैले ३० भनेका छन्, त्यो ५० पनि हुनसक्छ, १५, १०, एक वा नहुन पनि सक्छ।’’ नेपालले जित्ने संभावनाका आधारमा गठबन्धन दलहरूबीच सिट बाँडफाँट हुनुपर्ने धारणा आफूले राखेको प्रष्ट पार्नुभयो। अध्यक्ष नेपालले चुनाव अघि वाम एकताको सम्भावना नरहेको र तत्काल माओवादीसँग एकता पनि नहुने बताउनुभयो। एकीकृत समाजवादी निकट कर्मचारीको विराटनगरमा आयोजना गरिएको भेलालाई सम्बोधन गर्दै नेता नेपालले आउँदो चुनावमा पार्टीले समानुपातिकतर्फ २० लाख मत प्राप्त गर्ने बताउनुभयो। ‘‘समानुपातिकबाट २० लाख मत ल्याए २० देखि २५ सिट सुरक्षित गर्छौं,’’ उहाँले भन्नुभयो।
सरकारले जनताको पक्षमा काम गर्न सकेन : नेम्वाङ
नेकपा (एमाले) का उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले लोकतान्त्रिक व्यवस्थामा जनताको बलमा सरकार बन्ने भए पनि अहिलेको सरकारलाई सर्वोच्च अदालतको परमादेशले बनेकाले जनताको पक्षमा काम गर्न नसकेको बताउनुभएको छ ।
प्रदेशलाई नयाँ काम दिन्छु : मुख्यमन्त्री केसी
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले आफ्नो कार्यकालमा लुम्बिनी प्रदेशका लागि नयाँ काम दिने प्रतिवद्धता जनाउनुभएको छ । नेपाल राष्ट्रिय वन प्राविधिक सञ्जाल लुम्बिनी प्रदेशको प्रथम प्रदेश अधिवेशनमा शनिबार उहाँले सो प्रतिवद्धता जनाउनुभएको हो ।
नेपालको बिकासमा भारतको सहयोग उल्लेख्य : गृहमन्त्री खाण
गृहमन्त्री बालकृष्ण खाणले नेपालको बिकासमा भारत सरकारको सहयोग उल्लेख्य रहेको बताउनुभएको छ । नेपालको शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार विकासमा भारतको ठूुलो सहयोग रहेको उहाँको भनाइ छ ।
युवाहरु बुथको रक्षक हुनुस् : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष एवम् पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिर ४ मा हुने निर्वाचनमा युवाहरुलाई दर्शकको रुपमा नभइ बुथको रक्षकको भूमिका खेल्न आग्रह गर्नुभएको छ ।
नेकपा विप्लवको पार्टी परित्याग गरेर कांग्रेसमा प्रवेश
काठमाडौं, भदौ १८ गते। नेकपा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका केही नेता नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसको सदस्यता दिएर पार्टी प्रवेश गराउनु भएको हो।कांग्रेस सभापति एवम् प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार नेकपा ‘विप्लव’ समूहका वैकल्पिक केन्द्रीय सदस्य एवं बैतडी इन्चार्ज रमेश परियार, जनमुक्ति पार्टीका केन्द्रीय उपाध्यक्ष रविन्द्र सुनार, अखिल नेपाल महिला संघ (क्रान्तिकारी) कंञ्चनपुरका जिल्ला अध्यक्ष कल्पना परियारलगायत नेता कांग्रेस प्रवेश गर्नुभएको हो। त्यसैगरी नेकपा काठमाडौं–कंञ्चनपुर सम्पर्क मञ्चका अध्यक्ष दिपेश नागरी र मञ्चका सचिव राधव परियारसहितका नेता तथा कार्यकर्ता नेपाली कांग्रेसका प्रवेश गर्नुभएको हो।कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकको पहलमा उहाँहरु कांग्रेस प्रवेश गर्नुभएको हो।
समाजवादीका अधिकांश नेता एमालेमा फर्किए
नेकपा (एकीकृत समाजवादी) सर्लाहीको जिल्ला नेतृत्वका अधिकांश पदाधिकारी एमालेमा फर्किनुभएको छ । सदरमुकाम मलङ्गवास्थित एमाले जिल्ला पार्टी कार्यालयमा आयोजित एक समारोहमा समाजवादीका नेताहरु एमालेमा समाहित हुनुभएको हो ।
