• १२ कात्तिक २०८१, सोमबार

‘नेता र कार्यकर्ताबिचको सम्बन्धलाई सबल बनाउनुपर्छ’

blog

नेकपा (एमाले) का सचिव तथा पूर्वमन्त्री छबिलाल विश्वकर्मा । फाइल तस्विर

लुम्बिनी, कात्तिक १२ गते । नेकपा (एमाले) का सचिव तथा पूर्वमन्त्री छबिलाल विश्वकर्माले जनप्रतिनिधि र पार्टीका नेता–कार्यकर्ताबिचको सम्बन्धलाई अझ सबल बनाउनुपर्ने बताउनुभएको छ । एमाले सिद्धार्थनगर नगर कमिटीको दोस्रो नगर अधिवेशनको आज भैरहवामा उद्घाटन गर्दै नेता विश्वकर्माले सो कुरा बताउनुभएको हो । 

विगतका कामको समीक्षा गर्दै कमीकमजोरी सुधारेर अघि बढ्नुपर्ने उहाँको भनाइ छ । उहाँले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि वर्तमान सरकारले पहलकदमी लिएको बताउनुभयो । कार्यक्रममा एमाले पोलिटब्यूरो सदस्य, रुपन्देही जिल्ला इञ्चार्ज तथा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री लिला गिरीले राजनीतिक स्थिरताका लागि एकजुट हुनुपर्छ भनेर कांग्रेस–एमाले मिलेर सरकार बनाएको बताउनुभयो । 

एमाले पोलिटब्यूरो सदस्य तथा राष्ट्रियसभा पूर्व सदस्य खिमलाल भट्टराईले अर्थतन्त्रका समस्या समाधान गर्नेतर्फ सरकार अघि बढेको बताउँदै नेपाली जनतालाई जीवनमा परिवर्तन चाहिएको बताउनुभयो ।

एमाले सिद्धार्थनगर नगर कमिटीका अध्यक्ष चक्रबहादुर थापाले २०७९ सालको निर्वाचनमा एमालेले शिद्धार्थनगर नगरपालिकामा एक्लै २१ जना प्रतिनिधि जितेको बताउनुभयो । अध्यक्ष थापाको नेतृत्वमा विस २०७८ कात्तिकमा ७५ सदस्यीय कमिटी निर्वाचित भएको थियो अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । रासस