अराजक क्रियाकलापलाई मौलाउन दिइन्न : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न नाममा नेपाली मनलाई विभाजित गर्ने र अराजकता तथा साम्प्रदायिक विद्वेष मच्याउने प्रयास भइरहेकाले त्यस्ता क्रियाकलापलाई मौलाउन नदिइने स्पष्ट गर्नुभएको छ ।
ढिलासुस्तीलाई सरकारले सहँदैनः मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पूर्वाधार निर्माणमा हुने ढिलासुस्तीलाई सरकारले नसहने बताउनुभएको छ । निर्माणको जिम्मा लिने तर समयमा काम सम्पन्न नगर्ने प्रवृत्तिलाई अन्त्य गर्ने योजना सरकारले बनाएको जानकारी दिदै उहाँले ढिलासुस्तीलाई नसहने स्पष्ट पार्नुभयो ।
टिआरसीको अध्यक्ष र सदस्यहरुको नाम सिफारिस गर्न निर्देशन
कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोग (टिआरसी) को अध्यक्ष तथा सदस्यको नाम सिफारिससम्बन्धी छनोट प्रक्रिया, २०८१’ को मस्यौदा कात्तिक १४ गतेभित्र उपलब्ध गराउन निर्देशन गरेको छ ।
प्रधानमन्त्रीद्वारा मानवअधिकारवादी नेता तुलाधरप्रति श्रद्धाञ्जलि
प्रधानमन्त्री केपी शर्मा ओलीले मानवअधिकारवादी नेता तथा पूर्व मन्त्री पद्मरत्न तुलाधरको छैटौँ स्मृति दिवसका अवसरमा उहाँप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ ।
दुई आयोगका पदाधिकारी सिफारिससम्बन्धी छनोट प्रक्रियामा सुझाव माग
सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन गर्न बनेको छानबिन आयोग र सत्यनिरुपण तथा मेलमिलाप आयोगको अध्यक्ष र सदस्यको नाम सिफारिससम्बन्धी छनोट प्रक्रियाको मस्यौदाउपर रायसुझाव र प्रतिक्रिया दिन माग गरेको छ ।
‘नेता र कार्यकर्ताबिचको सम्बन्धलाई सबल बनाउनुपर्छ’
नेकपा (एमाले) का सचिव तथा पूर्वमन्त्री छबिलाल विश्वकर्माले जनप्रतिनिधि र पार्टीका नेता–कार्यकर्ताबिचको सम्बन्धलाई अझ सबल बनाउनुपर्ने बताउनुभएको छ । एमाले सिद्धार्थनगर नगर कमिटीको दोस्रो नगर अधिवेशनको आज भैरहवामा उद्घाटन गर्दै नेता विश्वकर्माले सो कुरा बताउनुभएको हो ।
औद्योगिक क्षेत्रको आधुनिकीकरणमा ‘एआई’ प्रविधि अपरिहार्य
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले औद्योगिक क्षेत्रको विकास र आधुनिकीकरणका लागि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र रोबोटिक्स प्रविधि अपरिहार्य बनेको बताउनुभएको छ ।
बर्सेनि पाँच लाख रोजगारीका अवसर सिर्जना गर्न आवश्यक : श्रममन्त्री
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले बर्सेनि पाँच लाख रोजगारीको अवसर सिर्जना गर्न नसकेसम्म वैदेशिक रोजगारीको बाध्यता कायम रहने बताउनुभएको छ ।
सङ्घीयता कार्यान्वयनमा राजनीतिक नेतृत्व इमान्दार हुनुहोस् : सभापति पुन
नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले सङ्घीयता कार्यान्वयनमा राजनीतिक नेतृत्व इमानदार नहुँदा सङ्घीयताको औचित्यमाथि प्रश्न उठ्न थालेको बताउनुभएको छ ।
प्रदेश कार्यालयको सेवा प्रभावकारी नभएको गुनासो
प्रदेश सरकारले धनकुटाबाट सञ्चालन गरेका सेवा कार्यालयबाट प्रभावकारी काम नभएको सरोकारवालाहरूले बताएका छन् ।
प्रधानमन्त्रीसमक्ष उद्योग तथा व्यवसायी महासङ्घका सुझाव हस्तान्तरण
प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपाल उद्योग तथा व्यवसायी महासङ्घले मुलुकको अर्थतन्त्र सुधारका सम्बन्धमा निजी क्षेत्रका साझा सवाल समेटेर ४० पृष्ठ अवधारणापत्र बुझाएको छ ।
भ्रष्टाचारबारे शून्य सहनशीलताको नीति अपनाउने कुरामा सरकार प्रष्ट छ : गृहमन्त्री