देशले मलाई प्रधानमन्त्रीको भूमिकामा खोजेको छ : वरिष्ठ नेता पौडेल
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशले आफूलाई प्रधानमन्त्रीको भूमिकामा खोजेको बताउनु भएको छ ।
मधेस प्रदेशका मुख्य न्यायाधिवक्ताद्वारा राजीनामा
मधेस प्रदेशका मुख्यन्यायाधिवक्ता दीपेन्द्र झाले आफ्नो पदबाट राजीनामा दिनुभएको छ । मुख्यमन्त्री लालबाबु राउतलाई उहाँले शनिबार आफ्नो राजीनामा पत्र बुझाउनुभएको हो ।
निर्वाचनमा धाँधली हुन नदिन सचेत हुनुहोस् : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी मंसिर ४ गतेको निर्वाचनमा धाँधली हुन नदिन सचेत रहन पार्टी पङ्तिलाई निर्देशन गर्नुभएको छ ।
गठबन्धनको निरन्तरता अपरिहार्य : मन्त्री राई
शनिबार गृह जिल्ला बाँके पुग्नु भएका मन्त्री राईले विमानस्थलमा कार्यकर्तालाई सम्बोधन गर्नुहुँदै गणतन्त्र र संविधानको रक्षाका लागि गठबन्धनका उम्मेदवारलाई जिताउन आवश्यक रहेको बताउनुभएको हो ।
निवार्चन आएपछि हारिएला भन्ने डर हुन्छ : महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले निर्वाचन आएपछि हारिएलाकी भन्ने डर आफूलाई सधैँ हुने गरेको बताउनुभएको छ । चुनावमा जित/हार दुबै हुने भए पनि आफूलाई हारिएलाकी भन्ने डरले बढी सताउने गरेको अनुभूति महामन्त्री थापाले सुनाउनुभयो ।
नुवाकोटमा कांग्रेसबाट १२७ उम्मेदवार सिफारिस
मङ्सिर ४ गतेका लागी तोकिएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि नुवाकोटमा नेपाली कांग्रेसबाट एक सय २७ उम्मेदवार सिफारिस भएका छन् ।
सत्ता गठबन्धन : अब उत्साह र ऊर्जाका साथ निर्वाचनमा जाँदै
सत्ता साझेदार पाँच दलीय गठबन्धनका नेताहरू आगामी मङ्सिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेशसभा सदस्य निर्वाचनमा सिट बाँडफाँट गर्नका लागि आन्तरिक र बहुपक्षीय छलफलमा व्यस्त छन् ।
भ्रष्टाचार मुक्त समाज आजको आवश्यकता : उपसभामुख भुसाल
प्रतिनिधिसभाका उपसभामुख पुष्पा भुसालले भ्रष्टाचार मुक्त समाज निर्माण गर्नुपर्ने बताउनुभएको छ ।
नेकपा एस पार्टी कहिल्यै कमजोर हुदैनः मन्त्री चौधरी
नेकपा एकीकृत समाजवादीका पोलिट्व्यूरो सदस्य एवं सहरी विकास मन्त्री मेटमणि चौधरीले माधव नेपालले नेतृत्व गरेको नेकपा(समाजवादी) पार्टी कहिल्यै कमजोर हुन नसक्ने बताएका छन् ।
बाँके तीनबाट आरजु देउवा सहित तीन जनाको नाम सिफारिस
मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि बाँकेको प्रतिनिधिसभा क्षेत्र नम्बर ३ बाट नेपाली काँग्रेसका तीन जना केन्द्रीय नेताको नाम सिफारिस भएको छ ।
डडेल्धुराबाट प्रधानमन्त्री देउवा दम्पती सर्वसम्मत उम्मेदवार
नेपाली काँग्रेस डडेल्धुराले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि सो पार्टीका केन्द्रीय सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको नाम सर्वसम्मतरुपले सिफारिस गरेको छ ।
राष्ट्रियसभाअन्तर्गतका समितिका सभापतिको निर्वाचन २३ गते