गृहमन्त्री रमेश लेखकले भ्रष्टाचारका बारेमा शून्य सहनशीलताको नीति अपनाउने कुरामा अहिलेको सरकार प्रष्ट रहेको बताउनुभएको छ ।
रोयल्टी बाँडफाँटको व्यवस्था पुनरावलोकन जरुरी: मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश तहलाई वित्तीय क्षेत्रमा बलियो बनाउन राजस्व र रोयल्टी बाँडफाँटको व्यवस्थालाई पुनरावलोकन गर्न जरुरी रहेको बताउनुभएको छ ।
उपनिर्वाचन एक्लै लड्छौँः अध्यक्ष नेपाल
आगामी मङ्सिर १६ गते हुने स्थानीय तह–उपनिर्वाचनमा नेकपा (एकीकृत समाजवादी)ले एक्लै प्रतिस्पर्धा गर्ने भएको छ ।
युवा नीतिमा एनआरएनएका विषयलाई समेट्न सरकार प्रतिबद्ध छ : मन्त्री चौधरी
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले आगामी युवा नीतिमा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का विषयलाई समेट्ने प्रतिबद्धता जनाउनुभएको छ ।
पालिकाहरूलाई एकीकृत स्वमूल्याङ्कन बुझाउँदै मन्त्रालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यस वर्षदेखि पालिकाहरूमा एकीकृत रूपमा स्वमूल्याङ्कन गर्ने तयारी गरेको छ ।
‘जनताको स्वास्थ्यमा समाजको स्वास्थ्य निर्भर छ’
नेपाल सरकार कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी आम जनताको स्वास्थ्य अवस्था स्वस्थ नभए सिङ्गो समाज स्वस्थ नहुने बताउनुभएको छ ।
‘संसद् खोज पत्रकारिताको नियमित स्रोत हो’
कर्णाली प्रदेशका उपसभामुख यशोदा न्यौपानेले संसद् खोज पत्रकारिताको नियमित स्रोत भएको बताउनुभएको छ ।
प्रस्तावित राजदूत र न्यायाधीशद्वयको संसदीय सुनुवाइ १४ गते हुने
बेल्जियमका लागि प्रस्तावित राजदूत सेवा लम्साल र सर्वाेच्च अदालतका लागि प्रस्तावित न्यायाधीशद्वय नृपध्वज निरौला र नित्यानन्द पाण्डेको कात्तिक १४ गते संसदीय सुनुवाइ हुने भएको छ ।
द्वन्द्वपीडितहरुको अधिकार संरक्षणमा सरकारले ध्यान दिएको छ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले द्वन्द्वपीडितका समस्या समाधान गर्न समावेशी नीति र कानुनी संरचनाको निर्माण गर्दै पीडितहरुको अधिकार संरक्षणमा सरकारले ध्यान दिएको बताउनुभएको छ ।
वनमन्त्री शाहीले जैविक विविधता अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्नुहुँदै
वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले कोलम्बियामा जारी जैविक विविधता महासन्धिसम्बन्धी १६औँ अन्तर्राष्ट्रिय सम्मेलन (कोप–१६) लाई आज सम्बोधन गर्नुहुने भएको छ ।
कांग्रेसको विपन्न उत्थान समन्वय विभागमा १० सदस्य मनोनीत
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विपन्न उत्थान समन्वय विभागमा १० सदस्य मनोनीत गर्नुभएको छ । उहाँले पार्टीका केन्द्रीय सदस्य डा गोपाल दहित प्रमुख रहनुभएको उक्त विभागमा विधानको व्यवस्थाबमोजिम आज सदस्य मनोनयन गर्नुभएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
राजनीतिक स्थिरता कायम गर्न वर्तमान सरकार
नेपाली कांग्रेस चितवनले आज यहाँ आयोजना गरेको दिपावली विशेष कार्यक्रममा राजनीतिक स्थिरता र स्थायित्व दिएर जनताको पिरमर्कालाई चाँडो सम्बोधन गर्नेतर्फ अहिलेको सरकार लागिपरेको बताउनुभयो ।
काठमाडौँमा पानीको समस्या समाधान गर्ने मन्त्री यादवको प्रतिबद्धता
खानेपानी मन्त्री प्रदीप यादवले आफ्नो कार्यकालभित्रै काठमाडौँ उपत्यकामा पानीको समस्या समाधान गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।