काठमाडौं, भदौ १७ गते। राष्ट्रियसभाका विषयगत समितिको रिक्त सभापतिको निर्वाचन यही भदौ २३ गते हुने भएको छ। राष्ट्रियसभाको शुक्रबारको दोस्रो बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभा नियमावली, २०७५ को नियम १५० बमोजिम विषयगत समितिको सभापतिको निर्वाचनको मिति तोक्नुभएको हो। उहाँले समिति सभापतिको निर्वाचनसम्बन्धी कार्यक्रमको सूचना प्रकाशन गर्न राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँललाई निर्देशन दिनुभयो। त्यसअघि अध्यक्ष तिमिल्सिनाले सांसद अनिता देवकोटालाई राष्ट्रिय सरोकार समितिबाट विधायन व्यवस्थापन समितिमा तथा सांसद प्रकाश पन्थलाई विधायन व्यवस्थापन समितिबाट दीगो विकास तथा सुशासन समितिमा राखिएको जानकारी गराउनुभएको थियो। समिति हेरफेरसम्बन्धी अध्यक्ष तिमिल्सिनाको प्रस्तावलाई सभाले सहमति जनाएको थियो। राष्ट्रियसभाको अर्को बैठक यही भदौ २१ गते मङ्गलबार अपराह्न १२ः५९ बजे बस्नेछ। रासस
नागरिकता विधेयक राष्ट्रियसभाबाट पुनः पारित
नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ राष्ट्रियसभाबाट पारित भएको छ। राष्ट्रियसभाको आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले प्रस्तुत गर्नुभएको राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भई प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त उक्त विधेयक प्रस्तुतरूपमा पुनः बहुमतले पारित गरेको हो।
कांग्रेसले आलमलाई उम्मेदवार नबनाउने महामन्त्री थापाको दाबी
काठमाडौं, भदौ १७ गते। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कारागारमा रहेका काँग्रेस नेता अफताव आलमलाई आगामी प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा सांसदको उम्मेदवार नबनाउने दाबी गर्नुभएको छ।शुक्रबार लेखक रामलाल जोशीको सिर्जनात्मक आख्यान बाआमा लोकार्पण समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले कुनै ठाउँबाट आगामी निर्वाचनका लागि आलम सिफारिस भएपनि कांग्रेसले उम्मेदवार नबनाउनेमा विश्वस्त रहन आग्रह गर्नुभयो। महामन्त्री थापाले आफूहरु पार्टीमा रहुन्जेल छाती ठोकेर मैले निर्णय गरेको हुँ भन्ने हैसियत नभएका कुरा पार्टीबाट नहुने बताउनु भयो। उहाँले संविधानले बर्जित गरेको काम पार्टीबाट नहुने दाबी पनि गर्नुभयो। ‘इँटाभट्टामा मान्छे जलाएको अभियोग लागेकालाई कांग्रेसले उम्मेदवार बनाउँदैछ, यसका बारेमा पनि हामीले कथा लेख्ने दिन आउँदैछ’ भन्ने साहित्यकार नयनराज पाण्डेको अभिव्यक्तिपछि महामन्त्री थापाले नैतिकताको कसीमा हुँदासम्म पार्टीबाट यो निर्णय नहुने बताउनु भयो।उहाँले भन्नुभयो, ‘‘नायनराज दाइले गगन थापाको पार्टीले भन्नुभयो, उहाँ पनि यही पार्टीमा काम गर्नुभएको हो पहिला। संविधानले, विधानले बर्जित गरेको मात्र होइन, नैतिकताको कसीमा राखेर हेर्दा छाती ठोकेर मैले गरेको हो यो निर्णय, हामीले गरेको हो भनेर भन्न नसक्ने कुनैपनि निर्णय हामी भएको ठाउँबाट हाम्रो पार्टीले गर्दैन, यत्ति कुरा म तपाईंलाई आवश्वस्त पार्दछु।’महामन्त्री थापाले नियम र कानुनले मात्रै समाज नचल्ने र समाज चल्नका लागि प्रेम र करुणा चाहिने पनि बताउनुभयो।
पूर्वाग्रहभन्दा माथि उठेर विश्वविद्यालयका समस्या समाधान गर्नुपर्छ : प्रधानमन्त्री देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक आग्रह र पूर्वाग्रहबाट माथि उठेर विश्वविद्यालयका समस्या पहिचान गरी समस्या समाधान गर्नुपर्ने बताउनुभएको छ ।